मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

by By: रामधुनी खबर
भदौ ५, २०८३
207

चन्द्रकला चौधरी
झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी बनावटमा आफनो पाइला टेकेको ३ बर्षमै भोग्नु परेको अमानविय नरपिशाच व्यवहारले नेपाली समाजमा छोरी चेली असुरक्षित बन्दै गएको हो ।
बालिका चौधरीको बलात्कार पछि हत्या भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१, दसधुराबाट बेपत्ता भएकी तीन वर्षीया बालिका गरिमा चौधरीको मङ्गलबार साँझ मृत अवस्थामा फेला परेकी थिइन् । घर देखि दुईसय मिटर पर एक घरमा बालिकाको शव नग्न अवस्थामा फेला परेको थियोे ।

स्थानीय मनोज चौधरी र मनमती चौधरीकी छोरी गरिमा चौधरी आइतबार बिहान करिब ८ः३० बजे बस्तीको बिचबाटै अचानक बेपत्ता हुनुभएको थियो । परिवार तथा स्थानीयवासीले व्यापक खोजी गर्दा पनि फेला नपरेकी बालिका मङ्गलबार साँझ घरबाट करिब दुईसय मिटर दक्षिणतर्फ रहेको उक्त खाली घरमा मृत अवस्थामा भेटिनु भएको थियो ।
तीन वर्षीय अबोध बालिका चौधरीको निर्दयी र निर्मम हत्याको घटनाले देशभर शोक र पीडाको आँसुमा छन् । अमानवीय व्यवहारपछि भएको निर्मम हत्याको घटनाले देशभर शोक, आक्रोश र पीडाको अवस्था सिर्जना भएको छ ।
अबोध बालिकामाथि भएको यस्तो जघन्य अपराधले मानवभित्रको मानवता नै हराउँदै गएको अनुभूति गराएको भन्दै दोषीमाथि कडा कारबाहीको माग भइरहेको छ ।
घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै थारू आयोग, थारू कल्याणकारिणी सभा (था.क.स.) लगायत विभिन्न थारू संघ–संस्थाहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताएका छन् । संगठनहरुले गम्भीर प्रकृतिका यस्ता जघन्य आपराधिक घटनामा राज्य गम्भीर भएर निष्पक्ष अनुसन्धान गर्नुपर्ने र दोषीलाई प्रचलित कानुनअनुसार कडा तथा प्रभावकारी सजाय दिलाउनुपर्ने माग गरेका छन् ।
थारु आयोगका सदस्य माननीय शान्ती मोदीले विज्ञप्ती जारी गर्दै परिवार र स्थानीयवासीले न्यायका लागि गरिरहेको आन्दोलनमा एक्यबद्धता जनाएको छ ।

यसैगरी थारु कल्याणकारिणी सभा (था.क.स) केन्द्रिय समितिको सभापति प्रेमीलाल चौधरी र महासचिव मिनराज चौधरीको हस्ताक्षरित विज्ञप्तीमा हृदयविदारक घटना प्रति खेद ब्यक्त गर्दै घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाई निष्पक्ष र गहिरो अनुसंधानगरी अपराधीलाई कडा भन्दा कडा सजाय गर्न गृहप्रशासन संग जोडदार माग गरेको छ ।
यसैगरी थारु कल्याणकारिणी सभा (था.क.स) सुनसरी जिल्ला समितिको सभापति सगेन चौधरी र सचिव श्यामकुमार चौधरीको हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कुनैपनि बहानामा छुट दिन नहुने भन्दै कडा सजायको माग गरेको छ ।
दोषि उपर कारवाहीको माग गर्दै थारु कल्याणकारिणी सभा (था.क.स) रामधुनी नगर समिति, इनरुवा नगर समिति, इटहरी नगर समितिले समेत बिज्ञप्ती जारी गरेको छ ।
मानवता र संवेदनशीलताको सीमा समेत नाघेर तीन वर्षीया अबोध बालिका माथि गरिएको अमानवीय व्यवहार अत्यन्तै निन्दनीय र क्षमायोग्य अपराध नभएको भन्दै घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन राज्य कुनै पनि अवस्थामा चुक्न नहुने थारु संघ संगठनहरुको जोड रहेको छ ।

यस्ता जघन्य अपराधमा विद्यमान कानुनी व्यवस्थाले पर्याप्त सजाय सुनिश्चित गर्न नसकेको अवस्था भए आवश्यक नीति तथा कानुनी संशोधन समेत गरेर अपराधीलाई कडा दण्डको व्यवस्था गर्नुपर्ने माग उठिरहेका छन् । साथै, बालबालिकाको सुरक्षा, संरक्षण र न्यायका लागि राज्यले विशेष संवेदनशीलता अपनाउनु पर्ने माग गरिरहेका छन् ।
छोरी चेलीको इज्जतको रक्षा गर्ने कानुनको पालना कडा रुपले गर्न नसक्ने भए, राज्य र राज्यको शासन पद्धतीको औचित्यहिनको व्यवहारिक्ता प्रस्ट हुन आउँछ । तसर्थ यस बिषयको गम्भिरयता गर्न आवश्यक छ । र घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडित परिवारलाई न्यायको अनुभूति दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्यले तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकतामा चासो देखाउनु पर्ने देखिन्छ ।
बालिका चौधरीको आत्माको चिरशान्तिको कामना गर्दै थारु संघ–संस्थाहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, बालबालिकाको सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्य, राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा आम नागरिक सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

अगाडिकाे पाेस्ट

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

अर्काे पाेस्ट

राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft