मिति : २०८२ फागुन २ गते (सनिबार)
मौसम : 22.44°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ८ र ९ नं. वडा संगै बालमैत्री नगर घोषणा गर्न जिल्ला समन्वय समिति सुनसरीको अनुमती

by By: रामधुनी खबर
भदौ ४, २०७८
678

सुनिल चौधरी
झुम्का, भदौ ४ । स्थानीय शासन प्रक्रृयामा बालबालिकाहरुको अधिकार सम्बन्धी सवालहरुलाई मुल प्रवाहीकरण गर्दै बालमैत्री स्थानीय शासनको संस्थागत बिकास गर्न रामधुनी नगरपालिकाले लिएको लक्ष्यमा नजिक पुगेको छ । बिहिवार रामधुनी ८ र ९ नं. वडालाई बालमैत्री सुचकमा अनुगमन गरे संगै रामधुनी नगरपालिका बालमैत्री नगर घोषणा गर्न योग्य रहेको जिल्ला समन्वय समिति सुनसरीको उपाध्यक्ष कृष्णमाया बि.क.ले घोषणा गर्न अनुमती दिनु भएको छ । नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको अनुमती पाएसंगै लक्ष्य नजिक पुगेको हो ।
नगरपालिकाले यहि भदौ २९ गते राष्ट्रिबाल दिवसको अवसरमा घोषणा गर्ने अन्तिम तयारी गरेको छ । बालमैत्रीकालागी राष्ट्रिय सुचक ३९ र नगरपालिकाले थप गरेको १ सुचकमा जिल्ला स्तरीय अनुगम गरेको छ । रामधुनी १,३,४,६,७,८ र ९ नं. वडामा अनुगमन गरेको हो । वडा नं. २ र ५ भने बालमैत्री वडा घोषणा भैसकेको छ । अनुगमन गरेको वडाहरुमा संकलन गरेको कागजातमा बालबालिकाहरुकोलागी गरेको योजनाहरु तथा सुचकहरुको कार्यान्वयन पक्षमा मापदण्ड पुगेको, बालअधिकारको प्रवद्र्धनकालागी वालक्लव तथा बालसञ्जालको गठन, परिचालन, क्षमता विकास, स्थानीयतहको योजना तर्जुमामा सहभागी, बालमैत्री पुर्वाधारको विकास एवं सचेतीकरण जस्ता कामहरु भएका छन् । यसका साथै घोषणाकालागी बालबालिका आफै कृयाशिल भएकोले यो महत्वपुर्ण पक्ष रहेको भन्दै बालमैत्री रामधुनी नगर घोषणा गर्न योग्य रहेको संचारकर्मिलाई जानकारी दिनु भयो ।
‘जिल्ला समन्वय समितिबाट भएको अनुगमले बालमैत्री नगरकालागी पाएको अनुमती र स्वीकती बालबालिकाहरुले गरेको संघर्षबाट उपलब्धि पाएका छौँ’,कोरोना संक्रमण र लकडाउनको बाध्यात्मक समस्या नभए सहज अनुसारले तोकीएकै दिन बालबालिकाको अधिकारलाई संस्थागत गर्न बालमैत्री स्थानीय शासन रामधुनी नगर घोषणा हुने नगरप्रमुख जयप्रकाश चौधरीले बताउनु भयो । रामधुनी नगरपालिकाको नीति, कार्यक्रम, सेवा प्रवाह र संरचनालाई बालमैत्री बनाई बालमैत्रि अधिकार सुनिश्चित भएको स्थानयितह निर्माण गर्न योजनाको लक्ष्यमा प्राथमिकीकरण गरेको योजना शाखा प्रमुख तथा बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरीले बताउनु भयो ।
जिल्लाबाट आएका अनुगमन कर्ता रामधुनी ८ नं. वडाको सामुदायिक बिद्यालयहरुमा अनुगमन गरेको थियो । यसैगरी अभिभावक र वडा बालसञ्जालका पदाधिकारीहरु संग छलफल गर्दै वाल सञ्जाल समितिले गरेको प्रयासहरुबारेमा जानकारी लिएको थियो । वाल सञ्जालकी अध्यक्ष सुजाता मेहता र सदस्य प्रियका कार्कीले सो बारेमा प्रष्टपारेकी थिइन् । सामुदायिक बिध्यालय ठुले मोहोर र शेहरा अधारभुत बिध्यालयमा स्थलगत अनुगमन गरेको थियो । अनुगमनले रामधुनी ८ नं. वडा बालमैत्री वडाकालागी उपयुक्त रहेको बालमैत्री जिल्ला अनुगमन समितिको संयोजक बि.क.ले बताउनु भयो । बालबालिको वडाको बस्तु स्थितीको बारेमा बताउदै वडाबालमैत्रीकालागी पाएको अनुमती स्वागत गर्दै वडाअध्यक्ष रुद्रबहादुर बस्नेतलले धन्यवाद ब्यक्त गर्नु भयो ।
यसैगरी सोही दिन रामधुनी ९ नं. वडामा जिल्ला स्तरीय अनुगमन गरेको थियो । अनुगमनले सो वडामा समेत बालमैत्री सुचक मापदण्डमा सक्रृयताका साथ भुमिका खेल्दै पुरा गरेको देखिएको छ । बाल अधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बालविकास र अर्थ पुर्ण बाल सहभागीतामा सवै कागजातहरु पुर्ण रुपमा रहेको र सुचकहरुमा मापदण्ड योग्य रहेकोले वडाबालमैत्री घोषण गर्न अनुमती रहेको बालमैत्री जिल्ला अनुगमन समितिको संयोजक बि.क.ले बताउनु भयो । बालबालिकाहरुको साथ र सहयोगले वडा बालमैत्रीको लक्ष्यमा पुगेकोले बालबालिका र अनुगमन समितिलाई वडाअध्यक्ष घनश्याम चौधरीले धन्यवाद ब्यक्त गर्नु भयो । वडामा गरेको बालमैत्रीका कार्यहरुको बारेमा वडाबाल सञ्जालकी अध्यक्ष मोनिका चौधरीले प्रष्ट्याएकी थिइन् । बिशेष सो वडामा भागीबाल विवाह हुने प्रमुख चुनौतीलाई न्युनिकरण, बालश्रम न्युनिकरण, बिध्यालय भर्ना अभियानमा क्रृयाशिल रही कार्यहरु गरेको बताइन् । वडाको वस्तु स्थितीको बारेमा बालमैत्री सम्पर्क ब्यक्ति बिजय चौधरीले जानकारी दिएको थियो ।
जिल्ला समन्वय समिति सुनसरीको उपाध्यक्ष कृष्णमाया बि.क.को संयोजकत्वमा अनुगमन भएको हो । नगरप्रमुख जयप्रकाश चौधरी सहित समन्वय समितिको सदस्य अहिल्या मेहता, लिला हरिजनको उपस्थिती रहेको थियो । बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी, बालहेल्प डेक्सका अमन ढंगेल, सहजकर्ता रबिन ठाकुर, नमुना नगरबाल संजालका अध्यक्ष सुगम झा, सचिव छविरमण दाहाल, पत्रकार रामधुनी खबर पत्रिकाको संवाददाता, एरिना टेलिभिजनका खगेन्द्र बि.क. विकासको सहभागीता रहेको थियो ।

अगाडिकाे पाेस्ट

बालमैत्री वडा घोषणा गर्न रामधुनी १, ३ र ४ नं. वडालाई जिल्ला समन्वय समितिको स्वीकृति

अर्काे पाेस्ट

कन्ट्रोल रुमबाट सुरु भएको आगलागी थ्रीडी म्याजिक सिनेमाहल पुर्ण क्षति, संचालक र प्रहरी घाइते

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft