मिति : २०८३ भदौ ३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा कृषि उत्पादनमा आत्मनिर्भर बनाउन नीति, कार्यक्रम र बजेट प्राथमिक्तामा

by By: रामधुनी खबर
असार ११, २०७९
805

राख संवाददाता
झुम्का,असार ११ । रामधुनी नगरपालिकाले शुक्रवार नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । आगामी आर्थिक बर्षकालागि ल्याएको बजेटमा कृषि क्षेत्रको विकास प्राथमिक्तामा राखेको छ ।
नगरमा मुख्य कृषि पेशामा अबद्ध रहेकाले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन नीति तथा कार्यक्रम र बजेट प्राथमिक्तामा राखेर रु १ करोड ९५ लाख २० हजार विनियोजन गरेको छ । पर्यटन र पुर्वाधार, समृद्ध रामधुनीको आधार भन्ने दिर्घकालिन सोचलाई सार्थक बनाउन कृषि पुर्वाधार र व्यवसायलाई आधुनिकीकरण तथा यान्त्रिकरण सहित उत्पादन बृद्धिगरी आत्मनिर्भर बनाउने नीति लिएको छ ।
कृषि उत्पादन तथा उत्पादकत्वमा अभिबृद्धि तथा कृषि क्षेत्रमा युवा परिचालन गर्ने प्रमुख प्राथमिक्तामा राखेको छ । स्थापना भएको धान बाली,माछा,मकै पकेट विकास कार्यक्रममा क्रमश रु ६ लाख, रु ७ लाख, रु १२ लाख विनियोजन गरेको छ । किसान सुचिकरण,खाद्यान्न बालीको उन्नत बिउँ उपयोग अनुदान,धान बाली प्रवद्र्धन कार्यक्रम,उन्नत बिउँ वितरकलाई प्रोत्साहनको बजेट सहित लक्ष्य लिएको छ ।
रामधुनी ६ ढेरीगाउँ, बक्लौरी, वडा नं. ८ र ९ को डुम्राहामा कृषि बजार निर्माण गर्न रु ६० लाख बजेट सहितको योजना रहेको छ । अनुदानमा मकैको बिउँ वितरण,कौशी तरकारी खेती विस्तार,७५ प्रतिशत अनुदानमा इलेक्ट्रोनिक मोटर सहित बोरिङ्ग जडान,५० प्रतिशत अनुदानमा पावर टिलर वितरण, ७५ प्रतिशत अनुदानमा बर्खे फलफुल वितरण, ७५ प्रतिशत अनुदानमा नाप तौलका सामाग्री वितरण गर्ने बजेट सहितको योजना ल्याएको छ ।
प्शुपन्छी क्षेत्रकालागि वडा तथा नगरपालिका स्तरीय विभिन्न योजना तथा कार्यक्रमकालागि रु ७६ लाख ५० हजार बजेट विनियोजन गरेको छ । जस्मा गुणस्तरीय स्वच्छ र दिगो पशुपन्छी जन्य उत्पादन, सुरक्षा सहितको खाद्य सम्प्रभुता, कुपोषणको समस्या न्युनिकरण, स्वच्छ एवं गुणस्तरीय पशुपन्छीजन्य उत्पादनका माध्यमबाट रामधुनीलाई आर्थिक, खाद्य तथा पोषणमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीमा थारु भाषामा पठन पाठनकालागि स्थानीय पाठ्यक्रम निर्माणगरी विमोचन

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाद्धारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft