मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

व्यक्तिगत घटना दर्ता गर्न रामधुनी नगरपालिकाको आव्हवान, राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाकालागि दर्ता आवश्यक

by By: रामधुनी खबर
बैशाख ३, २०७९
550

राख संवाददाता
झुम्का, बैशाख ३ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरेको छ । ‘सबैले व्यक्तिगत घटना दर्ता गरौं, गराऔं’ नारा सहित २०७९ बैशाख १ गते देखि ७ गते सम्म देशैभरी सुरु भएको हो ।
सप्ताह अन्तर्गत रामधुनी नगरपालिकाले सम्पुर्णमा व्यक्तिगत घटना दर्ता गर्न आव्हवान गरेको छ । वडा कार्यालय तथा नगरपालिकामा आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउन सकिन्छ । जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद दर्ता जस्ता व्यक्तिगत घटना दर्ता गर्न सकिन्छ । त्यसैगरी योग्यता पुगेका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नकालागि विवरण समेत दर्ता गराउन सकिन्छ ।
व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।
दर्ता सप्ताह संचालनमा फरक क्षमता भएका नागरिक, गर्भवती महिला, वृद्धवृद्धा तथा लोपोन्मुख जातिलाई विशेष प्राथमिकता दिन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ । व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षाभत्ता सम्वन्धिकुनै गुनासो भएमा दर्ता सप्ताह संचालन समयमा गुनासो समेत दर्ता गर्न सकिन्छ ।
निजी घटना गर्ने स्थानीय पञ्जिकाधिकारी नगरपालिकाहरुका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारी हुन् । गाउँपालिकाको हकमा गा.पा.को सचिव र गा.पाको सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले तोकिदिएको स्थानीय निकायको कर्मचारी हुन् ।

अगाडिकाे पाेस्ट

इलाका प्रहरी पकलीका प्रहरी निरीक्षक प्रकाश श्रेष्ठ सरुवा, कार्यअवधिकोे प्रमुख चुनौती सडक दुर्घटना

अर्काे पाेस्ट

रामधुनी नगरपालिकामा १५ जना मेयर पदको उम्मेदवारी मध्ये ९ जना स्वतन्त्रमा (नाम सहित)

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft