मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इटहरी स्थित कचना ग्रामथानमा थारु समुदायलाई पुजाआजा गर्नबाट बञ्चित गरायो

by By: रामधुनी खबर
बैशाख ४, २०७८
1188

सुनिल चौधरी
झुम्का, बैशाख ४ । इटहरी स्थित कचना ग्रामथानको अवशेष अस्तित्वविहिन पार्दै बर्षमा एकपटक बैशाख ३ गते पनि थारु समुदायलाई पुजाअर्चना गर्नबाट बञ्चित गराएको छ । प्रत्येक बर्ष थारु संस्कार अनुसार बिधिवत पुजाआजा गर्दै आएकोमा यस बर्ष समिति, वडा कार्यालय र प्रहरी प्रशासनले एकतर्फी रुपमा निर्णयगरी बिशेष दिनमा ग्रामथानमा तालाबन्दि गर्दै त्याहाका स्थानिय समुदायलाई पुजाआजा गर्न बञ्चित गराएको हो ।
पुजाआजाकालागी सुक्रवार तयार रहेका चौधरीटोलका थारु समुदाय यसबर्ष पुजागर्नबाट बञ्चितहुदा परम्परा र संस्कारनै हराउने चिन्ता थपेको छ । बिहान देखी पुजा सुरु गर्नु पर्नेमा ग्रामथानमा ताला लगाई थारु समुदायलाई धार्मिक अनुष्ठान गर्ने संबैधानिक अधिकार हनन् भएको छ भने धर्मनिरपेक्ष्य मान्यतालाई कुन्ठित गर्ने प्रयास गरेको छ । बिहान देखी हामि पुजा गर्न तयार थियौँ तर कोरोनाको महामारी देखाएर ग्रामथानमा ताला बन्दी गर्दा परम्परागत संस्कारलाई मास्न खोजेको स्थानीय चौधरी टोलकी सुशिला लेखीले बताईन । ग्रामथानमा पुस्तौ देखीको मान्यतालाई नामेट पार्न खोजेको आरोप रहेको छ । तथापी पनि ताला खोल्न धेरै प्रयास गर्दा पनि ५ः०० बजे बेलुका मात्रै ढोका खोल्न दिएर भाकल चढाएको लेखीले बताइन् । लेखीले आफु ग्रामथानको ताला खोल्न कार्यवाहक अध्यक्षलाई अनुरोध गर्दा समिति र वडाकार्यालयको निर्णय रहेको भन्दै साँचो दिन नमानेको लेखीले जानकारी दिईन् । यो सरासर संस्कारमाथी हमला भएको लेखी धारणा रहेको छ ।
कचना मन्दिर समितिमा गैरथारुहरुको कब्जा रहेकोले थारु समुदायको मान्यतालाई बुझन नसकेको समितिको सदस्यमा रहेकी सुशिला चौधरीले जानकारी दिईन् । बैशाख ३ गते मन्दिर बन्दगर्ने समितिको निर्णयमा म बिमति जनाए तथापी पनि कार्यवाहक अध्यक्षले एकल निर्णय गर्दै अगाडी बढ्दा आफु हस्ताक्षरनगरी बिरोध जनाएको चौधरीको भनाईरहेको छ । समयमा बिधिवत पुजागर्न नदिदा थारुले मान्दै आएको संस्कारमाथि प्रत्यक्ष आक्रमण भएको उन्को धारणा रहेको छ । समितिको अध्यक्षमा गणेश कार्की रहेको छ । कार्की बिदेश रहदा भने कार्यवाहक अध्यक्ष भट्टराई रहेको छ ।
इटहरी वडा नं. ४ मा रहेको धार्मिक मान्यता अनुसार कचना डिहवार(ग्रामथान) शक्तिशाली रहेको मानिन्छ । थारु समुदायले पुरानै कालखण्ड देखी स्थापना गरेको सो ग्रामथान हालमा आएर संकटमा परेको देखिन्छ । कचना ग्रामथानलाई गैरथारुहरु समितिमा कब्जा गरेर मन्दिरमा परिवर्तनगरी अवशेषनै नामेट पारेको छ । प्रकृतिपुजक थारु समुदाय ग्रामथानमा मुर्ति नराखी मान्दै आएकोमा गैर थारुहरुले त्याहा शिवलिङ्ग, गणेश मुर्ति राख्न लगाएको छ । ग्रामथानको नाम परिवर्तन गरी मन्दिर, कचना महादेव नामाकरण गर्न दुसप्रयास भएको छ । कचना ग्रामथाकै सांस्कृतिक भुमि क्षेत्रफल अनुसार बिगहामा रहेको थियो हालमा आएर अतिक्रमण र मिचाईको सिकारहुदै क्षेत्रफल धुरमा बाँकी रहेको छ । त्याहाका सांस्कृतिक भुमि बिकासका नाममा खानेपानि, सैनिक ब्यारेक,वडाकार्यालय बसाएर थारु समुदायको आस्थावान ग्रामथान संकट अवस्थामा पुगेको छ ।

अगाडिकाे पाेस्ट

परम्परागत महत्व दर्शाउदै थारु महिला सभा सुनसरीको सामुहिक जुर–शीतल तथा शिरुवा कार्यक्रम

अर्काे पाेस्ट

जनजागृति युवा क्लव नयाँटोल भादगाउँको १३ औ शिरुवा सांस्कृतिक कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft