मिति : २०८२ मंसिर २८ गते (सनिबार)
मौसम : 24.74°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

स्वास्थ्यमा पहुँच पुर्याउँदै रामधुनी नगरका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्र

by By: रामधुनी खबर
जेठ २३, २०८१
350


विनिसा चौधरी
रामधुनी,जेष्ठ २१ । निजी स्वास्थ्य संस्था खुल्ने क्रममा रहेको बेला समेत रामधुनी नगरक्षेत्रका स्वास्थ्य चौकी केन्द्रहरूले स्वास्थ्यमा पहुँच पु¥याउँदै आएको छ ।
हामीले नगरका ३ वटा स्वास्थ्य संस्थामा गरेको अध्ययन अनुसार आशातित सेवा प्रदान गरिरहेको पाइएको हो । औषत मध्यम र विपन्न वर्गको अस्पताल को रुपमा रहेका स्वास्थ्य संस्थाहरुले दिने सेवामा विरामीहरु समेत खुसी भएको बताउँछन् ।
प्रत्येक वडामा आधारभुत स्वास्थ्य केन्द्र बनाउने केन्द्रिय सरकारको योजना अनुरुप रामधुनीका ४ वटा वडामा स्वास्थ्य चौकी, २ वटा वडामा शहरी स्वास्थ्य चौकी, २ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र र एक वडामा कोभिड अस्पताल सन्चालनमा थिए । वडा नम्बर ५ मा सन्चालन गरिएको कोभिड अस्पताललाई अहिले आधारभुत स्वास्थ्य केन्द्रकै रुपमा ल्याएको छ ।
रामधुनी १ मा रहेको भासि स्वास्थ्य चौकीमा दैनिक ७० जना विरामीलाई सेवा प्रदान गर्दै आएको प्रमुख चकेन्द्र थापाले जानकारी दिए । स्वास्थ्य चौकीमा सामान्य रुघाखोकी देखिलिएर माइनर सर्जरी समेत गर्ने गरिएको थापाले बताए ।
स्वास्थ्य चौकीबाट गाउँघर क्लिनिक, खोप सेवा देखि लिएर गर्भवती जाँच तथा परिवार नियोजनको लागि परामर्श र सेवा समेत प्रदान गरिने गरेको छ । रामधुनी नगरका मुख्य ४ स्वास्थ्य चौकी मध्येको एक रहेको भासि स्वास्थ्य चौकीमा २ जना अनमी, १ जना हेल्थ असिस्टेन्ट, १ जना गर्भवती परामर्शदाता, २ जना गाउँघर क्लिनिकका लागि खटिने कर्मचारी र १ जना कार्यलय सहयोगी गरी ८ जना कर्मचारी छन् । पुरानो स्वास्थ्य चौकी भएपनि भासिमा ल्याव सेवा भने छैन ।
स्वास्थ्य चौकीमा नेपाल सरकारले तोके बमोजिम पाउनुपर्ने निशुल्क औषधिहरु उपलव्ध रहेको र सन्चालन समिति र नगर स्वास्थ्य शाखाले समेत सहयोग गर्दै आइरहेको स्वास्थ्य चौकी प्रमुख चकेन्द्र थापा बताउँछन् ।
यता कुनै समय कारोना कालमा कोभिड अस्पतालको रुपमा चिनिएको वडा नम्बर ५ को अस्पताल अहिले आधारभुत स्वास्थ्य केन्द्रको रुपमा चिनिन थालेको छ । नगरमै एक्ला मेडिकल अधिकृतको दरबन्दी सहित सन्चालन भएको सो आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख डा. सैयम कोइराला सामान्यतया गर्मी लागेपछि बिरामीको चाप बढ्ने गरेको बताउँछन् ।
२ जना हेल्थ असिस्टेन्ट, ३ जना अनमी एक जना कार्यलय सहयोगी सहित डाक्टर रहेको उक्त स्वास्थ्य केन्द्रले दैनिक औषत १५ देखि २० जना बिरामीलाई सेवा दिइरहेको छ । पछिल्लो समयमा नेपाल सरकारले तोकेका औषधीहरु सबै पाइने र सेवा सुविधा बढ्दै जाँदा नयाँ बिरामीहरु पनि थपिने थालेको डा. कोइराला बताउँछन् । त्यसो त कोभिड अस्पतालले निकट भविश्यमै फिजियो थेरापी र ल्यावको सेवा समेत सुरु गर्न लागेको छ । फिजियो थेरापी र ल्याव सेवा सुरु गर्न सके बिरामीको चाप बढ्ने अपेक्षा गरिएको कोइराला बताउँछन्
।
यस बर्षबाट सरकारले बच्चाहरुको लागि एन्टिबायोटिक समेत पठाउन थालेका कारण पनि बिरामीहरु बिस्तारै बढ्दै गएको स्वास्थ्य केन्द्रको भनाई छ । अघिल्लो बर्षसम्म बच्चाहरुका लागि प्रयोग हुने एन्टिबायोटिक औषधि निशुल्क वितरण गर्ने गरेको थिएन । पहिलो कोभिड अस्पताल मात्रै भनिएका कारण पनि त्यहाँ स्थानीयहरु आधारभुत उपचारको लागि जाने गरेका थिएनन् ।
फिजियोथेरापी का लागि सामानहरु खरिद गर्ने काम भइसकेको र अव असारभित्रै सेवा सुरु गर्ने योजना रहेको हस्पिटलले बताएको छ ।यता रामधुनी नगरपालिका वडा नम्बर ३ मा रहेको सिंगिया स्वास्थ्य चौकीले औषत दैनिक ३० जना बिरामीलाई बहिरंग सेवा प्रदान गर्ने गरेको बताउँछ । बहिरंग सेवा बाहेक पनि बिभिन्न सेवा लिन आउनेको हिसाव गर्दा दैनिक औषत २० जनालाई सेवा दिने सिंगिया स्वास्थ्य चौकीका प्रमुख सन्तोष चौधरी बताउँछन् ।
३ जना नर्सिङ सहित ७ जना स्वास्थ्य कर्मचारी रहेको सिंगिया स्वास्थ्य चौकी सुरक्षित गर्भपतनको लागि समेत गन्तव्य हो । चालु आर्थिक बर्षको असार ६ गतेसम्म यस स्वास्थ्य चौकीले ३२ जना महिलालाई सुरक्षित गर्भपतनको सेवा दिएको छ ।
गाउँघर क्लिनिक, पोषण कार्यक्रम, गर्भवती जाँच तथा खोप लगायतका कार्यक्रम स्वास्थ्य चौकीबाट नियमित हुने काम हुन । आफूहरुसँग सशुल्क रुपमा ल्याव समेत सन्चालनमा रहेको स्वास्थ्य चौकी प्रमुख चौधरी बताउँछन् ।
भिडियो एक्सरे समेत रहेको यस स्वास्थ्य चौकीले हरेक महिनाको १६ गतेदेखि नगरपालिकाका ९ वटै वडामा घुम्ती भिडियो एक्स रेको सेवा दिने गरेको छ । सामान्यतया गर्भवती जाँच गर्ने गरेका महिलाहरुका लागि पेटमा रहेको बच्चाका वृद्धि विकास देखि लिएर हरेक कुरा हेर्न सकिने भएकाले सबै स्वास्थ्य केन्द्रमा त्यो सेवा दिने गरिएको रामधुनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र पौडेल बताउँछन् ।
नगरमा रहेका स्वास्थ्य केन्द्रहरु उपचार भन्दा पनि रोकथाममा केन्द्रित हुनुपर्ने र त्यो काम भइरहेको पौडेलको भनाई छ । सरकारी स्वास्थ्य संस्थाहरुले विपन्न वर्गका लागि लक्षित गरेर स्वास्थ्यका कार्यक्रमहरु सन्चालन गर्ने गरेको पौडेल बताउँछन् । नेपाल सरकारले तोकेका ९८ प्रकारका निशुल्क औषधि मध्ये ४४ प्रकारका औषधि स्थानीय सरकार मातहतको स्वास्थ्य शाखाले व्यवस्था गर्ने गरेको छ भने बाँकि औषधिहरु संघ र प्रदेश सरकारबाट व्यवस्था हुने गरेका छन् ।
आफुहरुले स्वास्थ्य संस्थाहरुमा औषधिको मागलाई समयमा नै सम्बोधन गरिरहेको उनले बताए । समय समयमा गर्भवती जाँच गर्ने, महिलालाई हुने पाठेघरको क्यान्सर सम्बन्धि जाच गर्ने र हुन नदिन रोकथामको काम गर्ने , बच्चाहरुलाई नियमित खोप कार्यक्रमहरु सन्चालन गर्ने र खोपबाट बन्चित नगर्ने जस्ता रोकथामका काम मात्रै गर्न सके सरकारी स्वास्थ्य चौकीको माध्यमबाट फाइदा लिन सकिने सुझाव नगरपालिकालाई सरोकारवाला निकायहरुले दिएका छन् ।
बिरामी भइसकेपछि हुने लाखौँ रुपैयाँको खर्चलाई रोग लाग्नुभन्दा पहिलेनै पत्ता लगाएर उपचार गर्न सके जोगाउन सकिने उनिहरुको भनाई छ । हरेक स्थानीय सरकारले आफ्नो नीति कार्यक्रम र बजेट समेत ल्याउन लागेको अवस्थामा विद्यालय स्वास्थ्य कार्यक्रम, योगा सम्बन्धि शिक्षा तथा कार्यक्रम, गर्भवती तथा सुत्केरीलाई नियमित जाँच तथा नवजात शिशुलाई नियमित खोप कार्यक्रमका साथमा विपन्न वर्गलाई निशुल्क स्वास्थ्य सेवा दिन सके स्थानीय तहमा सरकार रहेको महशुस हुने सरोकारवालाहरुको सुझाव छ ।
(सौजन्य ः रामधुनी नगरपालिका कार्यालय झुम्का सुनसरीको सहयोग र रामधुनी खबर साप्ताहिक पत्रीकाको आयोजनामा तयार पारीएको लेखनबृती हो ।)

अगाडिकाे पाेस्ट

सुशासनका लागि रामधुनी नगरपालिकाको प्रयास

अर्काे पाेस्ट

झुम्का बजार प्रवद्र्धन गर्न झुम्का–भादगाउँ–डुमैरिया नहर सडक कालोपत्रे निर्माण

सम्बन्धित अरु

बिचार/अन्तरवार्ता/साहित्य

सूत्र सिकाउँदै

पुष १६, २०८१

रमेश कुमार माझीइटहरी । इटहरीको मुख्य चोकदेखि केही मिटर दक्षिण पश्चिम पुगेपछि सरस्वती सदन माध्यमिक विद्यालय पुगिन्छ । गैसारमा रहेको यो २००७ मा स्थापना भएको नगरकै जेठो स्कुल हो । चार वर्षअघिसम्म...

बिचार/अन्तरवार्ता/साहित्य

“लुगा सिउन जात होइन् शिप चाहिन्छ”

पुष १६, २०८१

सदेशराम चौधरीइटहरी। कुनै जमाना थियो, त्यस बेला गाउँघरमा लुगा सिलाउने कल छोए जातै जान्छ भनिन्थ्यो । जात गए घरमा पस्नु दिदैनन् भन्ने छुवाछुतको संस्कारमा हुर्केकी थिइन् भोजपरकी मनिषा राई ।...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0
  • काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft