मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारुको अडिसन झुम्कामा माघ २८ गते हुने

by By: रामधुनी खबर
माघ २२, २०७७
809

रा.ख.सम्वाददाता
झुम्का, माघ २२ । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन यही माघ २४ गतेदेखि हुने भएको छ । वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको देशका विभिन्न सहरहरुमा एकसाथ अडिसन हुँदैछ ।
आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ । जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । ‘अडिसनस्थलदेखि सहभागीहरुको तयारी पूरा भइसकेको छ, फागुन पहिलो सातासम्म अडिसनका सबै काम सकिन्छ,’ प्रबन्ध निर्देशक चौधरीले भने । अडिसनको पहिलोदिन माघ २४ गते चितवनको भरतपुरस्थित लाइम एण्ड लेमन लङज, विराटनगरको इनर्जी वर्ल्ड जिम एण्ड फिटनेस सेन्टर र नेपालगञ्जको स्वस्तिक कटेज एण्ड गार्डेन रिसोर्टमा अडिसन हुनेछ ।
त्यस्तै माघ २८ गते सुनसरीको झुम्का स्थित सोउल म्युजिक प्रोडक्सन, सिराहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्जस्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार र कैलालीको धनगढीस्थित थारु छात्रवासमा अडिसन हुने आयोजकले जनाएको छ । त्यसैगरी फागुन १ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने चौधरीले बताए ।
अडिसनपश्चात छनौट भएका प्रतिस्पर्धीहरुको काठमाडौंमा प्रशिक्षण गरिनेछ । उनीहरुलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिइने इभेन्ट निर्देशक रुपेश चौधरीले जानकारी दिए। प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने इभेन्ट व्यवस्थापक सुदीप चौधरीले जानकारी दिए ।
पहिलो र दोस्रो संस्करणको सफलतापश्चात् आयोजकले कोभिडका कारण ढिला गरी प्रतियोगिता आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै इभेन्ट मेन्टर निश्मा चौधरीले यस प्रतियोगिताले युवायुवतीहरुलाई व्यक्तित्व विकासमा टेवा पु¥याउनुको साथै कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने बताइन् ।
उनले मिस्टर एण्ड मिस थारु सिजन १ र २ मा कोरियोग्राफीको भूमिका निर्वाह गरेकी थिइन्। त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै सिजन २ की फस्ट रनरअप सुनेश्वरी कुमारी दासले यस प्रतियोगिताले आफ्नो व्यक्तित्वको विकासको साथै समाजप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको बताइन् ।

अगाडिकाे पाेस्ट

बिपत ब्यवस्थापन अन्तर्गत रामधुनी ३ नं. वडाबाट बिपन्न बिद्यार्थी बालबालिकालाई स्वेटर बितरण

अर्काे पाेस्ट

महिला उद्यमी प्रोत्साहनकालागी रामधुनी १ नं. वडा स्तरीय महिला बिकास समितिद्धारा ७ दिने सिप बिकास तालिम

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft