मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाले अवसरको सदुपयोग गर्दै नगरस्तरीय कोभिड अस्पताल उद्धघाटनगरी संचालनमा ल्यायो

by By: रामधुनी खबर
मंसिर ३०, २०७७
621

सुनिल चौधरी
झुम्का, मंसिर ३० । कोभिड–१९ महामारीले बिश्वमा त्रास सिर्जना गराई रहेको अवस्थामा न्युनिकरण गर्न सबै पक्षबाट पहल भइरहेको छ । बिकसित तथा बिकासोन्मुख मुलुकहरु आप्mनै स्रोत र साधनबाट महामारी बिरुद्ध सामना गरिरहेको अवस्था छ । यस महामारीको अवस्थामा नेपाल सरकारले प्रत्येक स्थानिय तहहरुमा अस्थाई कोभिड अस्पताल निर्माणकालागी उपलब्ध गराएको योजना रामधुनी नगरपालिकाले पनि अवसरको सदुपयोग गरेका छन् ।


रामधुनी नगरपालिकाले अवसरको सदुपयोग गर्दै नगर स्तरीय कोभिड अस्पताल उद्धघाटनगरी संचालनमा ल्याएको छ । नगर प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा जग्गादाता रिसी घिमिरेले अस्पताल उद्धघाटन गरेकी हुन् । नेपाल सरकारको रु १० लाखको बजेट कोभिड अस्पताल कर्मचारीको खर्चमा रहने भएकोले सो को सहयोगबाट अस्थाई रुपमै भएपनि रामधुनी वडा नं. ५ मा नगरस्तरीय कोभिड १९ अस्पताल संचालनमा ल्याएको छ । आधारभुत स्वस्थ्य केन्द्रकालागी उपलब्ध जग्गा र भवनमा ५ शय्याको कोभिड अस्पताल संचालन गरेको हो ।
अस्पतालमा एमबिबीएस चिकित्सकको निगरानिमा रहने तथा भर्ना संक्रमितलाई अप्ठयारो महसुस भए राय सुझाव सल्लाह सहित उपयुक्त अस्पतालमा रेफर गर्ने छन् । निगरानिकालागी छनौट भएका चिकित्सक जितेन्द्र ठाकुर र दुई नर्स रहने छन् । चिकित्सक ठाकुरले ओपिडी सेवा र फिभर क्लिनिक संचालन हुने जानकारी दिएका हुन् ।

हालमा परिक्षणको ल्याब नभएपनि आगामी योजनामा परिक्षण ल्याब, भिडियो एक्सरे, परिक्षण गर्ने साधन स्रोत जुटाउने वडा अध्यक्ष डेगराज फुयालले जानकारी दिए । अहिले हामि तत्काल एम्बुलेन्सको ब्यवस्थापनमा लागेका छौ, बिरामीलाई सहज रुपमा पठाउन एम्बुलेन्सकालागी वडाका २४ वटा टोल बिकासले प्रत्येक घरधुरीबाट रकम संकलन गरिरहेको बताए । २३ वटा टोलबिकासले रु ८ लाख संकलनगरी वडाकार्यालयलाई उपलब्ध गराइ सकेकोले हामी एम्बुलेन्सको नजिक पुगेको वडा अध्यक्ष फुयालले बताए ।


एम्बुलेन्स संचालन सेवा वडाका वडावासीहरुले पचास प्रतिशत सौहलियत पाउने जनाएकोे छ । वडाका वडावासीहरुको जनश्रमदान उलेख्य रहेकोले वडामा बिकास सम्भव भएको समेत वडा अध्यक्ष फुयालले बताएका हुन् ।


कोभिड अस्पताल उद्धघाटन कार्यक्रममा वडाअध्यक्ष रुद्र बस्नेत, मनेष चौधरी, इलाका प्रहरी पकली प्रमुख कैलाश अधिकारी, समाज सेवी नन्द कुमार बस्नेत, खगेन्द्र काफलेले सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरका ३४३ जना प्रधानमन्त्रि रोजगार कार्यक्रमको सुचीमा

अर्काे पाेस्ट

बालमैत्रिकालागी रामधुनी नगरपालिकाले प्रक्रृया कार्यन्व्यन र ब्यवस्थापनमा जोड दिदै

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft