मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जनजागृति युवा क्लव नयाँटोल भादगाउँको १३ औ शिरुवा सांस्कृतिक कार्यक्रम सम्पन्न

by By: रामधुनी खबर
बैशाख १३, २०७८
798

रा.ख.सम्वाददाता
झुम्का, बैशाख १३ । पूर्वी तराईका थारुहरुले धार्मिक तथा सांस्कृतिक महत्व तथा संरक्षण गर्दै नयाँ पुस्तामा जातिय पहिचानको सन्देश पु¥याउनका लागि श्री जनजागृति युवा क्लव नयाँटोल भादगाउँको १३ औ शिरुवा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शिरुवा पर्व थारु समुदायको प्रत्यक्ष जिवन, मरण, जिविकोपार्जन, पहिचान संगको सम्बन्ध रहेको र यस पहिचानलाई युवाहरु निरन्तरता दिनु पर्ने शन्देस दिदै साँस्कृतिक कार्यक्रमको आयोजनागरी सम्पन्न गरेको हो ।
प्रत्येक बर्ष बैशाख ९ गते झुम्का मेलाको दिन स्थानिय बाल कलाकारको कला उजागर लगायत सचेतना मुलक नाटक प्रस्तुती सहित १३ बर्ष देखि कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा थारु भाषाका गीत संगितमा नृत्य सहित सामाजमा रहेको बिकृतिलाई न्युनिकरण गर्न नाटक प्रस्तुत गरेको छ । नाटकमा युवाहरुको कृयाशिल अभिनय रहेको थियो । झुम्का मेलामा बिशेष ग्रामथानमा सलहेस भागवानलाई पुजागरी मान्दै आएको छ ।
कार्यक्रममा बक्ताहरुले जुर–शीत, शिरुवा, ग्रामथान(डिहवार),को महत्व उठानगरी नयाँ पुस्तामा हस्तान्तरण गर्न जोड दिएका थिए । तराईका थारु समुदायले प्रत्येक वर्षको बैशाख १ गतेलाई शिर मानि वर्ष भरी गर्मीयाममा शिरलाई शितल राख्न तथा सुख, शान्ति, प्रगति र दिर्घायुको कामना गर्दै आफू भन्दा ठूलो मान्छेको पाउ र आफू भन्दा सानाको टाउको शिरमा सितल पानी (जल) छर्केर आशिर्वाद लिने दिने धार्मिक तथा सांस्कृतिक मान्यता रहि आएको बक्ताहरुले उठान गरेको छ ।
‘शिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व । यो पर्व (पावैन) प्रत्येक थारु समुदायको महत्वपूर्ण चाड हो । नयाँ वर्षको अवसरमा वर्षभरि सुखद, सुन्दर सौहार्दपूर्ण तथा शीतल र शान्त वातावरणमा परिवार र समाज अगाडि बढोस् । आफ्नो–आफ्नो कुल देवता तथा देवी, ग्राम देवता तथा अन्य देवीस्थल लगायत आफूभन्दा सानाको शीरमा उसको उज्वल भविष्यको कामना गर्न जुराएर पानी दिने परम्परा छ, यसैलाई जुरशीतल भनिन्छ । त्यो दिन प्राय धेरैले आफ्नो विशेष दिन सम्झन योग्य, अविशमरणीय बनाउन चाहेका हुन्छन् । त्यही दिनलाई एउटा इतिहास मानेको हुन्छ भन्दै बक्ताहरुले जोड दिएका हुन् ।
क्लवका अध्यक्ष कन्तलाल चौधरीको सभापत्विमा आयोजित कार्यक्रममा टोलका स्थानिय देविलाल चौधरी, धुरण चौधरी, धिरज चौधरी, धनबिर चौधरी, बिशवास चौधरी, थारु महिला उत्थान समाज सुनसरीकी अध्यक्ष सिता थरुनी लगायत अग्रजहरुले धारणा बयक्त गरेका थिए । कार्यक्रममा सहयोग रामधुनी न.पा. १ नं. वडा कार्यालयको बिशेष सहयोग रहेको आयोजक संयोजक बिश्वास चौधरीले बताए । यसैगरी घोंग्ही बिगिया थारु भिलेज, दुर्गेश चौधरी (चाँदवेला), आकार डि फोटो स्टुडियो झुम्का, पबित्रा इट्टा उधोग लगायतले आर्थिक रुपमा सहयोग गरेको आयोजकले जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

युवा सरकार स्थापना गर्दै बराहक्षेत्रमा संसद बैठक संचालन

अर्काे पाेस्ट

बिपत जोखिम न्युनीकरणको पुर्व तयारी क्षमता अभिबृद्धि तालिम

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft