रा.ख. सम्वाददाता
झुम्का । महामारीले मानव स्वस्थ्य जोखिम पुर्ण समस्याबाट गुर्जिरहेको कठिन अवस्थामा सेवा प्रदान गर्ने उधेश्यले चतरामा सुबिधा सम्पन्न बराह हस्पिटल उद्धघाटनगरी सञ्चालनमा ल्याएको छ । धार्मिक आस्थाले परिचित चतराधाम भएपनि ग्रामिण क्षेत्रनै मानिएकोले सो क्षेत्रमा सहज र सुलभ स्वस्थ्य सेवा प्रवाहकालागी बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित चतरा बजारमै हस्पिटल संचालनमा ल्याएको हो ।
बराह हस्पिटल संचालनले स्वस्थ्य सेवा लिनेहरुकोलागी धरान, बिराटनगर धाउनुपर्ने बाध्यता हटेको छ । हस्पिटलमा ओपिडी सेवा सहित शैल्य चिकित्सा सेवा, स्त्री रोग, बाल रोग तथा नवजात शिशु रोग सेवाहरु उपलब्ध छ । अत्यआवश्यक २४ सै घण्टा मेडिकल डाक्टरद्धारा सेवा दिने जनाएको छ । बहिरङ्ग सेवा, फार्मेसी, इसिजी, एकस–रे सेवा, आखाँ, कान, नाक, घाँटी, हड्डी, नशा, छाला सम्बन्धि रोगहरुको बरिष्ठ डाक्टरद्धारा परिक्षण र उपचार गराइने अस्पताल संचालकले जानकारी दिए । प्याथोलोजी ल्याब, पिटिए, अल्ट्रासाउण्ड सेवा दिने संचालक सदस्य बबिता घिमिरेले जानकारी दिइन् ।
बराह हस्पिटल बराहक्षेत्र वडा नं. १ वडाअध्यक्ष शुरेस श्रेष्ठले गरेका हनु । श्रेष्ठले हस्पिटल उद्धघाटनको अवसरमा सफलताको शुभकामना दिए । शुभकामना दिदै श्रेष्ठले बराहक्षेत्र नगर स्वस्थ्य पुर्वाधारमा एक कदम अगाडी बढेकोले वडा तथा नगरबाट सहयोग रहने प्रतिबद्धता गरेका छन् । यसका साथै हस्पिटलले एम्बुलेन्स सेवाको पनि योजना लिएर सेवालाई थप प्रभावकारी बनाउनु पर्ने श्रृष्ठले सुझाव समेत ब्यक्त गरेका हुन् । यसैगरी मुनाफालाई मात्र नहेरी सेवामा प्राथमिक्ता दिनु पर्ने वडा नं. २ का वडाअध्यक्ष हरिकृष्ण भट्टराईले आफनो धारणा ब्यक्त गरे । हस्पिटल संचलनले सेवाग्राहीहरु बढि खर्च गरेर चतरा बाहिर अन्य ठाउमा जानु परेकोले अबका दिनहरुमा सहज रुपले कम खर्चमै सेवा लिन सकिने बक्ताहरुले बताएका छन् । बक्ता गणेस सुब्बा(बिरही), नेकपा वडा अध्यक्ष रंजित लोहनीले शुभकामना ब्यक्त गरेका हुन् भने उद्धघाटन कार्यक्रम कृष्ण कटेलले संचालन गरेका थिए ।