मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीका १२ वटै मतदान स्थलमा बिहानै देखि मतदाताहरुको भिड

by By: रामधुनी खबर
बैशाख ३०, २०७९
597

सुनिल चौधरी
झुम्का, बैशाख ३० । स्थानीय तहको मतदान सुरु भएको छ । देशैभर विहान ७ बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।
आगामी ५ बर्षकालागि जनप्रतिनिधि चुन्न मतदाताहरु बिहानै देखि मतदान स्थलमा पुगेका छन । रामधुनीका १२ वटै मतदान स्थलमा मतदाताहरुको भिड देखिएको छ । प्रत्येक मतदान बुथ केन्द्रहरुमा सुरक्षा कर्मीहरुको तैनाथी रहेको देखिन्छ ।
मतदान गर्न मतदाताको क्रम संख्या चिट लिएर जानु पर्ने देखिएको छ । मतदाताको कुन बुथमा क्रम संख्या रहेको छ, सो बुथमा जानकारी लिएर जानु पर्ने हुन्छ । मतदाताको क्रमसंख्या चिट लिएर जानु पर्ने र निर्वाचन कार्यालयले सो को लागि कुनै व्यवस्थापन गर्न नसक्दा मतदाताहरुमा झण्झटिलो देखिएको छ ।
रामधुनी १ नं. वडाको भादगाउँ सिनुवारी मा.वि.झुम्कामा मतदान भैरहेको छ । मतदान स्थलमा ५ बुथ केन्द्रहरु (क), (ख), (ग), (घ) र (ङ) राखिएको छ । प्रत्येक बुथ केन्द्रमा सुरक्षा कर्मीहरुले सुरक्षा दिइरहेको छ ।
रामधुनी २ नं. वडामा शिवनगर मा.वि.शिवनगरमा मतदान भै रहेको छ । मतदान बुथ केन्द्रहरु (क), (ख), (ग) र (घ) गरी ४ वटा रहेको छ ।
रामधुनी ३ नं. वडामा जनता मा.वि सिंगियामा मतदान सुरु भएको छ । जनता मा.वि सिंगियामा मतदान बुथ केन्द्रहरु (क), (ख), (ग), (घ) र (ङ) गरी ५ वटा रहेको छ ।
रामधुनी ४ नं. वडामा रामधुनी मा.वि लालपुरमा मतदान हुदै छ । रामधुनी मा.वि लालपुरमा मतदान बुथ केन्द्रहरु (क), (ख), (ग), (घ) र (ङ) गरी ५ वटा रहेको छ ।
रामधुनी ५ नं. वडामा सुनसरी मोरंग सिं.आ.स.डि.का.मा मतदान भै रहेको छ । सुनसरी मोरंग सिं.आ.स.डि.का.मा मतदान बुथ केन्द्रहरु (क), (ख), (ग), (घ) र (ङ) गरी ५ वटा रहेको निर्वाचन अधिकृतको कार्यालय रामधुनीले जनाएको छ ।
यस्तै रामधुनी ६ नं. वडामा मतदान स्थल २ वटामा पञ्चायत मा.वि. इचौल र आदर्श मा.वि.मा मतदान सुरु भएको छ । पञ्चायत मा.वि. इचौलमा ३ मतदान बुथ केन्द्रहरु रहेको छ भने आदर्श मा.वि.मा ३ मतदान बुथ केन्द्रहरु रहेको छ । पञ्चायत मा.वि. इचौलमा मतदान बुथ केन्द्रहरु (क), (ख) र (ग) गरी ३ वटा रहेकोे छ । आदर्श मा.वि.मा पनि (क), (ख) र (ग) गरी ३ वटा बुथ केन्द्र रहेकोे छ ।
रामधुनी ७ नं. वडामा मतदान स्थल २ वटा पञ्चायत मा.वि. कुमरखत र पञ्चायत आधारभुत विद्यालय पञ्चायनधाममा मतदान हुदै छ । पञ्चायत मा.वि. कुमरखतमा ३ मतदान बुथ केन्द्रहरु छ भने र पञ्चायत आधारभुत विद्यालय पञ्चायनधाममा पनि ३ मतदान बुथ केन्द्रहरु रहेको छ ।
रामधुनी ८ नं. वडामा शेहरा आधारभुत विद्यालय डुम्राहामा मतदान हुदै छ । सो मतदान स्थल अन्तर्गत ४ मतदान बुथ केन्द्रहरु छन । शेहरा आधारभुत विद्यालय डुम्राहामा मतदान बुथ केन्द्रहरु (क), (ख), (ग) र (घ) गरी ४ वटा रहेको छ ।
यसैगरी रामधुनी ९ नं. वडामा मतदान स्थल २ वटा शनिचरे मा.वि. डुम्राहा र चन्द्रकमल मा.वि. मिर्चैयामा मतदान सुरु भएको छ । शनिचरे मा.वि. डुम्राहामा १ मतदान गर्ने बुथ केन्द्र रहेको छ भने चन्द्रकमल मा.वि. मिर्चैयामा ३ मतदान बुथ केन्द्रहरु रहेको छ । चन्द्रकमल मा.वि. मिर्चैयामा (क),(ख),(ग) बुथ केन्द्र मा मतदान भै रहेको निर्वाचन अधिकृत छ ।

अगाडिकाे पाेस्ट

स्थानीय तहको मतदान सुरु, रामधुनीका १२ वटै मतदान स्थलमा बिहानै देखि मतदाताहरुको भिड

अर्काे पाेस्ट

रामधुनीको मतपेटिका संकलन हुदै, रामधुनी वडा नं. १ को ७२.८० प्रतिशत मत खस्यो

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft