मिति : २०८३ कार्तिक १० गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

by By: रामधुनी खबर
असार २१, २०८३
267

चन्द्रकला चौधरी
झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले विद्यार्थीहरुमा शिक्षामा आत्मविश्वास बढेको धारणा ब्यक्त गर्दै उत्साहिक्ता प्रस्तुत गरेका हुन् ।
आर्थिक बर्ष २०८२÷८३ मा रामधुनी नगर अन्तर्गत साुमदािय्क विद्यालयमा संचालित दीगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना इन्सियोरको दोस्रो चरण अन्तर्गतको कार्यक्रमलाई बुधवार समिक्षा तथा योजना तर्जुमा गरेका छन् । कार्यक्रममा विद्यार्थीहरुले परियोजनाबाट सिकाई उपलब्धिलाई प्रस्तुत गर्दै आफनो उत्साहित अनुभव प्रस्तुत गरेका छन् । अभ्यासगत तालिमबाट प्राप्त अनुभव प्रस्तुत गर्ने क्रम्मा सानो लागनीमा व्यवसायीक योजना सहितको स्वरोजगार बन्न सक्ने र आफ्नै व्यवसायीक योजना निर्माणले स्वरोजगार सीर्जना गर्न सक्ने क्षमता र अनुभवहरु सुनाएका हुन् ।

विद्यार्थीहरुले अनुभव सुनाउने क्रम्मा रामधुनी वडा नं. ९ चन्द्रकमल मा.वि.मर्चैयाका विद्यार्थीहरुले विउ पूँजी रु ३ हजार लगानीमा संचालन गरेको स्ट्रिट भाइब खाजा पसलबाट प्राप्त गरेको आफनो अनुभव प्रस्तुत गरेका छन् । विद्यार्थीहरुले व्यवसायको परिचय र सिकाई, समस्या र चुनौतीहरु प्रस्तुत गरेका हुन् । यसैगरी भासि मा.वि.का विद्यार्थीहरुले रु ३ हजार लगानीमा चटपटे पसल संचालनगरी आफनो व्यवसायीक ज्ञान हासिल गरेको अनुभव प्रस्तुत गरेका छन् । आफनो अनुभव प्रस्तुत गर्ने क्रम्मा जनता मा.वि. सिंगियाका विद्यार्थीले थारु स्वादघर र आदर्श मावि बक्लौरीका विद्यार्थीहरुले रु ३ हजारबाट सुरुवात गरेको व्यवसायबाट उपलब्धि अनुभव प्रस्तुत गरेका हुन् ।

यस व्यवसायीक योजना ज्ञानले डर हराएर आत्मविशव बढेको, जोखिम र चुनौतीमा सामाधान गर्न सक्ने क्षमता प्राप्त भएको, सानो लगानीमा पनि व्यवसाय गर्न सक्ने उपलब्धि प्राप्त गरेको जानकारी दिएका छन् । विद्यार्थी जिवनबाटै व्यवसायीक योजना प्राप्तगरी आफनो जिविको पार्जन गर्न सक्ने क्षमतालाई अभिबृद्धि गर्न सक्ने उधेश्यले स्विजर ल्याण्ड सरकारको सहयोगमा हेल्वेटासको प्रतिनिधित्वले रामधुनी नगरपालिकाको १० वटा सामुदायिक विद्यालयमा यस परियोजनालाई सार्थकता दिदै सम्पन्न गरेका हुन् । परियोजनामा विद्यालय वृत्ति मार्गनिर्दैशन कार्यक्रम तथा शिक्षा संसारबाट कामको संसार चिनाउने स्कुल टु वर्क ट्रान्जिशन कार्यक्रम संचालन गरेका हुन् ।
परियोजना तथा कार्यक्रम प्रभावकारी भएर विद्यार्थीहरुमा आएको परिवर्तन हामी महसुस गरेको नगर उपप्रमुख तारा थापाले जानकारी दिनु भएको छ । आफनो धारणा प्रस्तुत गर्नु हुँदै उपप्रमुख थापाले विद्यार्थीहरुको प्रत्यक्ष प्रस्तुतीले कार्यक्रम प्रभावकारी रहेको र आगामी दिनमा तेस्रो फेजको कार्यक्रमका लागि पनि निरन्तरताका लागि सुझाव ब्यक्त गर्नु भएको छ ।
कार्यक्रममा रामधुनी वडा नं. ६ आदर्श मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दु बस्नेतले सुदृढ ढंगले यान्त्रिकबाट विद्यार्थीलाई डायनामिक बनाउने कोशीस गरिएको बताउनु हुँदै विद्यार्थीहरुलाई सही बाटो तर्फ लगाउने परियोजना सराहनीय रहेको धारणा ब्यक्त गर्नु भएको छ ।

उहाँले कार्यक्रमबाट विद्यार्थीहरुलाई शिक्षित र जिम्मेवार, आत्म निर्भर बनाउन सके मुलुकको भविषय, नगरको भविषय हामी सबैको भविषय स्वभाविक राम्रो हुने बताउनु भयो । र यसका लागि स्थानीय सरकार बढी जिम्मेवार हुनु पर्ने बताउनु भएको छ । उहाँले गुणस्तरीय शिक्षाा लागि सामुदायिक विद्यालयलाई मर्ज गरेर जान सक्ने सुझाव पनि ब्यक्त गर्नु भयो । समिक्षा कार्यक्रममा परियोजनामा भएको उपलब्धि र खर्च बारेमा पार्दशी रोजगार शाखाका प्रमुख खगेन्द्र सुब्बाले प्रस्तुत गरेका छन् । सुब्बाले खर्चको पार्दतिा संगै परियोजनाबाट तालिम प्राप्त सहभागीहरु ४८ जनाले रोजगारमा आबद्ध भै सेवा सुविधा प्राप्त गरिरहेको जानकारी दिनु भएको छ ।
यस परियोजनाका लागि रामधुनी नगरपालिकाबाट गरिएको प्रयासहरुको बारेमा समेत उठानगरी पार्दशिता गर्नु भएको छ । रोजगार शाखा प्रमुख सुब्बाले रामधुनी नगरपालिकाबाट गरिएको प्रयासहरुको बारेमा जानकारी दिनु हुँदै कार्यक्रममा हरेक अर्थिक बर्षमा परियोजनाको लागि बजेट साझेदारी गर्ने गरेको, सहजताका लागि नगर समन्वय समितिले निर्णय गरेको, अनुगमन गर्ने गरेको, कार्यक्रम संचालन सम्बन्धि आवश्यक नीति र रणनीति तथा कार्य कार्यविधिहरु निर्माण लगायतका रामधुनी नगरपालिकाबाट गरिएको प्रयासहरुको बारेमा जानकारी दिनु भयो ।परियोजना संचालित र सहयोगी राष्ट्रको उधेश्यबारेमा हेल्वेटासका प्रतिनिधि तथा प्राविधिक अफिसर प्रलाद सिंह थारुले जानकारी दिनुभयो ।सम्बन्धित विद्यालयका शिक्षकहरुले पनि परियोजनको उपलब्धि र आगामी सहजताका लागि सुझावहरु ब्यक्त गर्नु भएको छ । विद्यालयका शिक्षकले आफनो सुझाव दिदै वृतिमार्ग सम्बन्धि सरल पाठ्यक्रम उपलब्ध गराउनु पर्ने, भाषिक जटिलता, व्यवस्थापकिय पक्ष, पालिकाको बार्षिक क्यालेन्डरमा समावेशगरी संचालन गर्नु पर्ने, परियोजनालाई आगामी आर्थिक बर्षहरुमा निरन्तरता दिनु पर्ने सुझावहरु दिएका ब्यक्त गरेका हुन् ।

अगाडिकाे पाेस्ट

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

अर्काे पाेस्ट

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft