मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

by By: रामधुनी खबर
असार २१, २०८३
235

चन्द्रकला चौधरी
झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले विद्यार्थीहरुमा शिक्षामा आत्मविश्वास बढेको धारणा ब्यक्त गर्दै उत्साहिक्ता प्रस्तुत गरेका हुन् ।
आर्थिक बर्ष २०८२÷८३ मा रामधुनी नगर अन्तर्गत साुमदािय्क विद्यालयमा संचालित दीगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना इन्सियोरको दोस्रो चरण अन्तर्गतको कार्यक्रमलाई बुधवार समिक्षा तथा योजना तर्जुमा गरेका छन् । कार्यक्रममा विद्यार्थीहरुले परियोजनाबाट सिकाई उपलब्धिलाई प्रस्तुत गर्दै आफनो उत्साहित अनुभव प्रस्तुत गरेका छन् । अभ्यासगत तालिमबाट प्राप्त अनुभव प्रस्तुत गर्ने क्रम्मा सानो लागनीमा व्यवसायीक योजना सहितको स्वरोजगार बन्न सक्ने र आफ्नै व्यवसायीक योजना निर्माणले स्वरोजगार सीर्जना गर्न सक्ने क्षमता र अनुभवहरु सुनाएका हुन् ।

विद्यार्थीहरुले अनुभव सुनाउने क्रम्मा रामधुनी वडा नं. ९ चन्द्रकमल मा.वि.मर्चैयाका विद्यार्थीहरुले विउ पूँजी रु ३ हजार लगानीमा संचालन गरेको स्ट्रिट भाइब खाजा पसलबाट प्राप्त गरेको आफनो अनुभव प्रस्तुत गरेका छन् । विद्यार्थीहरुले व्यवसायको परिचय र सिकाई, समस्या र चुनौतीहरु प्रस्तुत गरेका हुन् । यसैगरी भासि मा.वि.का विद्यार्थीहरुले रु ३ हजार लगानीमा चटपटे पसल संचालनगरी आफनो व्यवसायीक ज्ञान हासिल गरेको अनुभव प्रस्तुत गरेका छन् । आफनो अनुभव प्रस्तुत गर्ने क्रम्मा जनता मा.वि. सिंगियाका विद्यार्थीले थारु स्वादघर र आदर्श मावि बक्लौरीका विद्यार्थीहरुले रु ३ हजारबाट सुरुवात गरेको व्यवसायबाट उपलब्धि अनुभव प्रस्तुत गरेका हुन् ।

यस व्यवसायीक योजना ज्ञानले डर हराएर आत्मविशव बढेको, जोखिम र चुनौतीमा सामाधान गर्न सक्ने क्षमता प्राप्त भएको, सानो लगानीमा पनि व्यवसाय गर्न सक्ने उपलब्धि प्राप्त गरेको जानकारी दिएका छन् । विद्यार्थी जिवनबाटै व्यवसायीक योजना प्राप्तगरी आफनो जिविको पार्जन गर्न सक्ने क्षमतालाई अभिबृद्धि गर्न सक्ने उधेश्यले स्विजर ल्याण्ड सरकारको सहयोगमा हेल्वेटासको प्रतिनिधित्वले रामधुनी नगरपालिकाको १० वटा सामुदायिक विद्यालयमा यस परियोजनालाई सार्थकता दिदै सम्पन्न गरेका हुन् । परियोजनामा विद्यालय वृत्ति मार्गनिर्दैशन कार्यक्रम तथा शिक्षा संसारबाट कामको संसार चिनाउने स्कुल टु वर्क ट्रान्जिशन कार्यक्रम संचालन गरेका हुन् ।
परियोजना तथा कार्यक्रम प्रभावकारी भएर विद्यार्थीहरुमा आएको परिवर्तन हामी महसुस गरेको नगर उपप्रमुख तारा थापाले जानकारी दिनु भएको छ । आफनो धारणा प्रस्तुत गर्नु हुँदै उपप्रमुख थापाले विद्यार्थीहरुको प्रत्यक्ष प्रस्तुतीले कार्यक्रम प्रभावकारी रहेको र आगामी दिनमा तेस्रो फेजको कार्यक्रमका लागि पनि निरन्तरताका लागि सुझाव ब्यक्त गर्नु भएको छ ।
कार्यक्रममा रामधुनी वडा नं. ६ आदर्श मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दु बस्नेतले सुदृढ ढंगले यान्त्रिकबाट विद्यार्थीलाई डायनामिक बनाउने कोशीस गरिएको बताउनु हुँदै विद्यार्थीहरुलाई सही बाटो तर्फ लगाउने परियोजना सराहनीय रहेको धारणा ब्यक्त गर्नु भएको छ ।

उहाँले कार्यक्रमबाट विद्यार्थीहरुलाई शिक्षित र जिम्मेवार, आत्म निर्भर बनाउन सके मुलुकको भविषय, नगरको भविषय हामी सबैको भविषय स्वभाविक राम्रो हुने बताउनु भयो । र यसका लागि स्थानीय सरकार बढी जिम्मेवार हुनु पर्ने बताउनु भएको छ । उहाँले गुणस्तरीय शिक्षाा लागि सामुदायिक विद्यालयलाई मर्ज गरेर जान सक्ने सुझाव पनि ब्यक्त गर्नु भयो । समिक्षा कार्यक्रममा परियोजनामा भएको उपलब्धि र खर्च बारेमा पार्दशी रोजगार शाखाका प्रमुख खगेन्द्र सुब्बाले प्रस्तुत गरेका छन् । सुब्बाले खर्चको पार्दतिा संगै परियोजनाबाट तालिम प्राप्त सहभागीहरु ४८ जनाले रोजगारमा आबद्ध भै सेवा सुविधा प्राप्त गरिरहेको जानकारी दिनु भएको छ ।
यस परियोजनाका लागि रामधुनी नगरपालिकाबाट गरिएको प्रयासहरुको बारेमा समेत उठानगरी पार्दशिता गर्नु भएको छ । रोजगार शाखा प्रमुख सुब्बाले रामधुनी नगरपालिकाबाट गरिएको प्रयासहरुको बारेमा जानकारी दिनु हुँदै कार्यक्रममा हरेक अर्थिक बर्षमा परियोजनाको लागि बजेट साझेदारी गर्ने गरेको, सहजताका लागि नगर समन्वय समितिले निर्णय गरेको, अनुगमन गर्ने गरेको, कार्यक्रम संचालन सम्बन्धि आवश्यक नीति र रणनीति तथा कार्य कार्यविधिहरु निर्माण लगायतका रामधुनी नगरपालिकाबाट गरिएको प्रयासहरुको बारेमा जानकारी दिनु भयो ।परियोजना संचालित र सहयोगी राष्ट्रको उधेश्यबारेमा हेल्वेटासका प्रतिनिधि तथा प्राविधिक अफिसर प्रलाद सिंह थारुले जानकारी दिनुभयो ।सम्बन्धित विद्यालयका शिक्षकहरुले पनि परियोजनको उपलब्धि र आगामी सहजताका लागि सुझावहरु ब्यक्त गर्नु भएको छ । विद्यालयका शिक्षकले आफनो सुझाव दिदै वृतिमार्ग सम्बन्धि सरल पाठ्यक्रम उपलब्ध गराउनु पर्ने, भाषिक जटिलता, व्यवस्थापकिय पक्ष, पालिकाको बार्षिक क्यालेन्डरमा समावेशगरी संचालन गर्नु पर्ने, परियोजनालाई आगामी आर्थिक बर्षहरुमा निरन्तरता दिनु पर्ने सुझावहरु दिएका ब्यक्त गरेका हुन् ।

अगाडिकाे पाेस्ट

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

अर्काे पाेस्ट

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft