चन्द्रकला चौधरी
झुम्का, फागुन २९ । नेपाली काँग्रेस रामधुनी नगर समितिको आयोजनामा शनिवार कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. १ संसदीय दलका नेता तथा नेपाली काँग्रेस केन्द्रिय सदस्य राजिव कोइरालाको प्रमुख आतिथ्यतामा पार्टीको नीति, बिचार, सिद्धान्त र कार्यक्रमका विषयमा प्रशिक्षण दिएका हुन ।
नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवादी नीति र कम्युनिष्टले भन्ने गरेको समाजवाद बिच अन्तर, बिश्व समाजवादी आन्दोलन र बीपी कोइरालाको नेतृत्वदायी योगदान, आगामी स्थानीय निर्वाचन रणनीति, पार्टी अनुशासन र संगठन परिचालनमा बिधानको ब्यवस्था बिषयमा पुर्व केन्द्रिय सदस्य तथा ने.वि.संघ पुर्व केन्द्रिय सभापति गरुराज घिमिरेले प्रशिक्षण दिएको सभापति सुदिप अधिकारीले बताए । प्रशिक्षण कार्यक्रम जिल्ला सचिव बिरेन्द्र साहले सुरुवात गरेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्व राज्य मन्त्रि सिताराम मेहता, जिल्ला सभापति केदार भण्डारी, रामधुनी नगरप्रमुख जयप्रकाश चौधरी, क्षेत्र न २ क सांसद नवोदिता चौधरी, संविधान सभा उमेदवार बद्रीनारायण चौधरी लगायतका बक्ताले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत नगर उपाध्यक्ष आशा चौधरीले गरेकी थिइन् । कार्यक्रम सञ्चाललन नगर सचिव महेश चौधरीले गरेका थिए ।
