मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

ग्रामिण महिला सशक्तिकरणकालागी रामधुनी ४ नं. वडाकार्यालयको सहयोगमा नेतृत्व तथा उद्घोषण तालिम

by By: रामधुनी खबर
माघ २७, २०७७
1289

चन्द्रकला चौधरी
झुम्का,माघ २७ । नेतृत्वकर्ताको रुपमा पहुच बनाउन उद्घोषणकलाको ज्ञान आवश्यक मानिन्छ । प्रखर भाषणकला भएका ब्यक्ति कुशल पुर्व समाजलाई नेतृत्वगर्न सक्छन् । बोल्ने शैली छ भने पिठो पनि बिक्री गर्न सक्छ तर नबोल्नेको चामल पनि बिक्री हुदैन भन्ने भनाई यथार्थतानै हुन् । आफनो ब्यक्तिगत जिवन सफलतामा परिवर्तन गर्न उद्घोषणले महत्व पुर्ण भुमिका खेल्छन् । तसर्थ नेतृत्व तह सम्म पुग्न उद्घोषण कलाको प्रत्यक्ष सम्बन्ध हुन्छन् भन्नेमा दुइ मत नहोला । तसर्थ उद्घोषण कलाको महत्व बुझ्दै रामधुनी वडा नं. ४ वडा कार्यालयले ग्रामिण महिला सशक्तिकरणकालागी तालिम सहयोग गरेको छ ।
थारु महिला सभा वडा कार्य समितिको आयोजना तथा रामधुनी ४ नं. वडा कार्यालयको सहयोगमा ग्रामिण महिला सशक्तिकरणकालागी ५ दिने नेतृत्व तथा उद्घोषण लगायत माइन्युट लेखन तालिम संचालन भइरहेको छ । माघ २५ गते आईतवार तालिम उद्धघाटन गर्दै माघ २९ गते समापन गर्ने आयोजकले जनाएको छ । तालिम उद्धघाटन कार्यक्रम वडाअध्यक्ष मनेष चौधरीको प्रमुख आतिथ्यतामा भएको छ । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाअधयक्ष चौधरीले उद्धघोषणकला तालिमले ग्रामिण महिलाहरुमा क्षमता अभिबृद्धिहुदै राजनीतिक, सामाजिक, शैक्षिकि, आर्थिक क्षेत्रमा बराबर भागीदार बन्न सक्ने अपेक्षालिएको बताए । महिलाहरुमा सशक्तिकरण, स्वायत्तता र आत्मनिर्णय स्तर बढ्ने बिश्वास लिएको वडाअधयक्ष चौधरीले आफनो धारणा राखे ।

तालिमको पहिलो दिन आईतवार महिला सशक्तिकरणकालागी हुन सक्ने अवस्था, नेतृत्व बिकासकालागी आवश्यक पर्ने गुण, क्षमता अभिबृद्धि र उद्घोषणकला बारेमा परिभाषा सहितको आर्थपुर्ण सचेतना दिएको छ । दोस्रो दिन उद्घोषणकला अन्तर्गत बोल्ने शैली, औपचारिक र अनौपचारिक कार्यक्रम संचालन गर्न तालिका बिवरण बारेमा जानकारी, प्रत्यक्ष र अप्रत्यक्ष उद्घोषण, मञ्चिय कार्यक्रम, प्राबिधिक तथा कार्यक्रमको यान्त्रिक प्रबिधि बारेमा जानकारी दिदै अभ्यास गराएका छन । कुशल वा असल उद्घोषकमा हुनु पर्ने गुणहरू, उद्घोषकको दायित्व, कार्यक्रमका प्रकार, उद्घोषकले गर्नु पर्ने पूर्व तयारीको बारेमा प्रशिक्षक सुनिल चौधरीले सहजीकरण गरिरहेको छ । तालिममा ५ दिन प्रमुख प्रशिक्षकको रुपमा सुनिल चौधरीले सहजिकरण गर्ने आयोजकले रामधुनी खबर साप्ताहिक प्रत्रिकालाई जानकारी दिए ।
तालिमको दोस्रो दिन रेडियो कर्मि तथा थारु बरिष्ठ हास्य कलाकार कुलदिप चौधरीले नेतृत्व र उद्घोषण बारेमा सहजिकरण गरेको छ । दुइ दिन तालिममा सहभागीले मात्र पनि उनीहरुमा कार्यक्रम संचालन गर्न सक्छु भन्ने आत्मबल बढेको बताए । औपचारिक कार्यक्रमको तालिका विवरण र बोल्ने शैली लगायत उद्घोषणकलाको बारेमा जानकारी लिन पाउँदा कार्यक्रम संचालन मात्र हैन कुनै पनि बिषयमा बक्ता बन्न सक्ने मनोबल बढेको तालिममा सहभागी शोभा चौधरीले बताइन् ।
महिलाहरुमा नेतृत्व क्षमताको अभिबृद्धिमा जोड दिनु वडा कार्यालयको दिर्घकालिन लगानी योजना मानिन्छ । वडा कार्यालयले सहि ठाउँमा दिर्घकालिन उपलब्धि योजना लगानी गरेको बक्ताहरुले बताए । वडा सदस्य चन्द्रमाया बि.क.,समाजसेवी दिपनाराण चौधरी, नरायण चौधरी, आदिवासी जनजाति महासंघ वडा अध्यक्ष काशी चौधरीले महिला उत्थानकालागी तालिम योजना सराहनिय रहेको बताए । उद्धघाटन वडा थारु महिला सभा उपाध्यक्ष पति देवी चौधरीको सभापतित्वमा भएको थियो भने कार्यक्रम सयोजक समितिकी सचिव सरस्वती चौधरीले संचालन गरेकी थिइन ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरमा वडा स्तरीय मधेशी मिथिला एकता समाज संगठन बिस्तार

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको ८ औ नगर सभाबाट संसोधित बजेट रु ७८ करोड ४३ लाख ९४ हजारको पारित

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft