मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्कामा थप रु ६० करोडको खानेपानी आयोजना अनुदान ः आयोजना ६ हजार घरधुरी क्षमताको रहने

by By: रामधुनी खबर
माघ १६, २०७७
966

सुनिल चौधरी
झुम्का, माघ १६ । झुम्कामा रु ६० करोडको थप खानेपानी आयोजना सुनिश्चिता सहित झुम्का खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको छैठौ साधारण सभा सम्पन्न भएको छ । दक्षिण एसियाली बिकास बैंकको सहयोगमा सहरी खानेपानी आयोजनाको अन्तिम तयारी जुटाउदैै आ.ब.२०७६÷७७ को आर्थिक पार्दशिता, लक्ष्यमा भएको प्रगती, समस्या चुनौती, आगामी योजनाको प्रतिवेदन पार्दशिता गरेको हो ।
६ हजार घरधुरीलाई पुग्ने क्षमताको संचालन हुन लागेको सहरी खानेपानी आयोजनामा डि.पी.आर.बाट अनुमानित लागत अनुसार ५ प्रतिशतले रु ३ करोड रकम हुन आएकोमा उपभोक्ताहरु व्यहोर्नु पर्ने रकमको ३ प्रतिशत नगरपालिकाले व्यहोर्ने छन् । २ प्रतिशत मात्र उपभोक्ताले समर्थन जनाउनु पर्ने भएकोले सो अनुसार साधारण सभाबाट अनुमोदन गर्नु पर्ने प्रस्ताव ल्याएको छ । स्वस्थ्यकालागी स्वच्छ खानेपानी सबै उमेरकालाई चाहिने भएकोले सो आवश्यक्तामा जोड दिदै आयोजना ल्याउन सफल भएको मेयर जयप्रकाश चौधरीले बताए । बालमैत्रि स्थानिय शासन, पुर्ण सरसफाई नगर निर्माणमा झनै सहयोग पुग्ने भएकोले आयोजना सम्पन्न हुनेमा बिश्वस्त रहेको भन्दै सबै उपभोक्ताहरु साथ र सहयोग गर्नुपर्ने मेयर चौधरीले अनुरोध समेत गरेको छ ।
सहरी खाने पानी संचालनले वडा नं. १ र ५ लाई सम्पुर्ण घरधुरी र ३ र ४ वडाका केही घरधुरीलाई समट्ने छन् । योजनाबाट नगरकालागी ठुलो उपलब्धि मान्न सकिने भएकोले साधारण सभाबाट सेवाग्राही, जनप्रतिनिधिहरुले बल पुर्याउनु आवश्यक रहेकोमा जोड दिएका छन । खानेपानी समितिको अध्यक्ष केशीलाल चौधरीको सभापतित्वमा भएको साधारण सभाबाट रामधुनी ३ नं. वडाअध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टिका लक्ष्मी श्रेष्ठ, नेकपा रामधुनी अध्यक्ष राम कोइराला, नेपाली काग्रेश प्रतनिधि नगर सचिव दिलु राई, सल्लाहकार इश्वर घिमिरे, टोल बिकास अध्यक्ष बिपलब अधिकारीले योजना सफलताको समर्थन जनाएको छ ।
हालमा झुम्का खानेपानी समितिले फिल्टर प्लान्ट मर्मतगरी ८ सय ६ जनालाई सेवा प्रवाह गर्दै आएको छ । संस्थाले पियन कोठाको प्रयोग गर्दै आएकोमा हाल कार्यालय भवन,उपभोक्ता प्रतिक्षालय निर्माण सम्पन्न गरिसकेको छ । पानी महशुल संकलन र रिडिङ्ग प्रणाली डिजिटल गर्ने अनुसार सम्पन्न भएको, एच.डी.पी पाईप बिस्तार गरेको, नयाँ जडान भएको बोरिङ्ग र नयाँ ओघर हेड ट्यांकी लक्ष्य अनुसार सम्मपन्न गरीसकेको र नयाँ धारा ६७ घरधुरीमा जडान गरिएको सचिव प्रेम कुमार खड्काको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । समितिले रु ३५ लाख २३ हजार १ सय ३६ रुपैयाको आम्दानी गरेको छ । पानी महशुल,जरिवाना, सदस्यता शुल्क, जडान शुल्क, स्टिमेट शुल्क, बैंक ब्याज र बिविध आम्दानीगरी सो बराबरको आयतर्फ उल्लेख रहेको कोषाध्यक्ष राममणि सिग्देलको प्रतिवेदनमा उल्लेख रहेको छ ।
बिस्तार भएका पाइपलाइनहरु सडक बिचमा परी टुटफुट भइ चुहावटको जोखिम बढ्दै ब्यवस्थापन र स्थानतरण गर्न चुनौती रहेको समितिले जनाएको छ । पाइपहरु पुरिएर गहिरोमा पुगिसकेको हुदा नयाँ धारा जडान र मर्ममा समस्या उत्पन्न हुने ,प्लटिङ्गमा बाटो सागुरोका कारण पाईप बिस्तारमा समस्या हुने, पानीमा आइरन अत्याधिक रहेकोले समितिले चुनौती र सामाधानको रुपमा लिएको समितिले जानकारी दिएका छन् ।

अगाडिकाे पाेस्ट

बिध्यार्थिहरुमा शैक्षिक सामाग्री बितरण गर्दै वडा अध्यक्ष चौधरीले मनाए आफ्नो ३५ औ जन्म उत्सव

अर्काे पाेस्ट

नेपाल अण्डा उत्पादक संघ केन्द्रियको इटहरीमा १६ औ साधारण सभा सम्पन्न

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft