राख संवाददाता
झुम्का,फागुन २८ । रामधुनी नगरपालिकाको ११ औ. नगरसभाबाट संशोधित बजेट तथा कार्यक्रम र कार्यपालिकाको निर्णय अनुमोदन गरेको छ । आ.ब. २०७८÷०७९ को विनियोजित कार्यक्रम, योजना र बजेट संशोधनगरी सुक्रवार भएको नगरसभाबाट अनुमोदन गरेको हो ।
नगर उपप्रमुख सविना चौधरीले प्रस्तुत गर्नु भएको नगर स्तरीय र वडा स्तरीय संशोधित बजेट तथा कार्यक्रम अनुमोदन गरेको नगर प्रमुख जयप्रकाश चौधरीले बताउनु भयो । नगरस्तरीय योजना तथा कार्यक्रमको विनियोजित बजेट मध्ये रु दुई करोड चार लाख पचास हजार र विभिन्न कार्यक्रमहरुबाट संशोधन भएको रु एक करोड दशलाख रकम संशोधन गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकामा रहेको बेरुजु बारेमा छलफल गरीएको छ । बेरुजु स्थिती र अवस्थाको बारेमा प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी नगरसभाबाट नगरपालिकाको सामाजिक जवाफदेहिता प्रवद्र्धनकालागि बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्चको बैठक सञ्चालन कार्यविधि २०७८ स्वीकृतगरी जारी गरिएको छ ।
नगरपालिकाको सेवा प्रवाहमा जनविश्वास कायम राख्न सेवा प्रदायक,सेवाग्राही र नागरिकका प्रतिनिधि बिच सहभागितात्मक अन्तरकृया र सुझावहरुकालागी बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्चको आवश्यक्ता रहने उधेश्यले मञ्चको बैठक सञ्चालन कार्यविधि २०७८ स्वीकृतगरी जारी गरिएको नगरप्रमुख तथा मञ्चको अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।
