मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालबालिका माथी भएको अपराधिक घटना बिरुद्ध बाल सञ्जाल रामधुनीको गम्भिर ध्यानआकर्षण

by By: रामधुनी खबर
चैत्र १, २०७८
557

राख संवाददाता
झुम्का, चैत्र १ । बालमैत्रि नगर घोषणा भएर बिशिष्ट पहिचान बनाएको रामधुनी नगरमा बालबालिका असुरक्षित रहेको प्रति नमुना नगर बाल सञ्जाल रामधुनीले गम्भिर ध्यानआकर्षण जनाएको छ । रामधुनी वडा नं. ३ मा बालिका माथी भएको दुई छुटा छुटै अपराधिक घटना बिरुद्ध सोमवार बिज्ञप्ती निकाल्दै स्थानीय सरकार र सुरक्षा कर्मीले सुरक्षाको प्रत्यभुति सिर्जना गर्न बाल सञ्जालले जोडदार रुपले माग गरेको हो ।
छिमेकीबाट ८ बर्षिय बालिका बलात्कार भएको र फागुन २८ गते ११ बर्षिय बालिकाले आत्महत्या गरेको घटना हृदय विदारक र अकल्पनिय रहेकोले अपराधलाई सामान्य रुपमा मात्र नलिई संलग्न अपराधिकलाई कडा भन्दा कडा कानूनी कारवाहीकोे माग गरेको बाल सञ्जाल अध्यक्ष सुगम झाको हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख रहेको छ ।
बालबालिका माथी डरलाग्दो घटना हुनु अगावै सुरक्षा संयन्त्रको नियन्त्रणमा आउन सक्ने वातावरण सुजना गर्नु पर्ने बाल सञ्जालको प्रमुख माग रहेको छ । घटना भएको सम्बन्धित परिवार, समुदाय र बालबालिकाहरुमा भय र त्रासबाट परेको मानसिक चोट सम्बोधन गर्न मनोसामाजिक परामर्स, सचेतनाका कार्यक्रममा जोड दिनु पर्ने बाल सञ्जालले जोडदार माग गरेको छ ।
यता इलाका प्रहरी पकलीका अनुसार बलात्कारका घटनामा संलग्न ब्यक्तिलाई नियन्त्रणमा लिई कारवाही अगाडी बढाइ सकेको जनाए । आत्महत्या भएको घटनामा रिपोर्ट आउना साथ छानबिनगरी तथ्य पत्ता लाग्न सकने र कारवाही अगाडी बढाउने इलाका प्रहरी पकलीले बताएकोे छ ।

अगाडिकाे पाेस्ट

थारु संस्कार जिवन्त राख्न होरी (होली) पर्वको म्युजिक भिडियो छायाँकनको तयारी

अर्काे पाेस्ट

फागु पूर्णिमाको संस्कार र संस्कृति पक्षलाई जगेर्ना गर्न थारु महिला सभा रामधुनीको होरी कार्यक्रम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft