मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

“पर्यटन र पुर्वाधार,समृद्ध रामधुनीको आधार”सहित रु ७१ करोड १४ लाख ८२ हजार बजेट सार्वजानिक

by By: रामधुनी खबर
असार १०, २०७९
606

सुनिल चौधरी
झुम्का, असार १० । रामधुनी नगरपालिकाले आगामि आर्थिक बर्षकालागि सुक्रवार नीति, कार्यक्रम तथा बजेट सार्वजानिक गरेको छ । “पर्यटन र पुर्वाधार,समृद्ध रामधुनीको आधार”सहित १२ औ नगरसभाबाट रु ७१ करोड १४ लाख ८२ हजार बजेट सार्वजानिक गरेको हो ।
नगरपालिकाले नगरप्रमुख संकरलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिर्घकालिन सोचका साथ रामधुनी नगर विकासकालागि ५ पिलर नीति अनुसार बजेट विनियोजन गरेको छ । पहिलो पिलर आर्थिक क्षेत्र विकासमा रु ६ करोड ८१ लख ५२ हजार विनियोजन गरेको छ । जस्मा कृषि पुर्वाधार र व्यवसायलाई आधुनिकीकरण तथा यान्त्रीकरण सहित उत्पादकत्व बृदि तथा आयस्रोतको मूख्य आधार बनाउन आगामि आर्थिक बर्षमा कृषि क्षेत्रमा रु १ करोड ९५ लाख २० हजार विनियोजन गरेको बजेट आय व्ययमा उल्लेख रहेको छ ।
नगर विकासको दोस्रो पिलर सामाजिक विकास क्षेत्रमा रु २७ करोड १८ लाख ८९ हजार रकम विनियोजन गरेको । यस सामाजिक विकास क्षेत्रमा बिद्यालयको शैक्षिक गुणस्तरकालागि प्राथमिक्तामा राखेको छ । तेस्रो पिलरको रुपमा पूर्वाधार विकास तर्फ रु २५ करोड १० लाख ९ हजार राखिएको छ । पूर्वाधार विकास तर्फ वडा स्तरीय तथा नगर स्तरीय सडक, यातायात, पुल पुलेसा भवन निर्माण तथा मर्मत योजनाकालागि बजेट विनियोजन गरेको छ ।
चौथो पिलर बन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र योजनामा रु १ करोड ४४ लाख ८० हजार बजेट विनियोजन गरेको छ भने पाँचौ पिलरको रुपमा सुशासन तथा संस्थागत विकास क्षेत्रमा रु १८ करोड ६१ लख ४३ हजार विनियोजन भएको उल्लेख रहेको छ । नगरसभामा उपमेयर तारा थापाले बजेट सार्वजानिक गरेको हो ।

अगाडिकाे पाेस्ट

रामधुनी र इटहरीमा थारु ग्रामथान ऐन निर्माण र सांस्कृतीक संरक्षित क्षेत्र घोषणाकालागि ज्ञापन पत्र

अर्काे पाेस्ट

रामधुनीमा थारु भाषामा पठन पाठनकालागि स्थानीय पाठ्यक्रम निर्माणगरी विमोचन

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft