मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

युवा बिकासका सवालमा रामधुनी नगरपालिकालाई बल्ल चासो

by By: रामधुनी खबर
पुष ९, २०७७
803

सुनिल चौधरी
झुम्का । युवा उर्जावान, सिर्जनशिल हुन्छन् । युवालाई बिकासका कार्यमा संलग्न गराए पुर्ण उपलब्धि दिन्छन् भन्ने यथार्थता बुझेकै छौ । राष्ट्र निर्माण देखि स्थानिय स्तरको बिकासमा काध र भार थाम्ने युवानै हुन् । यस अर्थको शब्दअर्थ बुझ्दै ढिलै भएपनि रामधुनी नगरपालिकाले योजना अगाडी बढाउने भएको छ ।


नगरपालिकाले निर्माण गरेको युवा निति कार्यन्व्यनमा हाल सम्म नआएपनि अबका दिनमा कार्यन्व्यनगरी युवा बिकास तर्फ लाग्ने भएको छ । रामधुनी नगरको बिकासमा युवाहरुको अर्थपुर्ण सहभागीताकोलागी नगरपालिकाले संरचना र कार्ययोजना बनाएको हो । संरचना र कार्ययोजना अनुसार युवाहरुको टोल स्तरीय क्लव गठन, वडास्तरीय र नगर स्तरीय समिति निर्माणगरी युवाहरुको सहभागीता बढाउने भएको छ । प्लान नेपालको सहयोगमा युथक्रिएशन सुनसरीले आइतवार र सोमवार दुइ दिवसिय कार्यक्रमको आयोजनागरी राष्ट्रिय युवा नीति बारेमा जानकारी दिदा मात्र नगरपालिकाको जनप्रतिनिधि र कर्मचारीहरुको चासो बढेको हो ।


कार्यक्रमको पहिलो दिन निर्णय प्रक्रृया तथा युवाहरुको सहभागीताको वारेमा भएको समन्वयात्मक छलफलबाट राष्ट्रिय युवा नीतिमा उल्लेख र वडाकार्यालय तथा नगरपालिकाले गर्नु पर्ने कर्तब्यबारेमा जानकारी दिदा बल्ल योजना अगाडी बढेको छ । दोस्रो दिनमा युवा बिकास संरचना बनाउदै पुष महिनाको दोस्रो हप्ता सम्म टोल र वडा स्तरीय समिति निर्माण गर्ने र पुष मसान्त सम्म नगर स्तरीय समिति गठन गर्दै समितिको काम कर्तब्य बारेमा जिम्मेवार बनाउने रहेको छ । नगर तथा वडामा युवा सम्पर्क ब्यक्ति चयन, संयोजक राख्ने छन् । समिति निर्माणमा शिक्षा शाखाको समन्ब्य रहने जनाएको छ ।


योजना अनुसार समितिबाट युवाहरुकालागी क्षमता अभिबृद्धि, सामाजिक कार्यमा समलग्न गराउने, ब्यवहारिक ज्ञान सिकाई उपलब्धि गराउने लगायतका अर्थपुर्ण सहभागीताकालागी कार्य गर्ने छन् । युवा कार्यक्रमले युवाहरु मुलप्रवाहमा आउन सक्ने भएकोले निर्माण बिकासमा बल पुग्ने सहजकर्ता केशव खतिवडाले जानकारी दिए । युवा बिकासमा कार्यक्म आयोजनाकालागी प्लान नेपाल र युथक्रिएशनको सहयोग रहने बताएको छ । योजना भने रामधुनीकों. ६, ७ ,८ र ९ वडामा रहने छन् । बाँकी वडामा नगरपालिकाले आफनै स्रोतबाट कृयाकलाप गराउनु पर्ने युथ क्रिएशनका सामाजिक परिचालक तुलसी साहले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

संसद बिघटन बिरुद्ध रामधुनीका कमरेडहरु झुम्का स्थित बिरोध प्रदर्शनगरी रोड तताउदै

अर्काे पाेस्ट

भागी विवाह चुनौतीको रुपमा रहेको भन्दै विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्ने माग

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft