मिति : २०८२ फागुन ३० गते (सनिबार)
मौसम : 28.3°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

विश्व क्षयरोग दिवस २०२४ को अवसरमा स्वास्थ्य शाखा रामधुनीको स्वास्थ्य सचेतना कार्यक्रम

by By: रामधुनी खबर
चैत्र १३, २०८०
479

रामधुनी खबर संवददाता
झुम्का, चैत्र ११ । विश्व क्षयरोग दिवस २०२४ को अवसरमा शनिवार आज स्वास्थ्य शाखा रामधुनीले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । क्षयरोग प्राणघातक सरुवा रोग १ जना बिरामीले १० जनालाई सार्न सक्ने भएकोले समयमै उपचार गर्न सचेतना दिदै कार्यक्रम सम्पन्न गरेको हो ।


नगरप्रमुख शंकरलाल चौधरीको सभापतित्वमा उपप्रमुख तारा थापा, जिल्ला स्वास्थ्य शाखा प्रमुख सागर प्रसाईको उपस्थितीमा क्षयरोग बिशेष वक्तृत्वकला र सचेतना कार्यक्रम गरेको हो । रामधुनी नगरमा गत आर्थिक बर्षमा ८८ जना बिरामी पत्ता लागेको स्वास्थ्य शाखा रामधुनीले जनाएको छ । जसमध्ये ८ जनाको मृत्यु भएको छ । ६० जना फोक्सोको बिरामी देखिएको छ । क्षयरोग सुरुवा रोग भएकोले बिरामी बृद्धि हुन सक्ने चुनौतीको बारेमा रामधुनी स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए ।
क्षयरोग विरामी जाँच र उपचार गर्न नआउने हुँदा गाउँटोलमा लुकेको अवस्था रहेकोले सो बिरामीले धेरैलाई सार्न सक्ने चुनौती रहेको जनाए । यसका लागि स्वास्थ्य उपचार केन्द्रहरुको प्रयासले मात्र नभएर सर्व पक्षिय साझा प्रतिवद्धता हुन आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले उठान गरे ।क्षयरोग बिषयमा बिद्यार्थी स्तरमा सचेतना गर्ने उधेश्यले बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीताको समेत आयोजना गरेको थियो । प्रतियोगीतामा सहभागी बिद्यार्थीहरुले क्षयरोगको बारेमा भन्दै सर्नसक्ने अवस्था, लाग्ने कारण, लक्षण, समस्या, बच्ने उपायका बारेमा धारणाहरु राखेका थिए । वक्तृत्वकला प्रतियोगीतामा नगरका पाँच सामुदायिक विद्यालयका बिद्यार्थीहरुले सहभागी भएका थिए ।सहभागी मध्ये आदर्श मावि बक्लौरीका अनु ढकाल प्रथम, चन्द्रकमल माविका रजिना कटेल दृतिय, जनता मावि सिंगियाका अनुप पराजुली तृतिय र भासि माविका युनिक चौधरी र पंचायत मावि कुमरखतका विपासा धिताल सान्तवा भएको छ । क्रमश प्रथम, दृतिय, तृतिय र २ जना सान्तवना भएका प्रतियोगीहरुलाई जनही रु २५००, रु २०००, रु १५०० र रु ५००, रु ५०० गरी पुरस्कृत गरिएको छ ।

रामधुनी नगरपालिकाको आयोजनामा कार्यक्रमका लागि जिल्ला स्वास्थय कार्यालय सुनसरी, बिएनएमटी नेपाल, स्टोप टिबी साझेदारी, बागमती सेवा समाज नेपालको समन्वय गरेको स्वास्थ्य शाखा रामधुनीले जानकारी दिए । विश्व क्षयरोग दिवस प्रत्येक वर्ष मार्च महिनाको २४ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय दिवस हो। क्षयरोग को किटाणु (Mycobacterium tuberculosis) पत्ता लागेको घोषणा गरिएको दिन मार्च २४, को सम्झना स्वरुप यो दिन मनाउने गरिन्छ ।

अगाडिकाे पाेस्ट

रामधुनी ७ कुमरखद जंगलमा हात्ती आक्रमणले दाउरा काट्न गएका एक श्रमिक बृद्धको मृत्यु

अर्काे पाेस्ट

सिराथानको मौलिकता पुस्तान्तरण गर्न बैशाख २ गते डोरा धाम परिसरमा भव्य कार्यक्रम गर्ने तयारी

सम्बन्धित अरु

स्वास्थ/शिक्षा

बिश्वास परियोजनाले सुनसरीमा उपेक्षित उष्णप्रदेशीय रोग लागेका व्यक्तिको स्वास्थ्यमा सुधार

माघ १२, २०८०

रामधुनी खबर संवाददाताझुम्का,माघ १२ । सुनसरीमा उपेक्षित तथा उष्णप्रदेशीय रोग मातृशिशु स्याहार र कुष्ठरोग भएका व्यक्तिको स्वास्थ्य सुधार गर्न सेभ द अर्थ सुनसरीले फेयरमेड फाउण्डेशनको साझेदारीमा विश्वास परियोजनाले कार्य गर्दै...

स्वास्थ/शिक्षा

बाल दुव्र्व्यवहार, शोषण, उपेक्षा, हिंसा न्युनिकरणगर्न रामधुनीमा स्टिक्स एण्ड स्टोन्स”तालिम

भदौ १, २०७९

राख संवाददाताझुम्का, भदौ १ । बाल संरक्षणलाई प्रवद्र्धन गर्न रामधुनी नगरका शिक्षक शिक्षिकालाई तिन दिवसीय स्टिक्स एण्ड स्टोन्स तालिम दिएको छ । बिद्यालयमा बालबालिकाहरु सुरक्षित रुपमा हुर्कने अवस्थाको सिर्जना र...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft