राख संवाददाता
झुम्का,भदौ १२ । झुम्का जेसीजले तीज तथा रैब पर्वको अवसरमा आइतवार एक कार्यक्रमगरी शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यता तथा जेसीज महिला कार्यक्रम संयोजक सिता थरुनीको संयोजकत्वमा कार्यक्रम भएको हो ।
नेपाली संस्कार संस्कृतिलाई प्रवद्र्धन गर्न तीजको दर खाने र खुवाउने तथा थारु समुदायले मौलिक रुपमा मान्दै आएको रैब पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेका हुन् । नगर उपप्रमुख थापाले पर्वको अवसरमा सम्पुर्ण ब्रतालुहरुमा शुभकामना ब्यक्त गर्नु भयो । यसैगरी कार्यक्रममा सहभागी निवर्तमान उपप्रमुख सविना चौधरीले तीज र रैब पर्वको बारेमा बोल्दै पर्वको शुभकामना राख्नु भयो ।
संस्कार तथा परमपरा र पर्वहरुले आत्मबल, मनोबल, एकताको शन्देस दिने भएकोले यसलाई मौलिक तवरले संरक्षण गर्नु पर्ने झुम्का जेसीजका अध्यक्ष द्धारीका घिमिरेले कार्यक्रममा आफ्नो धारणा ब्यक्त गर्नु भयो । संगठित रुपलेनै हरेक समस्याको सामाधानहरु हल हुने भएकोले संगठित हुन आवश्यक रहेको भन्दै अध्यक्ष घिमिरेले सो संगठितको आधार जेसीज रहेको बताउनु भयो ।
जेसीजले यस बर्ष कार्यक्रमहरु साप्ताह रुपमा मनाउने भएको छ । भदौ ११ गते देखि भदौ १६ गते सम्म विविध कार्यक्रमगरी सप्ताह कार्यक्रम अन्तर्गत तीज तथा रैब पर्वको अवसरमा आइतवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको महिला कार्यक्रम संयोजक सिता थरुनीले बताउनु भयो ।
सप्ताह कार्यक्रममा भदौ ११ गते नगर स्तरीय दोस्रो खुल्ला ब्याडमिन्टन खेल सम्पन्न गरेको छ । भदौ १२ गते आज आइतवार तीज तथा रैब पर्वको शुभकामना आदान प्रदान, भदौ १३ गते बिद्यालयमा फुलवारी निर्माण तथा सरसफाई, भदौ १४ गते झुम्का बजारमा तीज तथा जितिया बिशेष कार्यक्रम २०७९, भदौ १५ गते युवा लक्षित ब्यक्तित्व विकास तथा प्रभावकारी प्रस्ुतती तालिम र भदौ १६ गते जेष्ठनागरिक म्युजिकल चेयर,पुरस्कार वितरण, सम्मान तथा जेसिज सप्ताह समापन गर्ने महा सचिव रोशन खड्काले जानकारी दिनु भयो ।

