मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १ नं. वडा बालमैत्री वडा घोषणाको दोस्रो वार्षिक उत्सव मनाए सृजनशील बाल संजाल

by By: रामधुनी खबर
भदौ २५, २०८०
440

राख संवाददाता
झुम्का, भदौ २५ । रामधुनी नगरपालिका १ नं. वडा बालमैत्री घोषणा भएको दोस्रो बर्षको अवसरमा अभिभावकहरुमा सम्मान गर्दै उत्सवको रुपमा कार्यक्रम सम्पन्न गरेको छ । बालहकहितका अधिकार स्थापित गर्दै बालबालिकामा हुने सबै प्रकारका विभेद न्युनिकरणका लागि बालमैत्री वडा घोषणाको अवसरमा उत्सव मनाएको हो ।
वडा अध्यक्ष महेश कुमार चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम मार्फत वडा कार्यालय र बाल संजालबाट गरेका गतिविधिहरुको बारेमा जानकारी दिएका छन् । वडा कार्यालय र बाल संजालबाट बालबालिकाको हकहितमा विभिन्न समयमा विभिनन कार्यहरु गर्दै आएको र निरन्तरता दिने जनाएको छ ।
बाल संजाल मार्फत वडा कार्यालयले बिद्यालयहरुमा अनुुगमन बिद्यालय स्तरको बाल अधिकार समिति गठन, हाजिरी जवाफ प्रतियोगिता,सिंगिया स्कुल स्थित रहेको अपाङ्गता बालबालिकालाई देउसी भैलोबाट आएको रकमले खाना पाकाएर खुवाएको, लुुगा बितरण गरेको जनाएको छ । इलाका प्रहरी पकलीको समन्वयमा बिद्युतिय कुलत सचेतनाका लागि बाल संजाल र बिद्यालयहरुमा तालिम दिएको बताए ।


कार्यक्रममा बालबालिका, अभिभावक, बिद्यालय संघसंस्था, व्यापारी, स्थानीयतहले पालना गर्ने आचार संहिताको बारेमा सचेतना गरेका थिए । बालअधिकार सम्बन्धी बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागीता जस्ता बालअधिकारका मुलभुत बिषयलाई वडाबाट कार्यन्वयन भै रहेको डकुमेन्ट समेत प्रदर्शन तथा प्रस्तुुत गरिएको थियो ।
सृजनशील बाल संजालको आयोजना र १ नं. वडा कार्यालयको सहयोगमा कार्यक्रमबाट बालमैत्री वडाको दिगोपना, सूूचकमा कार्यन्वयन, बालबालिकाको कला प्रष्टफुुटन, बाल संजालमा आबद्ध बालबालिकाको अभिभावकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा वडा अन्तर्गत रहेको बिद्यालयहरु सहभागीता जनाउँदै बालकलाकार मार्फत कला नृत्य प्रस्तुत गरिएको थियो ।
अभिभावकले बालबालिकामा धर्म र सस्कारको बारेमा ज्ञान दिन आवश्यक रहेको निवर्तमान मेयर जयप्रकाश चौधरीले उठान गर्नु भयो । धर्म र सस्कारले व्यवहारिक सिप दिने भएकोले अभिभावकहरुमा ध्यान दिन जरुरहेको बताउँदै निवर्तमान मेयर चौधरीले वडा तथा नगरको सम्पूर्ण बालबालिकाहरुमा सुन्दर भबिषयको कामना गर्नु भयो ।
अभिभावकले निगरानी गर्दा गर्दै पनि बालबालिकाहरु गलत बाटोमा लाग्ने गरेको वडा अध्यक्ष महेश कुमार चौधरीले धारणा ब्यक्त गरेको छ । चिल र चिलका बच्चा धेरै उचाईमा गएको र बच्चालाई उड्न सक्ने प्रयास गराएपनि उड्न नसकेको र पुनः प्रयास गरिरहयो भन्दै आफनो बालबालिकालाई यसरीनै ध्यान दिनुपर्ने वडाअध्यक्ष चौधरीले बताए ।
वडा सृजनशील बाल संजाल समितिकी अध्यक्ष प्रिती चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमबाट नयाँ टेक्नोलोजी, फेसबुक, टिकटक जस्ता बिद्युुतिय संजाल माध्यमबाट फाईदा देखिएपनि बालबालिकाहरुको लागि नाकारात्म पनि बनाउँदै गएकोले अभिभावक र बालबालिकाहरुलाई सर्तक रहन बक्ताहरुले सुुझाव दिएका छन् ।
थारु कल्याणकारिणी सभा रामधुनी नगर अध्यक्ष राजकुमार चौधरी, थारु महिला उत्थान समाजकी अध्यक्ष आशा चौधरी, माउण्ट समिट स्कुलका शिक्षक भोजराज कार्की, अभिभावक सुमी बुढाथोकी, नमुना नगर बाल संजालका अध्यक्ष पुजन राउँत, सल्लाहकार छविरमण दाहालले बालबालिकाुको हकहितमा धारणा राख्दै चुनौती र समस्या बढ्दै गईरहेकोले सबै सरोकारवालाहरु मिलेर सामाधान गर्नुुपर्ने बताएका हुन् ।
बालमैत्री आवश्यक्ताको बारेमा र संजाल समितिले गरेको कार्यक्रमहरुको बारेमा कोषाध्यक्ष सुविना बुढाथोकीले प्रस्तुत गरिन् । कार्यक्रममा सम्पूर्ण अतिथीहरुलाई स्वागत मन्तव्यले बाल संजालका उपाध्यक्ष नेजिस निरौलाले स्वागत गरेका थिए । कार्यक्रम संचालन तथा उद्यघोषक बाल संजालका सल्लाहकार सुनिल बस्नेत र वर्तमान सचिव आकृति खड्काले गरेका थिए ।
कार्यक्रममा रौनकताका लागि भासि माबि, माउण्ट समिट बोर्डिङ्ग स्कुल, ब्रिलियन्ट बोर्डिङ्ग स्कुल, रामधुुनी बोर्डिङ्ग स्कुल र सरस्वती आधारभुुत विद्यालयले भाषाभाषिका गीतमा नृत्य प्रस्तुत गरिएको आयोजक सृजनशील बाल संजाल समितिले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

रामधुनी १ नं.वडा महिला समिति र थारु महिला उत्थानको दर खाने तथा तिज बिशेष कार्यक्रम सम्पन्न

अर्काे पाेस्ट

भबिषयका उत्तराधिकारीहरुमा हौसला प्रदान गर्नुहुँदै निवर्तमान रामधुनी नगर पिता जयप्रकाश चौधरी

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft