मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

युवा सरकार स्थापना गर्दै बराहक्षेत्रमा संसद बैठक संचालन

by By: रामधुनी खबर
बैशाख ४, २०७८
835

सुनिल चौधरी
झुम्का, बैशाख ४ । प्रधानमन्त्री लगायत मन्त्रिमण्डलको पदस्थापन पछि सभामुख सुनिल राईले रोस्ट्रमबाट ‘मिति २०७८ बैशाख ३ गतेका दिन नमुना युवा संसदको प्रथम बैठक शुभारम्भ भएको घोषणा गर्दछु’ भन्दै संसद बैठक सुरु गर्छन् । संसद बैठक सुरु घोषणा पछि सम्माननीय र माननीय सदस्य ज्युहरुको ध्यानाकर्षन हुन्छन् । सभामुख राईले बैठकमा छलफल हुने बिषय बस्तुको बारेमा जानकारी दिन्छन् ।
बिषय रहेको हुन्छ माननीय अर्थमन्त्रीबाट आगामी आर्थिक बर्षकालागी बजेट सार्वजानिक गर्ने, गृहमन्त्रिबाट सुरक्षा नीति पेश गर्ने, शिक्षा युवा तथा खेलकुद मन्त्रीबाट शिक्षा युवा तथा खेलकुद नीति पेश गर्ने, यसैगरी उधोग तथा रोजगार मन्त्रि, स्वास्थ्य तथा सामाजिक मन्त्रि, महिला तथा बालबालिका मन्त्रिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने । मन्त्रि ज्युहरुले नीति कार्यक्रमहरुको प्रस्तुत पछि सभामुख राईले ‘मन्त्री ज्युहरुबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रम उपर प्रश्नोत्तर गर्न माननीय सदस्यहरुलाई समय उपलब्ध गराउ छु’ भनेर ३ मिनेटको समय दिए पछि छलफल हुन्छन् । सत्तापक्षका मन्त्रीज्युहरुले राखेको नीतिहरुमा बिपक्षिदलका नेता तथा सचेतकले कडा रुपमा आलोच्नात्क सुझावहरु राख्छन् । तत्पश्चात प्रधानमन्त्रीको सम्बोधन पछि बैठक सम्पन्न हुन्छ । सहभागीहरुले मेहनतका साथ कृयाकलाप निर्वाह गर्छन् ।
संसद बैठकको नमुना अभ्यास गर्दै कार्यक्रम भएको छ । संसदमा हुने गतिबिधिहरुको जानकारीकालागी बराहक्षेत्र नगरका युवाहरुमा नगर नमुना युवा संसद स्थापना र अभ्यासले राजनितिक चेतना, बजेट, नीति तथा कार्यक्रमहरुको बारेमा जानकारी भएको हो । कार्यक्रमले सरकारले संचलानकालागी ल्याउने कार्यक्रमहरुको बारेमा जानकारी लिएका छन् । नमुना युवा सरकार र संसद बैठक अभ्यासबाट युवाहरुमा राष्ट्रप्रति सदभाव, जागरुकहुदै नेतृत्व बिकासमा सहयोग पुगेको छ । यसबाट उनीहरुमा सामाजिक कार्यमा सहभागीहुने बृद्धि बिकास भएको छ । यति मात्र हैन युवाहरु गतल तलमा फस्न सक्ने अवस्थालाई न्युनिकरण गर्ने सहयोग पुगेको छ ।
संसद बैठक अभ्यासले सामाजिक, आर्थिक तथा निर्माण बिकासमा युवाहरुको सहभागी बढ्ने र प्रभावकारीता रहने कार्यक्रम समापनमा उपस्थित प्रमुख अतिथी प्रदेश सभा सदस्य सर्वध्वज साँवाले बताउनु भयो । कार्यक्रममा उपस्थित बराहक्षेत्र नगरप्रमुख निलम खनालले युवाहरुमा संसद बैठकका गतिबिधिहरु जानकारभई युवाहरु ब्यवहारिकमा सशक्त भएर अगाडि बढ्न उत्प्रेरित भएको धारणा ब्यक्त गर्नु भयो ।
प्लान इन्टरनेशनल नेपालको सहयोग युथ क्रिएशन सुनसरीको आयोजनामा ४ दिवसिय अभ्यासका कार्यक्रम संचालन भएको हो । अभ्यास कार्यक्रममा ४० जना युवाहरुको सहभागीता रहेको थियो । युथ क्रिएशन सुनसरीका अध्यक्ष अमर राईको सभापतित्वमा संसद बैठक अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।

अगाडिकाे पाेस्ट

इटहरी स्थित कचना ग्रामथानमा थारु समुदायलाई पुजाआजा गर्नबाट बञ्चित गरायो

अर्काे पाेस्ट

जनजागृति युवा क्लव नयाँटोल भादगाउँको १३ औ शिरुवा सांस्कृतिक कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft