मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

फागु पूर्णिमाको संस्कार र संस्कृति पक्षलाई जगेर्ना गर्न थारु महिला सभा रामधुनीको होरी कार्यक्रम

by By: रामधुनी खबर
चैत्र ३, २०७८
530

चन्द्रकला चौधरी

झुम्का, चैत्र ३ । बिभिन्न रङहरुको माध्यमबाट प्रेम आत्मीयता सदभाव बर्षाएर संसारलाई हर्ष र उमंग प्रदान गर्ने होली अर्थात फागु पूर्णिमा होरी पर्व हो । साथी भाई बिच रङ दलेर मनाउने होली पर्व थारु समुदायले चामलको पिठोमा सक्खर हालेर बनाएको रोटी कुल देवतालाई चढाएर विधिवत रुपमा मनाउने चलन छ ।
होली शब्दको थारु समुदायमा होरी पावैन भन्ने चलन छ । कतै फागु त, कतै फगुवा, कतै होरी भन्ने गरिन्छ । मौलिक शब्द र मौलिक रुपमा होरी पर्व मान्दै आएको संस्कार र संस्कृति पक्षलाई जगेर्ना गर्न थारु महिला सभा रामधुनी नगर कार्य समितिले होरी पर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थित अतिथी लगायत नगरभरीका थारु महिलाहरु सहभागी भै एक आपसमा अबिर टिका लगाई प्रेम आत्मीयता सदभाव साटेका छन ।
थारु महिला सभा जिल्ला सभापति सुशिला लेखीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा थारु समुदायले मनाउने होरी पर्वको धार्मिक, साँस्कृतिक पक्षलाई औल्याउदै महिला नेतृत्वको बिषयमा बक्ताहरुले जोड दिनु भयो । होरी पर्वमा गाउँने पौराणिक लोक गित कार्यक्रममा महिलाहरुले गित गाउँदै नाच्दै साँस्कृतिक पक्षलाई उजागर गरेका छन । रामधुनी नगर प्रमुख जयप्रकाश चौधरी समेत सो गितमा नृत्य दर्शाएर मौलिक संस्कारलाई संरक्षण र जगेर्ना गर्न हौसला बढाएको छ । नगर प्रमुख चौधरीले महिला अधिकारकालागि महिला आफै चासो दिएर लड्नु पर्ने सुझाव दिनु भयो ।
महिला सभा रामधुनी सभापति लिलि चौधरीको सभाध्यक्षमा आयोजित कार्यक्रममा नगर उपप्रमुख सविना चौधरी, थारु कल्याण कारिणी सभा (थाकस) पुर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी, वडा अध्यक्ष महेश चौधरी, घनश्याम चौधरी, मनेष चौधरीले महिला सशक्तिकरणकालागि संविधानमा उल्लेखित महिला अधिकार ब्यवहारिक बनाउन आवश्यक्ता रहेको बताउनु भयो ।
महिलाहरुलाई नेतृत्वमा हौसला प्रदान गर्न कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सुनसरी उपाध्यक्ष सुनिल चौधरी, फोनिज पुर्व अध्यक्ष धिरेन्द्र चौधरी, थाकस जिल्ला कोषाध्यक्ष तारा चौधरी, थाकस पुर्व जिल्ला सचिव मनोज चौधरी, थारु महिला उत्थान समाज रामधुनी अध्यक्ष सिता चौधरी, उपाध्यक्ष आशा चौधरी, थाकस भासि अध्यक्ष नरेश चौधरीले थारु महिलाहरुको पुर्ण समानुपातिक समावेसिता र शतप्रतिसत अधिकार दिन सके नयाँ नेपालमा विकासको प्रत्यभुति हुन सक्ने धारणा राख्नु भएको छ ।
कार्यक्रम संचालन महिला सभा रामधुनी सचिव सुनिता चौधरीले गरेकी थिईन भने उपस्थित सम्पुर्णमा संगठनबाट थारु परिकार तथा फागुवा पर्वको परिकार खुवाएका थिए ।

अगाडिकाे पाेस्ट

बालबालिका माथी भएको अपराधिक घटना बिरुद्ध बाल सञ्जाल रामधुनीको गम्भिर ध्यानआकर्षण

अर्काे पाेस्ट

थारु ऐतिहासिक साँकृतिक भूमिमा थारु कल्याणकारिणी सभा इटहरीको भवन शिलान्यास

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft