मिति : २०८३ असार ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का बजार प्रवद्र्धन गर्न झुम्का–भादगाउँ–डुमैरिया नहर सडक कालोपत्रे निर्माण

by By: रामधुनी खबर
जेठ २३, २०८१
368

चन्द्रकला चौधरी
झुम्का,जेष्ठ २३ । रामधुनी नगरमा जोडिएको राजमार्गको दुवै तर्फ नगरको मुख्य बजार झुम्का बजार रहेको छ । बजार बिस्तारमा सुनसरी मोरङ्ग सिंचाई आयोजनाको नहर सडक खण्ड मुख्य सड्क हुन् । चतरा, चक्रघटी हुँदै नहर सडक खण्ड झुम्का सम्म र एकम्बा, उब्धी, लोहनी, चाँदवेला समेतको बजार किनमेल गर्न आउँने नहर सडक खण्ड नै हुन् । झुम्का बजार सम्म सहज गन्तब्य बनाउने नहर सडक खण्ड सिंचाई आयोजनाले ग्राभेल मर्मत गर्दै आए पनि ग्राभेल प्रभावकारी नहुँदा स्थानीय तह रामधुनी नगरपालिकाले झुम्का बजारलाई प्रवद्र्धन गर्न कालोपत्रे (पक्की) सडक निर्माण गर्न सुरु गरेको छ ।
रामधुनी वडा नं. १ को झुम्का–भादगाउँ–डुमैरिया नहर सडक साविक कृषि बाटो नै मानिन्छ । झुम्का पूर्व र पश्चिमका किसानहरु उत्पादन गरेका कृषि उत्पादन नहर बाटो सहज भएर झुम्का बजारमा बिक्री गर्न तथा खरिद गर्न आउने गर्छन् । झुम्का बजारलाई विस्तार गर्न महत्वपूर्ण भूमिकामा रहेको नहर सडक बाटो कालोपत्रे पक्की सडक निर्माणले किनमेल गर्ने, व्यापारी, किसानहरु थप सुबिधा प्राप्त गर्दै बजार प्रवद्र्धन गर्ने रामधुनी नगरपालिकाको उधेश्य रहेको छ ।
नहरको सडक क्रमागत बजेटबाट डुमैरिया गाउँ सम्म जोडने लक्ष्य रहेको छ । गत आर्थिक बर्षमा निर्माण गरेको सहित झुम्काको राजमार्ग देखि झुम्का–भादगाउँ–डुमैरिया नहर सडक ८ सय मिटर कालोपत्रे निर्माण सम्पन्न भएको छ ।
नहर सडक कालोपत्रे निर्माण हुँदै गर्दा आइतवार नगर प्रमुख शंकरलाल चौधरीले अनुगमनमा गर्नुभएको छ । अनुगमनको क्रम्मा उहाँले नगरको गौरबको योजनाले निर्माण भैरहेको बताउनु भयो । रु ५० लाख बजेटले निर्माण भैरहेको कालोपत्रे नगर भित्रका नगरवासी र झुम्का बजार आउन नगर बाहिरकालाई सुविधा हुने बिश्वास छ । हामी जनप्रतिनिधि चुनिएर आइसकेपछि विकासको प्रत्याभुति लिदै प्रत्येक वडामा पूर्वाधार विकासका लागि नगरको गौरवको योजनाले रु ५०–५० लाखको पक्की सडक कालोपत्रे निर्माण भैरहेको नगरप्रमुख चौधरीले बताए ।
नहर सडक कालोपत्रे पक्की सडक निर्माण स्थल वडा अध्यक्ष महेश चौधरीले अनुगमन गर्नु भएको छ । स्थानीय उपभोक्ताहरुले कालोपत्रे निर्माण हुँदा सहज र विकासको गती अनुभव भएको बताएका छन् । .कालोपत्रे पक्की सडक निर्माणले स्थानीय उत्साहित छन् । झुम्काको मुख्य नहरको बाटो रोड भएको छ, हामि सबैलाई व्यापार व्यसाय गर्न सहज हुने झुम्काका व्यापारी तथा स्थानीय उपभोक्ता सबुरलाल चौधरीले बताए ।
स्थानीय उपभोक्ता अनिश चौधरीले नहर सडक कालोपत्रे पहिले देखिनै आवश्यक रहेको थियो र स्थानीयहरुको माग पनि रहेको थियो, अहिले निर्माण भएको छ, स्थानीय लगायत झुम्का बजारका लागि उपलब्धी भएको धारणा ब्यक्त गरे । झुम्काका अग्रज व्यापारी समेत रहेका झखन दासलले झुम्का बजारको मुलबाटो नहर सडक रोड निर्माणले सुगम महसुस भएको भन्दै समग्र उपलब्धी भएको बताए ।यसैगरी स्थानीय उपभोक्ताहरु कन्तलाल चौधरी, सत्यनारायण चौधरी, प्रशुराम चौधरीले कालोपत्रे सडक निर्माण सरहानिय, पूर्वाधार विकासमा उपलब्धि, दिर्घकालिन सोच रहेको बताएका छन् ।
झुम्का–भादगाउँ–डुमैरिया नहर सडक खण्ड कालोपत्रे पक्की सडक श्रीजल निर्माण सेवाले ठेक्कामा निर्माण कार्य गरिरहेको छ । आ.ब. २०८०–८१को बजेटले नहर गेट देखि सौनधामी ग्रामथान सम्म ४६५ मिटर लम्बाई कालोपत्रे पक्की सडक निर्माण भएको छ ।
नगरको गौरब योजनाले चालु आर्थिक बर्षमा झुम्का–भादगाउँ–डुमैरीया नहर सडक पक्की सडक कालोपत्रे निर्माण संगै विभिन्न वडाको बाटो कालोपत्रे निर्माण अगाडी बढाएको छ । नगरको कुम्याही–कालीझोडा सडक, मोचीटोल–कर्मनियाटोल जानेबाटो, बुधनगर–कुम्याही जोडनेबाटो, सिंगिाया नहर–शेराखोला जाने सडक, िपप्राहा–पानी र्टकी जाने सडक त्यसतै पिडारी–रामपुरा हुँदै रामधुनी मुल सडक जोड्नेबाटो, बैठार चोक–रामधुनी मन्दिर जाने सडक, शिव चोक पर्सागाछी सडक, मैनी–ढेरीगाउँ चतरा नहर जाने सडक, बक्लौरी–पंचायन जाने सडक, कजरापुल–वरपिल चोक सडक, पौडेल चोक–सोह्रनम्बर जाने सडक डुम्राहा बजार सम्म जाने सडक कालोपत्रे निर्माण भै रहेको नगरपालिकाले जनाएको छ ।

अगाडिकाे पाेस्ट

स्वास्थ्यमा पहुँच पुर्याउँदै रामधुनी नगरका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्र

अर्काे पाेस्ट

धार्मिक र साँस्कृतिक महत्व बोकेका धुम्रानाच पुस्ता हस्तान्तरणका लागि १५ दिने प्रशिक्षण कार्यक्रम

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft