मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको ८ औ नगर सभाबाट संसोधित बजेट रु ७८ करोड ४३ लाख ९४ हजारको पारित

by By: रामधुनी खबर
फागुन ७, २०७७
885

सुनिल चौधरी
झुम्का, फागुण ७ । रामधुनी नगरपालिकाको ८ औ नगरसभा नगरप्रमुख जयप्रकाश चौधरीको सभाअध्यतामा सुक्रवार सम्पन्न भएको छ । आ.ब. २०७७÷७८ को कार्यक्रम योजना तथा बजेट संसोधन गर्दै रु ७८ करोड ४३ लाख,९४ हजार ९ सय ९९ रुपैयाको बजेट गर्दै नगर सभा सम्पन्न भएको हो ।
सातौ नगर सभाबाट चालुबर्षमा बिनियोजित बजेटको कुल आय रु ६१ करोड ८१ लाख ८९ हजार ९ सय ३९ रुपैया रहेकोमा नगर उपप्रमुख सबिना चौधरीले बजेट प्रतिबेदन प्रस्तुत गर्दै बिभिन्न शिर्षकमा रु २६ करोड ८७ लाख २६ हजार ५ सय १७ रुपैया थप गरिएको छ भने घट्न सक्ने सम्भावित आय रु १० करोड २५ लाख २१ हजार ४ सय ६६ रुपैया रहेको छ । नगरसभाबाट पुर्ण सरसफाई नगर योजनामा निरन्तरता र गुणस्तर गर्न पुर्ण सरसफाई गुणस्तर अनुगमन निर्दैशिका २०७७ पारित गरेको छ । यसैगरी स्थानियतहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा ब्यवस्था ऐन, संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय पपिरक्षण कार्यबिधि,नगरपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना तयारी मार्गदर्शन एवं कार्यबिधि, सरसफाई नमुना समदाय मार्ग दर्शन र रामधुनी नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता योजना मार्ग दर्शन पारित गरेको हो ।
सभाबाट ३६ वटा नगरको योजना संसोधन गरेको छ । नगरको मात्र ३६ वटा योजनामा रु २३ करोड ८१ लख ४ हजार बराबर योजना संसोधन भएको हो । वडागत रुपमा पनि योजना तथा बजेट संसोधन भएको छ । यस्तै नगरबाट रु १ करोड २५ लाख रहेको योजना तथा बिनियोजित बजेट यस बर्ष संचालन नगर्ने भन्दै होल्डमा राखिएको नगरसभाबाट पारित गरेको छ । अनुमान गरेको बजेट रकम प्राप्तिको सम्भावना बिभिन्न कारणले न्युन देखिएको हुदा नगर तर्फबाट वडामा बिनियोजित भएका तथा नगरले सम्पादन गर्ने लक्षित समेतका योजना होल्डमा राखिने पारित गरेको हो । यसले नगर र वडागत योजनामा यस बर्ष कटौती गरेको देखिन्छ ।
घर नक्सा शाखाको बिभिन्न बुद्धामा संसोधनगरी नगरपालिका घोषणा हुनु पुर्व बनेको संरचनाहरुको हकमा घर भवन न.पा.को स्ट्रक्चर डिजाईन नियम वाहेक अन्य सबै मापदण्ड अनुसार भएको घर नक्सा पास गर्दा चालु आ.ब. देखि जरिवाना रु २५ प्रतिशत हुने प्रचलित निय भएकोमा सोधनगरी नक्सापास प्रकृयामा आउदा लाग्ने दस्तुर वरावरनै थप जरिवना लिई फाइल अगाडी बढाउने र निमार्ण कार्य चेक जाँचगरी घरको विवरण उल्लेखगरी कार्य सम्पन्न प्रमाण पत्र दिने निर्णय पारित गरेको हो । यसले घर नक्सा पास नगरी घर बनाउनेलाई निरुतसाहित गर्ने छन भने घर नक्सा पास गर्नेमा बृद्धि हुने छन् ।
नगर बिकास निर्माणको कार्यमा बिभिन्न शाखाले समिक्षामा गरेको प्रगती र उपलब्धिहरु प्रस्तुत गर्दै पारित गरेको छ । शाखाहरुमा आर्थिक बिकास, सामाजिक, वन वातापरण तथा बिपद व्यवस्थापन, वितिय सुशासन तथा संस्थागत, भौतिक पुर्वाधार, बिधायन, लेखा समितिबाट संयोजकहरुले समिक्षा तथा प्रगती प्रस्तुत गरेको छ । समितिको संयोजक कमश लक्ष्मि चौधरी, घनश्याम चौधरी, हेमनारायण राजधामी, रुद्र बस्नेत, डेगराज फुयाल, केशव गौतम र पुष्पलाल चौधरीले प्रस्तुत गरेका हुन् ।

अगाडिकाे पाेस्ट

ग्रामिण महिला सशक्तिकरणकालागी रामधुनी ४ नं. वडाकार्यालयको सहयोगमा नेतृत्व तथा उद्घोषण तालिम

अर्काे पाेस्ट

थारु महिला उत्थान समाज रामधुनीद्धारा श्रद्धाञ्जली अपर्ण

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft