मिति : २०८३ असोज २१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

राजनीतिक र जनप्रतिनिधिमा महिला नेतृत्वको अग्रसर खोज्दै सुनसरीका महिला संघसंगठन

by By: रामधुनी खबर
जेठ १७, २०८१
518

रामधुनी खबर संवाददाता
झुम्का,जेष्ठ १७ । राजनीति र जनप्रतिनिधिमा महिला नेतृत्व अग्रसरमा प्रभावित बनाएको सुनसरीका महिला संघसंगठनका प्रतिनिधिहरुले उठान गरेका छन् । राजनीतिक पार्टी, दल, पालिका, वडा प्रमुखहरुबाटै महिला नेतृत्व प्रभावित हुने गरेको राजनीतिक भातृ महिला संघसंगठनका प्रतिनिधिहरुले उठान गरेका हुन् ।
महिला जनप्रतिनिधि र राजनीतिक भातृ महिला संघसंगठनका प्रतिनिधिहरुको मंगलवार इनरुवामा भएको अन्तकृयामा राजनीतिक र जनप्रतिनिधिका लागि महिला सहभागीताका समस्या कारण र प्रभावको बारेमा छलफल गर्दै उमेदवार टिकट वितरणमा विभेद, हार्ने ठाउँमा उमेदवारी, झुक्याउने प्रवृति, खर्च गर्न सक्नेलाई उमेदवारी, परम्परागत लैंगिक भूमिका, गठबन्धन, महिलाका अनुभव, समावेशी साथै अन्तर विविधताको उम्मेदवारीको सुनिश्चताले महिलाहरुको राजनीतिक नेतृत्वको पहुँचबाट बञ्चित हुँदै गएको छलफलमा आएको छ ।


राजनीतिक नेतृत्व गर्न महिलाहरुको लागि दुर्भग्य रहेको नेपाल महिला संघ सुनसरी सचिव विमला भुजेलले बताइन् । छनौट प्रकृयामा गुटबन्दी, गठबन्धन जस्तो गलत प्रकृयाले महिलाहरुको नेतृत्व हुन नसकेको सचिव भुजेलको धारणा छ ।
पार्टीमा महिला मैत्रि निर्णय हुन नसकेको धरान माओवादी केन्द्रकी सचिवालय सदस्य ज्योती लिम्बुले बताइन् । महिलाले पनि प्रमुख पदमा प्रभावकारी कार्य गर्न सक्ने धेरै उदाहरण भए पनि महिला माथी विभेद र हेप्ने प्रवृतिका कारण महिला नेतृत्व आउन नसकेको सचिवालय सदस्य लिम्बुले धारणा ब्यक्त गरिन् ।
महिला जनप्रतीनिधिहरुलाई पनि नेतृत्वबाट बञ्चित गराउने गरेको गुनासो रहेको छ । पालिका प्रमुख, मेयर, वडा प्रमुखहरुले बैठक बारे जानकारी नगराउने, एकल निर्णय गर्ने,बैठकको निर्णयमा हस्ताक्षरण गर्न घर घरमा जाने गरेको गढी गाउपालिकाकी वडा सदस्य नानी माया धिमालले बताइन् । महिला हो, के गर्न सक्छन् भनेर पनि विभेद गर्ने गरेको महिला नेतृत्वमा समस्या रहेको वडा सदस्य धिमालले जानकारी दिइन् ।
वडा सदस्यको जिम्मेवारले समाजमा झैझगडा मिलाउन जादा चित नबुझेको पक्षले घरमा, श्रीमानलाई कुरा लगाउन सम्म आउने गरेको जनप्रतिनिधि फुलकुमारी साहले अनुभव बताएकी छन् । यसले हामी महिला वडा सदस्यहरु पिडित छौँ भन्दै साहले यस बिरुद्ध र महिला नेतृत्व बढाउन महिला संघसंगठन एकबद्ध भएर लाग्नु पर्ने धारणा ब्यक्त गरिन् ।
महिला जनप्रतिनिधिहरुको योजना स्विकार नगर्ने, निर्णयमात्र लाद्न खोज्ने, पार्टीको संरचनामा अवसर नदिने अन्तकृयाबाट समस्याहरु प्हिचान गरेको छ । अन्तकृयामा जनप्रतिनिधि ललिता चौधरी, जसपा बाट उपस्थित प्रतिनिधि राजकुमारी यादव, रास्वपाबाट हरीमाया अधिकारी, नेकपा एकिकृत समाजवादीबाट सरस्वती लुइटेल, अखिल महिला संघ बराहक्षेत्रबाट मिना राईले राजनीतिमा महिला नेतृत्व अग्रसर गर्न महिला संघसंगठनहरु जागरु हुनुपर्ने बताएका छन् ।


संविधान सभा र प्रतिनिधि सभा निर्वानमा महिला उमेदवारहरुको संख्यामा घटदै गएको छ । २०६४ साल देखि,२०७०,२०७४,२०७९ साल सम्म भएको निर्वाचनको तथ्याङ्कमा महिला उमेदवार र निर्वाचित जनप्रतिनिधिमा समेत घट्दै गएको दलित महिला केन्द्र नेपालले जनाएको छ । हाल निर्वाचन आयोगमा दर्ता भएका ११८ दलमध्ये केही साना पार्टीमा महिला नेतृत्व मात्रै देखिन्छ । राष्ट्रिय र ठुला पार्टीहरुमा महिला नेतृत्व देखिदैन् ।
दलित महिला केन्द्र नेपाल (सिडिडब्लुएन) संस्थाको शी लीड्स महिला नेतृत्व विकास कार्यक्रम अन्तर्गत महिलालाई राजनीतिक शसक्तिकरण गर्न सो अन्तकृयाको आयोजना गरेको हो । केन्द्रिय अध्यक्ष लक्ष्मी परियारको सभापतित्वमा आयोजित अन्तरकृया कार्यक्रममा संस्थाकी महा सचिव गौरा नेपाली, सुनसरी कार्यक्रम सयोजक रामसुन्दर मेहताले शी लीड्स महिला नेतृत्व विकास कार्यक्रमको बिषयमा जानकारी दिएका थिए ।

अगाडिकाे पाेस्ट

आँखा तथा कान उपचार केन्द्र झुम्कामा निःशुल्क जाँच शिविरबाट २०६ जनाले सेवालिए

अर्काे पाेस्ट

सुशासनका लागि रामधुनी नगरपालिकाको प्रयास

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft