मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जनजागृति युवा क्लव नयाँटोल भादगाउँको १३ औ शिरुवा सांस्कृतिक कार्यक्रम सम्पन्न

by By: रामधुनी खबर
बैशाख १३, २०७८
824

रा.ख.सम्वाददाता
झुम्का, बैशाख १३ । पूर्वी तराईका थारुहरुले धार्मिक तथा सांस्कृतिक महत्व तथा संरक्षण गर्दै नयाँ पुस्तामा जातिय पहिचानको सन्देश पु¥याउनका लागि श्री जनजागृति युवा क्लव नयाँटोल भादगाउँको १३ औ शिरुवा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शिरुवा पर्व थारु समुदायको प्रत्यक्ष जिवन, मरण, जिविकोपार्जन, पहिचान संगको सम्बन्ध रहेको र यस पहिचानलाई युवाहरु निरन्तरता दिनु पर्ने शन्देस दिदै साँस्कृतिक कार्यक्रमको आयोजनागरी सम्पन्न गरेको हो ।
प्रत्येक बर्ष बैशाख ९ गते झुम्का मेलाको दिन स्थानिय बाल कलाकारको कला उजागर लगायत सचेतना मुलक नाटक प्रस्तुती सहित १३ बर्ष देखि कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा थारु भाषाका गीत संगितमा नृत्य सहित सामाजमा रहेको बिकृतिलाई न्युनिकरण गर्न नाटक प्रस्तुत गरेको छ । नाटकमा युवाहरुको कृयाशिल अभिनय रहेको थियो । झुम्का मेलामा बिशेष ग्रामथानमा सलहेस भागवानलाई पुजागरी मान्दै आएको छ ।
कार्यक्रममा बक्ताहरुले जुर–शीत, शिरुवा, ग्रामथान(डिहवार),को महत्व उठानगरी नयाँ पुस्तामा हस्तान्तरण गर्न जोड दिएका थिए । तराईका थारु समुदायले प्रत्येक वर्षको बैशाख १ गतेलाई शिर मानि वर्ष भरी गर्मीयाममा शिरलाई शितल राख्न तथा सुख, शान्ति, प्रगति र दिर्घायुको कामना गर्दै आफू भन्दा ठूलो मान्छेको पाउ र आफू भन्दा सानाको टाउको शिरमा सितल पानी (जल) छर्केर आशिर्वाद लिने दिने धार्मिक तथा सांस्कृतिक मान्यता रहि आएको बक्ताहरुले उठान गरेको छ ।
‘शिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व । यो पर्व (पावैन) प्रत्येक थारु समुदायको महत्वपूर्ण चाड हो । नयाँ वर्षको अवसरमा वर्षभरि सुखद, सुन्दर सौहार्दपूर्ण तथा शीतल र शान्त वातावरणमा परिवार र समाज अगाडि बढोस् । आफ्नो–आफ्नो कुल देवता तथा देवी, ग्राम देवता तथा अन्य देवीस्थल लगायत आफूभन्दा सानाको शीरमा उसको उज्वल भविष्यको कामना गर्न जुराएर पानी दिने परम्परा छ, यसैलाई जुरशीतल भनिन्छ । त्यो दिन प्राय धेरैले आफ्नो विशेष दिन सम्झन योग्य, अविशमरणीय बनाउन चाहेका हुन्छन् । त्यही दिनलाई एउटा इतिहास मानेको हुन्छ भन्दै बक्ताहरुले जोड दिएका हुन् ।
क्लवका अध्यक्ष कन्तलाल चौधरीको सभापत्विमा आयोजित कार्यक्रममा टोलका स्थानिय देविलाल चौधरी, धुरण चौधरी, धिरज चौधरी, धनबिर चौधरी, बिशवास चौधरी, थारु महिला उत्थान समाज सुनसरीकी अध्यक्ष सिता थरुनी लगायत अग्रजहरुले धारणा बयक्त गरेका थिए । कार्यक्रममा सहयोग रामधुनी न.पा. १ नं. वडा कार्यालयको बिशेष सहयोग रहेको आयोजक संयोजक बिश्वास चौधरीले बताए । यसैगरी घोंग्ही बिगिया थारु भिलेज, दुर्गेश चौधरी (चाँदवेला), आकार डि फोटो स्टुडियो झुम्का, पबित्रा इट्टा उधोग लगायतले आर्थिक रुपमा सहयोग गरेको आयोजकले जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

इटहरी स्थित कचना ग्रामथानमा थारु समुदायलाई पुजाआजा गर्नबाट बञ्चित गरायो

अर्काे पाेस्ट

बिपत जोखिम न्युनीकरणको पुर्व तयारी क्षमता अभिबृद्धि तालिम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft