मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

फागु पूर्णिमाको संस्कार र संस्कृति पक्षलाई जगेर्ना गर्न थारु महिला सभा रामधुनीको होरी कार्यक्रम

by By: रामधुनी खबर
चैत्र ३, २०७८
540

चन्द्रकला चौधरी

झुम्का, चैत्र ३ । बिभिन्न रङहरुको माध्यमबाट प्रेम आत्मीयता सदभाव बर्षाएर संसारलाई हर्ष र उमंग प्रदान गर्ने होली अर्थात फागु पूर्णिमा होरी पर्व हो । साथी भाई बिच रङ दलेर मनाउने होली पर्व थारु समुदायले चामलको पिठोमा सक्खर हालेर बनाएको रोटी कुल देवतालाई चढाएर विधिवत रुपमा मनाउने चलन छ ।
होली शब्दको थारु समुदायमा होरी पावैन भन्ने चलन छ । कतै फागु त, कतै फगुवा, कतै होरी भन्ने गरिन्छ । मौलिक शब्द र मौलिक रुपमा होरी पर्व मान्दै आएको संस्कार र संस्कृति पक्षलाई जगेर्ना गर्न थारु महिला सभा रामधुनी नगर कार्य समितिले होरी पर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थित अतिथी लगायत नगरभरीका थारु महिलाहरु सहभागी भै एक आपसमा अबिर टिका लगाई प्रेम आत्मीयता सदभाव साटेका छन ।
थारु महिला सभा जिल्ला सभापति सुशिला लेखीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा थारु समुदायले मनाउने होरी पर्वको धार्मिक, साँस्कृतिक पक्षलाई औल्याउदै महिला नेतृत्वको बिषयमा बक्ताहरुले जोड दिनु भयो । होरी पर्वमा गाउँने पौराणिक लोक गित कार्यक्रममा महिलाहरुले गित गाउँदै नाच्दै साँस्कृतिक पक्षलाई उजागर गरेका छन । रामधुनी नगर प्रमुख जयप्रकाश चौधरी समेत सो गितमा नृत्य दर्शाएर मौलिक संस्कारलाई संरक्षण र जगेर्ना गर्न हौसला बढाएको छ । नगर प्रमुख चौधरीले महिला अधिकारकालागि महिला आफै चासो दिएर लड्नु पर्ने सुझाव दिनु भयो ।
महिला सभा रामधुनी सभापति लिलि चौधरीको सभाध्यक्षमा आयोजित कार्यक्रममा नगर उपप्रमुख सविना चौधरी, थारु कल्याण कारिणी सभा (थाकस) पुर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी, वडा अध्यक्ष महेश चौधरी, घनश्याम चौधरी, मनेष चौधरीले महिला सशक्तिकरणकालागि संविधानमा उल्लेखित महिला अधिकार ब्यवहारिक बनाउन आवश्यक्ता रहेको बताउनु भयो ।
महिलाहरुलाई नेतृत्वमा हौसला प्रदान गर्न कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सुनसरी उपाध्यक्ष सुनिल चौधरी, फोनिज पुर्व अध्यक्ष धिरेन्द्र चौधरी, थाकस जिल्ला कोषाध्यक्ष तारा चौधरी, थाकस पुर्व जिल्ला सचिव मनोज चौधरी, थारु महिला उत्थान समाज रामधुनी अध्यक्ष सिता चौधरी, उपाध्यक्ष आशा चौधरी, थाकस भासि अध्यक्ष नरेश चौधरीले थारु महिलाहरुको पुर्ण समानुपातिक समावेसिता र शतप्रतिसत अधिकार दिन सके नयाँ नेपालमा विकासको प्रत्यभुति हुन सक्ने धारणा राख्नु भएको छ ।
कार्यक्रम संचालन महिला सभा रामधुनी सचिव सुनिता चौधरीले गरेकी थिईन भने उपस्थित सम्पुर्णमा संगठनबाट थारु परिकार तथा फागुवा पर्वको परिकार खुवाएका थिए ।

अगाडिकाे पाेस्ट

बालबालिका माथी भएको अपराधिक घटना बिरुद्ध बाल सञ्जाल रामधुनीको गम्भिर ध्यानआकर्षण

अर्काे पाेस्ट

थारु ऐतिहासिक साँकृतिक भूमिमा थारु कल्याणकारिणी सभा इटहरीको भवन शिलान्यास

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft