मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीको करमैनियाटोल स्थित दैनिक २०० लिटर अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीको छापा

by By: रामधुनी खबर
साउन १४, २०७८
1253

राख सम्वाददाता
झुम्का, साउन १४ । रामधुनी वडा नं. २ करमैनियाटोल स्थित दैनिक २०० लिटर अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा बिहिवार प्रहरीले छापा मारेको छ । करमैनिया टोलको मुसहरीटोलमा मदिरा उत्पादन गरिरहेकै अवस्थामा इलाका प्रहरी पकलीकोे टोलीले छापा मार्दै भट्टीलाई बन्द गराएको हो ।
एकै घरमा ८ वटा भट्टी संचालनगरी दैनिक दुई सय लिटर घरेलु जाड, रक्सी उत्पादन गर्दै आएको थियो । प्रहरीले भट्टीबाट १ सय बढी ध्युको भाडोमा राखिएको कच्चा पदार्थ र करिब १ सय लिटर तयारी मदिरा जफतगरी नष्ट गरेको छ । मदिरा र कच्चा पदार्थ सुनसरी खोलामा नष्ट गरिएको प्रहरीले जानकारी दिएको हो । एउटै घरमा बसेर ५ जना परिवारले मदिरा जन्य पदार्थ उत्पादन गरेको पाएको छ । सो घरबाट मदिरा बनाउन राखिएको ८ किलो मार्चा समेत भेटिएको छ । ४५ बर्षिय पञ्चु राई, मन्जु कुमारी राई, मनिषा राई लगायत नाम भन्न नचाहेका ५ परिवारले मदिरा उत्पादनगरी रामधुनी नगरभरीका पसलमा पुर्याउने गरेको प्रहरीले जनाकारी दिए ।
वडा नं. २ का वडाअध्यक्ष रामनारायण चौधरीका अनुसार भट्टी संचालकलाई कार्वाही गर्नु पर्ने बताए । मदिरा उत्पानले क्षणिक रुपमा दुइ चार जनालाई फाइदा होला तर यसले समाजलाईनै नाकारात्मक तर्फ लाने भएकोले भट्टी बन्दगरी कार्वाही गर्नु पर्ने वडा अध्यक्ष चौधरीको भनाई रहेको छ । रामधुनी वडा नं. २ बालमैत्रि वडा घोषणा गरिसकेको छ । सोही वडामा यति मात्रामा मदिरा उत्पादन गरिरहदा पनि वडा कार्यालयको ध्यान नजानु बालमैत्रि वडाकालागी चुनौती थपिएको छ ।

अगाडिकाे पाेस्ट

कंशमडान स्थित लाटीमाई थानले चर्चेको जग्गा अतिक्रमणगरी मस्जिद निर्माण

अर्काे पाेस्ट

बालमैत्रि नगर घोषणा प्राथमिक्ता दिदै रामधुनी नगरपालिकाको रु ७२ करोड ८४ लाख बजेट सार्वजानिकीकरण

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft