मिति : २०८२ मंसिर २८ गते (सनिबार)
मौसम : 24.74°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

‘शि लिड्स’ ले नेतृत्वमा प्रोत्साहन गर्दा पुनः वडासदस्यमा उम्मेदवारी भएकी छुः पार्वती सरदार

by By: रामधुनी खबर
बैशाख २२, २०७९
607

सुनिल चौधरी
झुम्का, बैशाख २२ । रामधुनी नगरपालिका वडा नं. १ की पार्वती सरदार सामान्य लेखपढ गर्नु हुन्छ । सामान्य लेखपढ योग्यता भएपनि पछिल्लो अवस्थामा सामाजिक कार्यमा भने उच्च योग्यता जस्तै समुदायमा घुलमिल भएर कार्य गर्ने दिनचर्या नै बनेको छ । यो योग्यता र क्षमता २०७४ सालको स्थनीय तहको पहिलो निर्वाचनमा जनप्रतिनिधि भएर आउदा सम्म उहाँमा थिएनन् ।
‘पहिलो स्थानीय तहको निर्वाचनमा निर्वाचितहुदा स्थानीयतहको स्थानीय कानून अनुसार सामाजिक कार्य गर्नु पर्छ भन्ने जानकारी म, मा सुन्य थियो, निर्वाचित भएपछि जनप्रतिनिधि भएर करिब दुई बर्ष अन्यौलतामै काम गर्दै गर्दाको अवस्थामा दलित महिला केन्द्रले ‘शि लिड्स’ परियोजना अन्तर्गको तालिममा सहभागीले नीतिगत कार्य गर्न अवसरले प्रोत्साहन पाएको भन्दै, अहिले वाडावासीको जनचासोले पुनः वडासदस्यमा उमेदवारीको जिम्मेवारी पाएकी छु,’ भनेर वडा सदस्य उम्मेदवार भएकी पार्वती सरदारले बताउनु भयो । सरदार यस पटको निर्वाचनमा दलित वडा सदस्यमा उमेदवारी पाए संगै घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँ वडामा निर्वाचित हुने प्रमुख दावेदारको रुपमा समेत उभिनु भएको छ ।
यहि बैशाख ३० गते हुने निर्वाचनबाट निर्वाचित भएपछि महिला नेतृत्वको वकालत गर्ने र महिला उद्यम विकासगरी आर्थिक सवलता बनाउने प्रमुख प्रतिबद्धताको कार्यलाई जोड दिने बताउनु भएको छ । सरदार नेपाली कांग्रेसको तर्फबाट वडा दलित महिला सदस्यमा उमेदवारी रहनु भएको छ ।
कमली मोची ः दलित वडा सदस्यकी उमेदवार रामधुनी न.पा. २
मञ्चमा बक्ता बन्ने सम्म डाराउथे, विकासको कार्यलाई मिलाएर बोल्न नसक्दा अर्थहिन जस्तै हुन्थ्यो, एक पटक जनप्रतिनिधि मात्र हो भनेर सोचेकी थिए तर ‘शि लिड्स’ तालिमले गर्दा आफुलाई नेतृत्वको आभास भयो र वाडामा पनि विकासमा नेतृत्व गर्दै जादा जनचासोले दलित वडा सदस्यमा यसपटक दोहो¥याएको धारणा बताउनु हुन्छ रामधुनी नगरपालिका वडा नं. २ की दलित वडा महिला सदस्य उमेदवार कमली मोची ।
दलित महिला केन्द्रले ‘शि लिड्स’ तालिमबाट क्षमता अभिबृद्धिले वडाको पछिल्लो बजेटमा उपर्युक्त कार्यक्रम निर्धारण गर्न सक्यौ र यसले हाम्रो पार्टी र मलाई अत्याधिक जनमत आउने माहोल समेत खडा गर्न सकेको उहाँले बताउनु भयो ।
आसन्न निर्वाचनको प्रचार प्रसारमा व्यस्तरहनु भएकी मोची यसपटकको निर्वाचनबाट जनप्रतिनिधि भएर आउदा दलित, पिछडा वर्ग, अपाङ्गता भएका ब्यक्तिहरुलाई समाजमा सम्मान जनक जिवनयापन गर्न प्रमुख योजना रहेको बताउनु भयो ।
मनो देवी सरदार ः दलित वडा सदस्यकी उमेदवार रामधुनी न.पा. ५
मनो देवि सरदार रामधुनी नगरपालिका वडा नं. ५ कांग्रेसको तर्फबाट दलित वडा महिला सदस्यमा पुनः उमेदवार बन्नु भएको छ । २०७४ को निर्वाचनबाट जनप्रतिनिधि भएर आउदा ५ बर्षमा सिकाई उपलब्धि मात्र भयो, मेरो योजना र धारणाले काम गर्न अझै बाँकी नै रहेकोहुदा यसपटक उमेदवार दोहो¥याएको बताउहुन्छ । नेतृत्वमा सक्षमहुदै जादा पार्टीले पुनः मलाई टिकट दिएको हो । सक्षम हुनुमा ‘शि लिड्स’ तालिमलाई प्रमुख भुमिका मान्नु हुन्छ मनो देवि सरदार । विकास योजनाको छनौट, समुदाय स्तरको योजना निर्माण, उद्यघोषण गर्ने कला, बक्ता बन्ने कला लगायतका स्थानीयतहको प्रक्रृयाहरु बारेमा तालिमबाट प्राप्तगरी व्यवहारमा उतारेकोले आज फेरी उमेदवार पाएको बताउनु हुन्छ ।
महिलाहरुमा आत्मनिर्भरता बन्नु बन्नु पर्छ, लैंगिक हिंसा, महला हिंसा न्युनिकरणका प्रमुख योजना रहेकोले नीति कार्यक्रम समावेसगरी नगर स्तरीय बजेटले साकार पार्ने योजना रहेको दलित वडा महिला सदस्यकी उमेदवार मनोदवी सरदारले बताउनु भयो ।
रामधुनी नगरमा दोहो¥याएका महिला उमेदवाहरु
यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामधुनी नगरपालिकामा २३१ जनाको उमेदवारी परेको छ । प्रमुख पदमा १४ जना, उपप्रमुख पदमा ८ जना, वडाअध्यक्षमा ५५ जना, सदस्यमा ८१ जना, महिला सदस्यमा ४० जना, दलित महिला सदस्यमा .३३ जनाको उमेदवारी रहेको छ । जस्मा उपप्रमुख, महिला सदस्य, दलित महिला सदस्यगरी ४१ जना महिलाहरुको उमेदवारी रहेको छ । उमेदवारीको अन्तिम नामावलीले महिला उम्मेदवार भन्दा पुरुषकै बढी देखिन्छ ।
महिला जनप्रतिनिधिहरु नेतृत्वमा सक्षम हुदै जादा यस पटकको निर्वाचनमा पार्टीले उम्मेदवारहरुलाई दोहो¥याएका छन । रामधुनी नगरमा दोहो¥याएका महिला उमेदवाहरुमा ९ जना छन । वडा नं. १ मा पार्वती सरदार कांग्रेस दलित वडा महिला सदस्य, उमा थरुनी कांग्रेस वडा महिला सदस्य, वडा नं. २ मा कमली मोची एमाले दलित वडा महिला सदस्य, वडा नं. ३ मा शोभा मुसहर एमाले दलित वडा महिला सदस्य, वडा ५ मा मनोदेवि सरदार कांग्रेस दलित वडा महिला सदस्य, वडा नं. ६ मा लिलिया मुसहर एमाले दलित वडा महिला सदस्य, वडा नं. ७ मा तेत्री देवि खत्वे एमाले दलित वडा महिला सदस्य, वडा नं. ९ मा शोनिया थरुनी एमाले वडा महिला सदस्य र रिता कुमारी शर्मा एमाले दलित वडा महिला सदस्यमा दोहो¥याएका हुन ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरको ९ वटै वडाका ५५ जना वडाअध्यक्ष पदका उमेदवारहरु को–को हुन (नाम सहित)

अर्काे पाेस्ट

अपहरणको हल्ला पछि परिवारका सम्पर्कमा आएका रामधुनी ८ नं. वडाका उमेदवार पौडेलले गरे आत्महत्या

सम्बन्धित अरु

समाचार

काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

मंसिर २७, २०८२

रामधुनी खबर संवाददाताझुम्का, २६ मंसिर । नेपाली कांग्रेस रामधुनी नगर समितिको सभापति पदमा युवा नेता महेश चौधरीले उम्मेदवार दिने तयारी गरेका छन् । आगामी हुने १५ औँ महाधिवेशन अन्तर्गत नगर...

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0
  • काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft