मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नारी दिवसमा श्रमिक महिला सम्मानितले सिटिसफारी चलाएरै छोराछोरीलाई शिक्षित बनाउने हौसला

by By: रामधुनी खबर
फागुन २५, २०७८
505

सुनिल चौधरी
झुम्का, फागुन २५ । रामधुनी वडा नं. ७ कुमरखत टोलकी ४० बर्षिय कमला सिवाकोटी ६ बर्ष देखि सिटिसफारी चलाएर पाँच परिवार पाल्दै आउनुभएको छ । श्रीमान द्धन्द्धपिडितहुदा देखिको आर्थिक थला परेको परिवार अन्तिम बिकल्पको साहारा सिटिसफारी चलाएर जिविको पार्जन गरिरहनुभएकी सिवाकोटी ११२ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्मानितहुदा सिटिसफारी चलाएरै छोराछारीलाई शिक्षित बनाउने प्रेरणा र हौसला प्रदान भएको बताउनु भयो
रामधुनी नगरपालिकाले श्रमीक महिलालाई खोजेर एक दिनको पारिश्रमिक रु एकहजार एक सय सहित सम्मान गर्दा सफारी चलाउने पेशाले दिएको आम्दानी र पाएको सम्मानले आत्मनिर्भर बन्न मनैभित्रबाट प्रेरणा मिलेको रामधुनी वडा नं. ३ की सफारी चालक श्रमिक महिला जानकी चौधरीले बताउनु भयो । रामधुनी नगरपालिकाले ११२ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलवार विविध कार्यक्रम आयोजनागरी श्रमिक महिलाहरुलाई एक दिनको पारिश्रमिक सहित सम्मान गरेको हो ।
नगरउपप्रमुख सविना चौधरीको संयोजकत्वमा नारी दिवसको अवसरमा आयोजित कार्यक्रमबाट वडा नं. ३ की सर्मिला पराजुली, वडा नं. ९ की कमला चौधरी, वडा नं. ५ की सृजना श्रेष्ठ, वडा नं. ५ की सरिता चांैलागाई, वडा नं. ७ की मन्जु परियार, वडा नं. २ की शोभा भुजेल, वडा नं. ७ की कमला बिष्ट, वडा नं. ७ की सन्तोषी बि.क. र वडा नं. १ की गुलिया देवी सम्मानित हुनुभयो । उद्यमी र श्रमिक महिलालाई कार्यक्रमबाट उपप्रमुख चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा, शिक्षा अधिकृत राजन गेलाल, योजना प्रमुख हर्षलाल चौधरीले सम्मान गर्नुभयो ।
कार्यक्रम पुर्व महिला अधिकारको नारा सहित झुम्का बजारमा प्रभातफेरीगरी महिला मैत्री म्युजिकल चेयर र हण्डीफोर खेल तथा कार्यक्रमगरी सम्पन्न गरेको महिला बालबालिका शाखाकी मोनाश्री आचार्यले जानकारी दिनु भयो । म्युजिकल चेयरमा प्रथम, दृतिय र तृतिय हुने क्रमश मिना भुजेल,समझना डांगी र सर्मिला पराजुलीलाई पुरस्कृत गरेको छ भने हण्डीफोर खेलकी बिजेता नैहर्नी चौधरीलाई पुरस्कृतगरी सम्मान गरेको हो । कार्यक्रममा नारी दिवसको ऐतिहासिकता र महिला अधिकार, बर्तमान समस्याका बारेमा सुबोध घिमिरेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
नगरपालिकाले महिलाहरुको सामाजिक विकासमा प्रत्येक बर्ष सशक्तिकरण गर्दै आएकोले आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने महिला अधिकार कर्मि तथा थारु महिला उत्थान समाजकी अध्यक्ष सिता थरुनीको सुझाव छ ।

अगाडिकाे पाेस्ट

रामधुनी १ नं. वडा महिला समितिको माइन्यूट (बैठकको निर्णय) लेखन तथा सशक्तिकरण तालिम

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको ११ औं नगर सभाबाट संशोधित बजेट तथा कार्यक्रम अनुमोदन

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft