कमला चौधरी
झुम्का,जेष्ठ २१ । । “शासन” शब्दमा ‘सु’ उपसर्ग जोडिएर बनेको सुशासन शब्दको शाब्दिक अर्थ असल शासन भन्ने हो । शासनले अधिकार, नियन्त्रण तथा व्यवस्था सँग सम्बन्ध राख्छ । शासन एउटा व्यक्तिबाट अन्य व्यक्ति माथि सर्न सक्छ । शासन घर, परिवार, संस्था, समाज र राष्ट्र सबै तहमा लागू हुन्छ । खासगरी शासन भन्ना साथ राज्य सञ्चालनलाई बुझिन्छ । यसले राज्य सञ्चालन गर्न अपनाइने तौरतरिका, क्षमता, व्यवस्थापकीय पक्ष, दैनिक कार्य नियमित गर्ने पद्धति, व्यवहार तथा आचरणसम्बन्धी कुरासँग सम्बन्ध राख्छ । जसले सरकार निर्माण तथा सञ्चालनमा जोड दिन्छ ।
सुशासनका प्रमुख सूचकहरूमा “नागरिकको प्रत्यक्ष सहभागितामा जनसहभागितामूलक शासन व्यवस्था, जनताप्रति प्रत्यक्ष उत्तरदायी सरकार सञ्चालन, समग्र शासन प्रक्रियामा पारदर्शिता अवलम्बन, विधि, पद्धति र कानुनमा आधारित शासन व्यवस्था, सरोकारवालाप्रति जवाफदेही शासन सञ्चालन, निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता, प्रशासनको सरलीकरण र जनमुखी सेवा प्रवाह, सामाजिक न्याय र समावेशितामा आधारित समाज निर्माणमा जोड, आर्थिक अनियमितता र भ्रष्टाचार रहित समाजको परिकल्पना, राज्यका सबै क्षेत्रमा दण्डहीनताको अन्त्य र कानुनको परिपालना, प्रचलित मूल्य, मान्यता र नियम कानुनको पूर्ण परिपालना, आर्थिक रूपमा वित्तीय जवाफदेहिता प्रवर्द्धन, निष्पक्ष, जनमुखी र स्वतन्त्र प्रेसको व्यवस्था” रहेको मानिन्छ । यी व्यवस्थामा सुशासन पद्धती अवलम्बन गर्न रामधुनी नगरपालिका अग्रसर देखिएको छ । पारदर्शिता जवाफ देहिताका लागि सुशासनका सूचकहरूमा चासोका साथ कार्यन्वयन गर्दै आएको छ ।
रामधुनी नगरपालिकाले सुशासन पक्षको कार्यविधि,नीति तथा ऐन
सुशासनको अवधारणाले सरकारलाई समृद्धशाली बनाउँछ । यसकालागी समृद्ध र पार्दशिता ल्याउन रामधुनी नगरपालिका सुशासनको अभ्यासमा छन् । नगर समृद्धकालागी नगरपालिकाले सुशासनको सुचकमा सार्वजानिक परिक्षण कार्यविधि २०७६ पासगरी कार्यक्रम संचालन गरिरहेको छ । नगरपालिकामा नगरवासीको गुनासो व्यवस्थापनकालागी गुनासो सम्वोधन तथा व्यवस्थापन कार्यविधि २०७६, सामाजिक परिक्षण कार्यविधि २०७६, सार्वजानिक सुनुवाई कार्यविधि २०७६ ल्याउदै कार्यक्रम आयोजनागरी पार्दशिता गर्दै गइरहेको छ ।
रामधुनी नगरकार्यपालिकाले सञ्चालन गर्ने कार्यक्रम वा आयोजनाहरुको सहभागीतामुलक किसिमले लेखाजोखा गर्ने कार्यलाई व्यवस्थित गर्न सार्वजानिक परिक्षण कार्यविधि २०७६ तर्जुमा गरेको प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले जानकारी दिनुु भयो । नगरमा वाह्य तथा आन्तरीक श्रोतबाट संचालन हुने सबै किसिमका कार्यक्रम तथा आयोजनाहरु सम्पन्न भएपछि अन्तिम किस्ता भुक्तानी पुर्व अनिवार्य रुपमा सार्वजानिक परिक्षण भैरहेको जानकारी दिनुुभयो ।
यो व्यवस्था निर्माण व्यवसायी, उपभोक्ता समिति, गैर सरकारी संस्था, टोल विकास संस्थासामुदायिक संस्था संग गरिने समझौतामा अनिवार्य उल्लेख गर्ने गरेको बताए । कार्यक्रम तथा आयोजना वा कार्यक्रमहरुमा भएको लगानीको आधारमा रु दश लाख भन्दा कम तथा बढि रकम लगानीका आधारमा साना तथा ठुला योजना बर्गिककरण गरी सार्वजानिक परिक्षण संचालनमा रहेको छ । यसले योजनाको खर्चमा पार्दशिता, सम्पादित कामका परिमाण, लगत, गुणस्तरीय, समावेसिता र सहभागीतालाई एकरुपता ल्याउन सहयोग पुगेको जानकारी दिनुुभयो । उहाँले स्वास्थ्य सेवा प्रवाह गरिरहेका शाखा, कृषि र शिक्षा शाखाहरुको सार्वजानिक परिक्षण गरी सुधार गर्नु पर्ने पक्षलाई औल्याउदै सेवा चुस्त दुरुरुत बनाउन सहयोग मिलेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउँनुुभयो ।
नगरपालिकाले दुई लाख भन्दा बढीको योजनामा योजना पिच्छे सार्वजनिक परीक्षण कार्यक्रम गर्दै आएको छ । नगरपालिकाले सुशासनको अभ्यासलाई कायम गर्नका लागि विभिन्न योजनाको सार्वजनीकीकरण गर्नेदेखि जनताले माग्ने वित्तिकै सूचना उपलब्ध गराउने लगायतको कार्यलाई निरन्तरता दिएको प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो ।
नगरपालिकाले एक आर्थिक बर्षमा सम्पादन गरेका कार्यक्रम र त्यसका सामाजिक उपलब्धि तथा कार्य सम्पादनका लेखा जोखाकालागी बर्षमा एक पटक नियमित रुपमा सामाजिक परिक्षण भैरहेको छ । सामाजिक विकासका योजना, पुर्वाधार विकासका योजनाहरु सामाजिक परीक्षणगरी सामाजिक जिम्मेवारीमा देखिएका प्रमुख समस्या, चुनौती, कार्यन्वयनको अवस्था र भावी कार्यदिशाको बारेमा प्रष्टता ल्याउने गरेको छ ।
रामधुनी नगरपालिकाले सुशासन पक्षमा गरेका कार्यक्रमहरु
सुशासन कायम गर्न रामधुनी नगरपालिकाले सार्वजानिक सुनुवाई कार्यविधि २०७६ लागु गरेको छ । कार्य विधिले सार्वजानिक सुनुवाई कार्यक्रम आयोजनागरी नगरपालिकाको समग्र गतिबिधिहरु जनता समक्ष प्रत्यक्ष रुपमा पार्दशिता गर्दै आएको छ । नगरपालिकाले कार्यविधि अनुसार बार्षिक रुपमा तिन पटक सार्वजानिक सुनुवाई गर्दै आएको छ । सामाजिक परिक्षण २०८०÷०८१ र सार्वजानिक सुनुवाई आ.ब. २०८०÷०८१ मा रामधुनी नगरपालिकाले पहिलो चौमासिक र दोस्रो चौमासिक सम्पन्न गरिसकेको छ ।
बर्षमा रामधुनी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यबिधि बमोजिम सार्वजानिक सुनुवाई कार्यक्रम मार्फत नगरपालीकाको प्रशासनिक तथा विकास कार्यक्रमहरुको अझ प्रभावकारी, पारदर्शिता बनाउदै जनताको प्रत्यक्ष सहभागीता र जवाफ देहितालाई सुनिश्चित गर्न कार्यक्रम समपन्न गरेको प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले बताउँनुभयो ।
नगरपालिकाले प्रथम र दोस्रो सार्वजानिक सुनुवाईबाट विभिन्न शाखाबाट भए गरेका गतिविधिहरुको बारेमा सार्वजानिक गरेको छ । पार्दशिताका लागि गतिविधिहरुको बारेमा गरेको सार्वजानिकीकरणले नगरवासी नगरपालिकाको सेवा प्रति जानकार हुन पाएका छन् ।
सार्वजानिक सुनुवाईबाट आर्थिक प्रशासन शाखाले चालुतर्फ जम्मा बजेट र हाल सम्म भएको खर्चहरुको रकम पार्दशिता गर्दै आएको छ । यसैगरी योजना शाखा, भौतिक पूर्वाधार शाखा, राजश्व शाखा, शिक्षा शाखा,स्वास्थ्य शाखा,सुचना प्रविधि शाखा, कृषि शाखा, घर नक्सा शाखा,पशुविकास शाखा, रोजगार शाखा, महिला बालबालिका शाखा,जिन्सी शाखा,न्यायिक समिति शाखा,खानेपानि तथा सरसफाई शाखा वन, वातावरण तथा बिपद व्यवस्थापन शाखा, पंजीकरण शाखा,सहकारी विकास शाखा, मेडपा परियोजना उद्यम विकास शाखा, बाल हेल्प डेक्स शाखाको गतिविधिहरुको सार्वजानिक गर्दै सुचनाको हक सुरक्षित गरेको छ ।
सार्वजानिक सुुनुुवाईबाट बिभिन्न जिज्ञासा र सुझावहरु आएका थिए । सार्वजानिक सुनुवाईमा नगरवासी सहभागीहुदै नगरपालिकाले ब्यवसाय कर लिए पनि ब्यवसाय प्रवद्र्धनकालागी योजना ल्याउन नसकेको उठान गरे । हावाहुरी र धुलोले ब्यवसायमा असर परेको छ नियन्त्रणका योजना भएन, खुल्ला पशु बध ब्यवस्थापन भएन, खसी बधशालाको पुनः निर्माणमा चासो भएन, रामधुनी मन्दिर जानेबाटो मर्मत सम्भारको अभाव, सिंगिया जनतामाबिको आर्थिक हिनामिना भएको अवस्था के हुदै छन्, जेष्ठ नागरीकले सुबिधा पाउनु पर्ने नितिको कार्यन्व्यन, आर्गानिक कृषि उत्पादनमा जोड दिनु पर्ने लगायतका जिज्ञासा र सुझावहरु उठान गरेका थिए ।
सुझावको बिषयमा नगरप्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकाल तथा वडा अध्यक्ष र बिषयगत समितिको संयोजकहरुले जिज्ञासा प्रति उत्तर दिदै प्रतिबद्धता जनाएका थिए । यसरी नगरपालिकाले सुशासनको पक्षमा अभ्यास गर्दै आएका छन् ।
सुशासन बहुआयामिक विषयवस्तु हो । यसमा राजनीतिक सामाजिक, व्यवस्थापकीय र नैतिक आधारहरूले विशेष महत्त्व राख्दछ । वास्तवमा जनताको हित, कानुनको शासन, पारदर्शी, सक्षम तथा व्यावसायिक कर्मचारीतन्त्र बलियो नागरिक समाज लोकतान्त्रिक राज्यले निर्धारण गरेका उद्देश्य तथा लक्ष्यउन्मुख जबाफदेही जनप्रतिनिधिहरूको सरकार र जनताको सर्वोपरि हित हुने गरी राज्यले आफ्नो दायित्व निर्वाह गर्ने शासन प्रणाली नै सुशासन हो ।
नगरपालिकाका नौ वटै वडामा सुशासनको अभ्यास भइरहेको नगरपालिकाको प्रमुख शंकरलाल चौधरीले बताउँनुु भयो । पालिकाको बजेट, नीति तथा कार्यक्रम नागरिककै हितका लागि नागरिककै सहभागितामा भइरहेको दाबी गर्नुभयो । नगरपालिकाले आफनो नीति कार्यक्रममा नागरिकको सर्वोत्तम हितलाई ध्यानमा राखेर काम गरिरहेको नगरप्रमुख चौधरीले बताउँनुुभयो ।
रामधुनी नगरपालिकाले सुशासनको अभ्यास गर्दै आएकोमा एक वर्षयता स्वास्थ्य क्षेत्रमा समेत गुनासो सुनवाइसम्बन्धी अभ्यास सुरु गरेको छ । त्यसका लागि डिजिटल गुनासो पेटिकाको विकास गरेको छ । यसैगरी रामधुनीको समग्र बिषय बस्तुु जानकारी दिनका लागि डिजिटल सुचना पाटि जडान गरीएको छ । यसैगरी एलइडी डिस्प्ले बोर्ड जडान गरिएको छ । सबै वडाहरुमा सिसि टिभी जडानगरी काम कार्यवाही छिटो छरितो गर्न निगरानीमा राखिएको छ ।
स्क्रिनटच डिजिटल वडापत्र
नागरिकलाई सूचना तथा प्रविधिसँग जोड्दै स्क्रिनटच डिजिटल वडापत्र संचालनमा ल्याएको छ । कार्यालयको गतिविधि छिटोछरितो सेवाग्राहीसामु सुसूचित गराउँन नगरपालिकाले स्क्रिनटच डिजिटल सूचना पाटी तथा नागरिक वडापत्र संचालनमा ल्याएको हो । आम नागरिकलाई सेवा प्रवाहको बारेमा जानकारी गराउन शुरु गरेको डिजिटल वडापत्रले सङ्घीयताको भावनाअनुरूप सुशासनको प्रत्याभूत गर्न सहज हुने कार्यालयले जनाएको छ । वडापत्रमा रामधुनी नगरपालिकाकोे प्रशासन सेवा, पदाधिकारी कर्मचारी विवरण लगायतका नगरपालिकाले प्रवाह गरेका विविध पक्षमा आम सेवाग्राहीलाई डिजिटल प्रणालीबाट नागरिक वडापत्रमार्फत पारदर्शी गराइएको छ ।
विद्युतीय प्रणालीको नागरिक वडापत्रबाट आफैले स्क्रिनटचगरी सेवाहरुबारेमा जानकारी लिन सकिने छ । नगरपालिकाको गतिविधिको साथसाथै नगर तथा वडाका योजना, नीति, बजेटको बारेमा समेत जानकारी लिन सकिने छन् । नागरिकलाई सूचना तथा प्रविधिसँग परिचित गराउनु स्थानिय सरकारको कर्तव्य र दायित्व हो । यस क्रममा डिजिटल नागरिक वडापत्रलाई पहिलो खुड्किलोको रुपमा हेर्न सकिन्छ । डिजिटल नागरिक वडापत्र जारीगरी रामधुनी नगरपालिकालाई स्मार्टपालिका बनाउँने प्रयासको अभ्यास रहेको छ ।
रामधुनी नगरमा सुशासनका मुख्य चुनौति र अवसर
सुशासनका मुख्य चुनौतिहरु असमानता, विभेद, शोषण, भ्रष्टाचार, हिंसा र गरीबी हुन । यी सबैले समानता÷समता, शान्ति र समृद्धि, पारदर्शिता, सुरक्षा, सहभागिता र मौलिक स्वतन्त्रता एवं कानुनी शासनलाई कमजोर पार्दछन् । विधिको शासनको अभाव र जवाफदेहिताको कमी, स्वार्थ बाझिने विषयमा संलग्नता, न्यायमा पहुँचको अभाव, सेवा प्रवाहमा लापरबाही वा गैरजिम्मेवार, शक्तिको दुरुपयोग, भ्रष्टाचार सुशासनका चुनौतिहरु हुन् ।
रामधुनी नगरपालिकामा चुनौती हेर्दा ऐन÷नियमहरूको तर्जुमा एवं विद्यमान ऐन÷नियमहरुको प्रभावकारी कार्यान्वयन, नेतृत्व प्रति जनविश्वास आर्जन, सार्वजनिक सेवा प्रवाहः जनइच्छा एवं नागरिक संतुष्टि र आवश्यकता अनुरुपको सेवा प्रवाह नहुनु, जनताका माग संवोधन नगर्नु चुनौतीहरु रहेको छ ।
राजनीतिक एवं प्रशासनिक प्रतिवद्धताको कमि, असल राजनीतिक सोच र संस्कारको अभाव, दण्डहिनता र मानवाधिकार उल्लंघनका घटनाना बढ़ोत्तरी, सुशासनका विषयहरू केवल नारा र भाषणमा मात्र सीमित, सीमान्तकृत उत्पीडित जाति वर्ग क्षेत्र अहिलेपनि पनि बहिष्करणमा रहेको यथार्थता छ ।
पालिकाको सुशासन मैत्री कार्यलाई थप प्रभावकारी बनाउँन राजनीतिक एकरुपता र प्रतिबद्धता गरेर थप सुशासन प्रवद्र्धन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सर्वपक्षिय सरोकारवालाहरुले विकासका लागि हातेमालो गरेर सुशासन कायम गरी दिगो विकासमा जोड दिन सकेमा समतामूलक समाज निर्माण तुल्याउन सकिन्छ । यसका लागि अर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक र विकासका सबै पक्षमा सकारात्मक सोचको परिवर्तन हुन जरुरी छ ।
तससर्थ रामधुनी नगरमा सुशासनको सुचकहरु कार्यन्वयको निरन्तरता दिईरहयो भने नगरपालिका र नगरवासीको बिचको दुरी कम हुँदै योजना प्रभावकारी हुुन्छन् । जनश्रमदानमा बृद्धि हुने छन् । बजेट कार्यान्वयनमा सहजता भएर विकासका कार्यहरु समयमा सम्पन्न हुनेहुन्छ । कमिशन, भ्रष्टचार, मनमुटावको अन्त्यभई विकासको बाटो द्रुुत रुपमा बढ्ने निश्चित देखिन्छ ।
(सौजन्य ः रामधुनी नगरपालिका कार्यालय झुम्का सुनसरीको सहयोग र रामधुनी खबर साप्ताहिक पत्रीकाको आयोजनामा तयार पारीएको लेखनबृती हो ।)
