मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १ नं. वडामा महिला लक्षित आयमुलक सिप बिकास तालिम सम्पन्न

by By: रामधुनी खबर
चैत्र १८, २०७७
820

रा.ख.सम्वाददाता
झुम्का,चैत्र १८ । घरमै बसेका बेरोजगार महिलाहरुमा सिप बिकासगरी आय आर्जनमा परिवर्तन हुन सक्ने उधेश्यका साथ वडा स्तरीय महिला बिकास समिति रामधुनी १ नं. वडाले ८ दिवसिय तालिम बुधवार सम्पन्न गरेको छ । घरको काम संगै आर्थिक उपार्जन गर्न सक्ने समेतको महिलाहरुमा सिप बिकास तालिम अन्तर्गत क्रिस्टल माला, पोते, चुरा बनाउन तालिम आयोजनागरी सम्पन्न गरेको हो ।
रामधुनी १ नं. वडाकार्यालयको सहयोगमा आयोजित तालिममा सहभागी प्रशिक्षार्थी लक्ष्मी साहले आफु तालिमको ज्ञान सिप व्यवहारमा ल्याएर व्यवसायिक बन्ने प्रतिबद्धता गरिन् । महिलाहरुले लगाउने क्रिस्टलका बिभिन्न प्रकारका श्रृगारका सामाग्रीहरु बनाउन तालिमबाट सिकाइ उपलब्धि पाएको अर्का सहभागी रिता चौधरीले बताइन् । वडा अध्यक्ष महेश चौधरीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा वडाबाट सामाजिक कार्य तथा आर्थिक बिकासका योजनामा कुनै पनि कटौती नगरी पुर्ण रुपमा बजेट लगानी गर्ने गरेको वडा अध्यक्ष चौधरीले आफनो धारणा ब्यक्त गरे । सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्दै सिप तालिम लिएकाहरु व्यवहारमा उर्तान सक्नुपर्ने आलोचनात्मक सुझावहरु समेत दिएका छन् । तालिम लिनु मात्र वडाको लगानी हैन, तालिम पछिको आयआर्जनको बाटो रोज्नु प्रमुख उधेश्य र उपलब्धि रहेको वडाअध्यक्ष चौधरीले उठान गरेका हुन् ।
वडा स्तरिय महिला बिकास समितिकी अध्यक्ष आशा चौधरीको सभापतित्वमा तालिम सम्पन्न भएको छ । तालिम लिएकाहरुले सिप प्रयोगगरी उत्पादन गरेको श्रृगारका सामानहरु बजार ब्यवस्थापनमा समितिले सहयोग गर्ने समितिकी अध्यक्ष आशा चौधरीले तालिममा सहभागीहरुलाई हौसला प्रदान गरिन् । यसैगरी समितिका उपाध्यक्ष सिता चौधरीले स्वागत मनतब्य दिदै तालिमबाट प्राप्त भएको सिप सके भन्दाबढी सदुपयोगगरी महिला उद्यमी हुनु पर्नेमा जोड दिइन् । महिला उद्यमीकालागी समाजसेवी उमा कोइराला, रामकुमारी चौधरीले धारणा ब्यक्त गर्नु भयो । तालिम अवधि २५ जना महिलाहरु सहभागी थिए भने तालिम समापन कार्यक्रम सचिव तारा श्रेष्ठले उद्धघोषण गरिन् ।

अगाडिकाे पाेस्ट

संगठित हुने उधेश्यप्रति जोड दिदै मधेशी मिथिला एकता समाज रामधुनीको होली मिलन कार्यक्रम

अर्काे पाेस्ट

खेलकुद र पर्यटन बिकासकालागी रामधुनीमा प्रदेश स्तरीय दोस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft