मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जनभावना सहकारीको चौथो अधिवेशनबाट चौथो पटक श्रेष्ठ निर्बिरोध अध्यक्षमा चयन ः संस्थाको आफनै भवन, शेयर पुँजी रु १ करोड २२ लाख

by By: रामधुनी खबर
पुष २७, २०७७
715

सुनिल चौधरी
झुम्का, पौष २७ । झुम्का बजार क्षेत्रमा पारिवारीक आर्थिक बचत बृद्धि र ब्यवसायमा आर्थिक उपलब्ध गराई संचलनमा सहयोग पुर्याउदै आएको जनभावना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा श्यामकुमार श्रेष्ठ निर्बिरोध चयन भएको छ । आइतवार भएको बन्दसत्र समापन पछि निर्वाचन प्रक्रिया पुर्याउदै संस्थाको चौथो अधिवेशन सम्म आइपुग्दा शेयर सदस्यहरु श्रेष्ठलाई चौथोपटक सर्वसहमतीले अध्यक्षमा चयन गरेको हो ।


संस्थाको नवनिर्वाचित उपाध्यक्षमा नारायण काफ्ले, खुल्ला सदस्यहरुमा कमल बहादुर गुरुङ, राम भरासी साह रौनियार, शान्तकुमार श्रेष्ठ, पुष्प दाहाल, महिला सदस्यहरुमा जमुना घिमिरे, बिष्णु माया श्रेष्ठ, र बबिता घिमिरे निर्बिरोध निर्वाचित भएको छ । लेखा समितिमा समेत निर्बिरोध चयनहुदै संयोजकमा रोधनीराज नेपाल, सदस्य कृष्णकुमार श्रेष्ठ, भिम बहादुर श्रेष्ठ रहेका छन् । सर्वसहमतिकालागी भुमिका खेल्ने निर्वाचन संयोजकमा राजेन्द्र प्रसाद न्यौपाने थियो भने सदस्यहरुमा सत्यनारायण चौधरी र संजिब चौधरी रहेको थियो । निर्वाचन संयोजक न्यौपानेले निर्वाचित सम्पुर्णलाई पदस्थापन गरेको हो ।

शेयर सदस्यहरुको अपेक्षा र बिश्वासलाई अझै प्रगतीको मार्गमा ल्याउने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । नयाँ भवनलाई स्तर उन्नती गर्दै माथिलो तल्ला थप्ने प्रतिबद्धता गर्दै महिला लक्षित शिपमुलक तालिम, शिक्षा सम्बन्धि लगायतका तालिमहरु संचालन गर्ने भावि योजनाहरु रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । शेयर संस्थाको मुल पँुजी रहेकोले बर्षभरीनै खुल्ला गर्ने प्रस्ताव समेत गरेको छ । संस्थाले कार्यक्षेत्र समेत बिस्तार गर्दै साबिक सिगिंया गाबिस हाल रामधुनी वडा नं. ३ र ४ थप गरेका छन् ।


२०६५ सालमा स्थापना भएको जनभावनाको १२ औ बार्षिक साधारण सभा सम्पन्न गर्दै आ.ब. २०७६÷७७ सम्म शेयर पुँजि रु १ करोड २२ लाख ७५ हजार ४ सय पुर्याउन सफल भएको छ । बचत तर्फ संस्थाले उल्लेख्य सफलता लिदै रु २ करोड ८ लाख ९६ हजार ५२२ रुपैया संकलन गरेको लेखा प्रतिवेदनमा उल्लेख रहेको छ । ऋण लगानी तर्फ रु ३ करोड ९ लाख २१ हजार ९३ हजार रहेको छ । महामारीले कारोवारमा प्रभावित पारेको भएतापनि पनि शेयर सदस्यहरुलाई सुबिधा उपलब्ध गराएको छ । बिलम्ब शुल्कमा छुट दिएको छ । ३ प्रतिशतमा रहेको नबिकरण शुल्कलाई छुट गराउदै १ प्रतिशतमा ल्याएको छ । ऋणको ब्याज दैनिक तिर्ने शेयर सदस्यलाई १४ प्रतिशत लिने गरेको छ भने मासिक तिर्नेलाई १४ दशमलव ७५ प्रतिशत लिने गरेको ब्यवस्थापक हेमराज गुरागाईले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

अधिकार र संस्कृति प्राप्तीकालागी सुनसरीमा थारु महिलाहरुको भुमिका बिषयक अन्तरक्रिया

अर्काे पाेस्ट

संगित मार्फत थारु समुदायमा जनचेतना जगाउने अग्रज संगितकार राम धामीको निधन

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft