मिति : २०८३ भदौ १९ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

by By: रामधुनी खबर
भदौ १९, २०८३
196

रामधुनी खबर संवाददाता
झुम्का, भदौ १८ । रामधुनी नगरपालिका–९ का वडाध्यक्ष घनश्याम चौधरीको निरन्तर पहल र प्रयासपछि गाउँ ब्लक जग्गाको दोस्रो चरणको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । साविक डुम्राहा गाविस–५ तथा हाल रामधुनी नगरपालिका–९ अन्तर्गत पर्ने ‘५ क’ कित्ता नं. ७५ को गाउँ ब्लक जग्गाको लालपुर्जा दोस्रो चरणमा वितरण गरिएको हो ।

पुस्तौँदेखि बसोबास तथा भोगचलन गर्दै आएका सितपुर टोलका स्थानीयमध्ये दोस्रो चरणमा ९ जनाले १५ कित्ता आवासीय गाउँ ब्लक जग्गाको लालपुर्जा प्राप्त गरेका छन् । यसअघि पहिलो चरणमा २६ जनाले ३५ कित्ता जग्गाको लालपुर्जा प्राप्त गरिसकेका छन् ।
दोस्रो चरणमा लालपुर्जा प्राप्त गर्नेमा गीता कुमारी चौधरी, दशनी थरुनी, श्यामवती चौधरी, इन्द्रदेवी चौधरी, पुष्पा अधिकारी, रेनुका देवी चौधरी, श्रवण चौधरी, बसन्ती देवी चौधरी र सत्रुधन चौधरी रहेका छन्।
लामो समयदेखि आफूहरूले भोगचलन गर्दै आएको जग्गा आफ्नै नाममा दर्ता भई कानुनी स्वामित्व प्राप्त भएपछि स्थानीय जग्गाधनीहरू उत्साहित भएका छन् । उनीहरूले गाउँ ब्लक जग्गालाई व्यवस्थित रूपमा नापजाँच, दर्ता गरी लालपुर्जा उपलब्ध गराउन निरन्तर पहल गरेकोमा वडा कार्यालय तथा सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गरेका छन् ।
जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा (५) बमोजिम जग्गा दर्ता गरी सम्बन्धित व्यक्तिको नाममा जग्गाधनी प्रमाणपुर्जा कायम गरिएको जनाइएको छ। गाउँ ब्लक जग्गा भनेको साविक नापीका क्रममा गाउँ वा बस्तीका रूपमा कायम रहेको, तर व्यक्तिको नाममा छुट्टाछुट्टै दर्ता हुन नसकेको जग्गा हो। कानुनी प्रक्रिया पूरा गरी नापजाँच तथा दर्तापछि सम्बन्धित भोगचलनकर्ताको नाममा जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिन्छ।

लालपुर्जा वितरण कार्यक्रममा जिल्ला प्रमुख अधिकारी इश्वरीप्रसाद अर्याल, रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, वडा नं. ९ का वडाध्यक्ष घनश्याम चौधरी, नापी शाखा कार्यालय इनरुवाका प्रमुख सञ्जीवकुमार राउत तथा पूर्वनगरप्रमुख जयप्रकाश चौधरीलगायतको सहभागिता रहेको थियो। उनीहरूले जग्गाधनीहरूलाई लालपुर्जा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रमुख अधिकारी अर्यालले गाउँ ब्लक जग्गालाई कानुनी वैधानिकता प्रदान गरी लालपुर्जा वितरण गरिएको बताउँदै भूमिहीन तथा बाँकी रहेका जग्गाधनीलाई समेत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो ।
नगरप्रमुख शंकरलाल चौधरीले पुस्तौँदेखिको जग्गासम्बन्धी समस्या समाधानतर्फ महत्वपूर्ण काम भएको बताउनुभयो। उहाँले गाउँ ब्लक जग्गा प्राप्तिका लागि नगरपालिका हरसम्भव सहयोग गर्न तयार रहेको उल्लेख गर्दै बाँकी जग्गाधनीलाई पनि लालपुर्जा प्राप्त हुनेमा आशावादी बन्न आग्रह गर्नुभयो ।
यसअघि पनि गाउँ ब्लक जग्गाको लालपुर्जा वितरणका लागि निरन्तर पहल गर्दै आउनुभएका वडाध्यक्ष घनश्याम चौधरीले बाँकी रहेका गाउँ ब्लक जग्गाको नापजाँच, दर्ता तथा लालपुर्जा वितरण प्रक्रियालाई थप निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडाध्यक्ष चौधरीले लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वबाट वञ्चित स्थानीयलाई लालपुर्जा उपलब्ध गराउनु आफ्नो प्राथमिकतामा रहेको बताउँदै बाँकी जग्गाधनीलाई समेत क्रमशः लालपुर्जा उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय र पहल जारी राख्ने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख तारा थापा, कार्यक्रमका सभाध्यक्ष तथा नापी शाखा कार्यालय इनरुवाका प्रमुख सञ्जीवकुमार राउत, पूर्वनगरप्रमुख जयप्रकाश चौधरी, रामधुनी–१ का वडाध्यक्ष महेश चौधरी तथा नेकपा एमाले रामधुनी नगर अध्यक्ष योगेन्द्र खड्काले लालपुर्जा प्राप्त गर्ने जग्गाधनीलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
त्यस्तै, कार्यक्रममा रामधुनी–३ का वडाध्यक्ष बुधनारायण चौधरी, वडा नं. ४ का वडाध्यक्ष कमल कार्की, वडा नं. ८ का वडाध्यक्ष सरेन्द्र सिंह, कार्यपालिका सदस्य तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य जिल्ला समन्वय समिति सदस्य लालकुमारी चौधरीले राख्नुभएको थियो ।

अगाडिकाे पाेस्ट

राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

सम्बन्धित अरु

समाचार

राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

भदौ ८, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ ७ । थरुहट पहिचानको आन्दोलनको क्रममा भएको कैलाली टीकापुर घटना ११ औँ वर्ष पार गरेको छ । घटनाको ११ बर्ष भएपनि राज्यले लाल आयोग सार्वजानिक...

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft