मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

कंशमडान स्थित लाटीमाई थानले चर्चेको जग्गा अतिक्रमणगरी मस्जिद निर्माण

by By: रामधुनी खबर
साउन १०, २०७८
1205

सुनिल चौधरी
झुम्का, साउन १० । इनरुवा नगरपालिका ८ स्थित कंशमडानको लाटीमाई डिहवारथानले चर्चेको जग्गा अतिक्रमणगरी अटेरगरी चोरी छिपे बनाउदै गरेको मस्जिद निर्माण कार्य नरोकिदा स्थानिय आक्रोशित बनेका छन् । स्थानियहरुलाई जालझेलमा राखेर सोधपुक्ष समेत नगरी सुरक्षाको थ्रेट देखाएर एकपक्षिय रुपमा ग्रामथानको ५० मिटर उत्तर मात्रै मस्जिद निर्माण गर्नलाग्दा त्याहाका स्थानिय थारु समुदायहरु आक्रोशित बनेका हुन ।
साबिक डुम्राहा गाबिस वडा नं. ७, इनरुवा नगरपालिका वडा नं. ३ र ६, रामधुनी नगरपालिकाको ९ नं. वडाको सिमा क्षेत्रमा रहेको हाल इनरुवा न.पा. ८ स्थित अवस्थित छ । त्याहा धार्मिक वन क्षेत्र ३ बिगहा ५ कठ्ठा १३ धुर मध्ये १० कठ्ठा लाटीमाई ग्रामथान रहनेगरी जग्गा छुट्याएको छ । फिलबुक अनुसार लाटीमाई डिहवार थानको कि.न.३७६ को १० कठ्ठा जग्गा भित्र अतिक्रमणगरी उत्तर तर्फ मस्जिद निर्माण गरिरहेको देखिन्छ । बिदेशी रकमले मस्जिद निर्माण गरिरहेको स्थानियहरुको भनाई छ । ग्रामथानको वरीपरी भारतबाट आएका नटक, सपेरा मुस्लिम समुदायहरुको बसोवास रहेकोले उनीहरुकै संरक्षणमा राती–राती निर्माण गरिरहेको स्थानिय राजकुमार चौधरीले बताउनु भयो ।
अब्यवस्थित रुपमा बसोवास गरेका नटक, सपेरा नचाउने मुस्लिम समुदाय गाई गोरु काटेर खाएका हाड र अन्य मासु ग्रामथानकै छेउमा फोहोर गर्ने गरेको स्थानिय चन्द्रलाल चौधरीले जानकारी दिनु भयो । उनीहरुले त्याहा फोहोर गरेर ग्रामथान प्रति अत्याचारनै गरेको चौधरीको भनाई रहेको छ । उन्ले भने ‘ग्रामथान माथी प्रहार हामी सहदैनौ ग्रामथानको क्षेत्र अन्तर्गतबाट मस्जिद हटाउनु पर्ने छ’, ‘अन्यथा कुनै किसिमको घटना घटे मस्जिद निर्माण कर्ताहरुलेनै जिम्मेवार हुनु पर्ने हुन्छ’ ।
नेपालको कानुन लागु हुनु पुर्व देखीनै स्थापित लाटीमाई डिहवारथान (ग्रामथान) त्याहा स्थित स्थापित रहेको मानिन्छ । परापुर्वकाल देखीनै थारु समुदाय पुजाँ आजा गरी धार्मिक रुपमा मान्दै आएको ग्रामथान रहेको पुजारी सुदिलाल चौधरीले बताउनु भयो । हालमा मात्रै आएर त्याहा नटक, सपेराहरुलाई बसाएर नागरिक्ता समेत दिलाएर राजनीतिक स्वार्थ निकालेको पुजारी चौधरीको भनाई रहेको छ । कंशमडानटोलकै अलाउदिन भनिने ब्यक्ति राजनीतिकरणगरी धार्मिक द्धन्द निमत्याउने मनसाय गरेको स्थानियको आरोप रहेको छ ।
लाटीमाई डिहवार ग्रामथानलाई बिस्थापित गर्ने खालका समस्या र चुनौती देखिदा संरक्षणकालागी शनिवार र आइतवार बृहत छलफल गरेको छ । ग्रामथान संरक्षण समिति सुनसरीको अध्यक्ष तेजनारायण चौधरी, आदिवासी जनजाती मानव अधिकार रक्षक सुनसरी प्रतिनिधि साबित्रा चौधरी, इनरुवा वडा नं. ३ का वडाअध्यक्ष कालुराम गुरुङ्गको उपस्थिती तथा स्थानिय समुदायहरुको सहभागीतामा भएको छलफलबाट लाटीमाई ग्रामथान संरक्षण समिति निर्माण गरेको छ । डम्बर घिमिरेको अध्यक्षतामा १७ सदस्य समिति गठन गर्दै कानुनी प्रक्रृयाबाट समस्याको सामाधानकालागी अगाडी बढ्ने निर्णय गरेको छ । चोरी छिपे मस्जिद निर्माण छत ढलान सम्म पुगिसकेको हुदा अदालतबाट रोक्का गराउन पहल अगाडी बढाउनु पर्ने समितिबाट निर्णय भएको संरक्षण समितिका सचिव राजकुमार चौधरीले जानकारी दिनु भयो ।

अगाडिकाे पाेस्ट

३९ औँ बि.पि.स्मृति दिवसको अवसरमा झुम्का स्थित रक्तदान कार्यक्रम हुने

अर्काे पाेस्ट

रामधुनीको करमैनियाटोल स्थित दैनिक २०० लिटर अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीको छापा

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft