मिति : २०८३ असोज १४ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

by By: रामधुनी खबर
असोज ११, २०८३
303

रामधुनी खबर संवाददाता
सुनसरी, असोज ११ । आसन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट थारु कोटातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि नवोदिता चौधरीले उम्मेदवारी घोषणा गर्नु भएको छ । महिला नेतृ चौधरीले लोकतान्त्रिक मूल्य, समावेशिता, सामाजिक न्याय तथा महिला नेतृत्व र प्रतिनिधित्वलाई सुदृढ बनाउने उद्देश्य सहित आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।
उमेदवार चौधरी पार्टीका सांगठनिक गतिविधि, कार्यकर्ता परिचालन तथा समन्वयमा चौधरीले सक्रियता देखाउँदै आउनु भएको छ । यसैगरी प्रदेश सभा सदस्यको सफल प्रतिनिधित्व गर्दै सामाजिक उत्थान र महिला नेतृत्वको योजना र बजेटले अग्रसर रहनु भयो । शिक्षा योग्यतामा अब्बल चौधरी जेनजीको मर्म र भावनाको समेत सम्मान उमेदवारीको रुपमा रहनु भएको छ ।
उमेदवारीको घोषणा संगै उहाँले सम्पूर्णमा आत्मसम्मान सहित क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्नु भएको छ । आफ्नो उम्मेदवारीलाई साथ, सहयोग र समर्थन गर्न अनुरोध गर्दै चौधरीले क्षेत्रीय प्रतिनिधिहरूको अमूल्य मतबाट आफूलाई विजयी गराउन समेत अपिल गर्नु भएको छ ।

उहाँले “राष्ट्रियता ! लोकतन्त्र !! समाजवाद !!! को अग्रसर नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत हुन गइरहेको निर्वाचनमा सुनसरी क्षेत्र नं. २ बाट थारु कोटातर्फ महाधिवेशन प्रतिनिधि पदकी उम्मेदवार म नवोदिता चौधरी सम्पूर्ण क्षेत्रीय प्रतिनिधि ज्यूहरूमा साथ, सहयोग र समर्थनका लागि विनम्र अनुरोध गर्दछु । ”,उहाँले “लोकतान्त्रिक मूल्य, समावेशिता, सामाजिक न्याय र महिला नेतृत्व तथा प्रतिनिधित्वलाई सुदृढ बनाउने उद्देश्यका साथ उम्मेदवारी प्रस्तुत गरेकी छु । यहाँहरूको अमूल्य मत प्रदान गरी विजयी गराइदिनुहुन हार्दिक अपिल गर्दछु ।” जय नेपाल ! भन्दै आफनो धारणा ब्यक्त गर्नु भएको छ ।”
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन तथा निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन असोज ३ गतेका लागि तोकिएको थियो भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ । चौधरीले आफ्नो उम्मेदवारीलाई महिला नेतृत्व, समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका सवालसँग जोड्दै क्षेत्रीय प्रतिनिधिहरूसँग समर्थनका लागि आग्रह गर्नु भएको छ ।
पुनः निर्वाचन अपिल “नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि उम्मेदवार : नवोदिता चौधरी – थारु कोटा, सुनसरी क्षेत्र नं.२ ”अमुल्य मत दिई विजय गराऔँ !

अगाडिकाे पाेस्ट

थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

अर्काे पाेस्ट

लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

सम्बन्धित अरु

समाचार

लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

असोज १३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज १३ । सामाजिक सेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अन्तर्गत लायन्स क्लब डिस्ट्रीक्ट ३२५ सी का तीन क्लबका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूको संयुक्त पदस्थापन...

समाचार

थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

असोज १०, २०८३

सुनिल चौधरी झुम्का,असोज ११ । थारु भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषा समावेशको माग गर्दै थारु समुदायसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूले प्रदेश सरकारलाई थप सशक्त रूपमा पहल गर्न अनुरोध गरेका छन्...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft