मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

अस्तित्व संकटमा परेको धरोहर सशक्त संरक्षणको माग गर्दै ग्रामथान समितिको साधारण सभा सम्पन्न

by By: रामधुनी खबर
असोज २६, २०७९
512

राख संवाददाता
झुम्का,असोज २६ । थारु समुदायको ऐतिहासिक धरोहर डिहवार ग्रामथानको सशक्त संरक्षणको माग गर्दै मंगलवार ग्रामथान संरक्षण समितिको साधारण सभा सम्पन्न भएको छ । राज्यको विभेदकारी ऐन, नीतिका कारण अस्तित्व संकटमा परेकोे धार्मिक आस्थाको केन्द्रित ग्रामथान संरक्षणमा जोड दिदै ५ औँ साधारण सभा सम्पन्न भएको हो ।
इटहरी उपमहानगरपालिकाको मेयर हेककर्ण पौडेलको प्रमुख आतिथ्यता, उपमेयर संगीता चौधरी, रामधुनी नगरपालिका मेयर शंकरलाल चौधरी, गढी गाउँपालिकाको अध्यक्ष आशनारायण चौधरीको उपस्थिती तथा ग्रामथानपति, गहदार, जेवार लगायतका अधिकार कर्मीहरुको सहभागीतामा थारु मौलिक लोक कला सहितको विविध मौलिक प्रवद्र्धनका कार्यक्रम गरी साधारण सभा गरेको छ ।
थारु अधिकार तथा ग्रामथान संरक्षणमा सहयोग गर्ने इटहरी उपमहानगर पालिकाका मेयर पौडेल र उपमेयर चौधरीलाई सम्मान गरेको छ । थारु समुदायलाई पहिलो नागरिक घोषणा र ग्रामथान सुचिकृत गर्न गरिएको निर्णय प्रति स्वागत गर्दै समितिले उच्च सम्मान जनाउँदै सम्मान गरेकोे हो । यसैगरी रामधुनी नगरका मेयर, गढी गाउँपालिकाका अध्यक्ष चौधरीलाई कार्यसफलता र थारु प्रतिको ऐतिहासिक निर्णय गर्ने अपेक्षा सहित सम्मान गरेको ग्रामथान समितिले जनाएको छ ।
ग्रामथान समितिलाई सहयोग गर्ने अधिवक्ता रामराज चौधरी, पत्रकार सुमन पुरी, विवेक भट्टराई, साहित्यकार रामसागर चौधरी, महिनारायण दासलाई समेत सम्मान गरेको छ ।
‘तराई क्षेत्रको मूलवासी धर्ति पुत्र थारु समुदायले ठूलो योग्दान र बलिदान दिएका काराण हामी यस भूमिमा उभिन पाएका छौँ,’ इटहरी उपमहानगरपालिकाको मेयर पौडेलले सम्बोधन गर्दै भने, ‘पुरानो यहाँका अदिवासीको हाथबाट इटहरी क्षेत्रमा थारु समुदाय पहिलो नागरिकको घोषणा र ग्रामथान सुचिकृत निर्णय प्रतिको मुल्याङ्कगरी दिएको सम्मान मेरो जिवनको ऐतिहासिक क्षण र पहिलो भएको भन्दै थारु समुदाय प्रति उत्थानका लागि स्पष्ट धारणा रहेको बताए । यस समुदायले गरेको त्याग समपर्ण हेरेर इटहरी सरकारले वास्तविक निर्णय र न्याय गर्ने जानकारी दिए । पहिलो नागरिक घोषणा तथा बजेटले मात्र हुदैन आगामी शैक्षिक सत्र देखि थारु भाषाको पाठयक्रमलाई अध्ययनको सुरुवात समेत गर्ने प्रतिबद्धता जनाए ।
‘थारु समुदाय पहिलो नागरिक त्यतिकै भएको होइन, इतिहास साक्षि रहेको छ, पहिलो नागरिक ठूलो छाति भएको समुदाय बुझेका छौँ, ठूलो मुटु भएको सबैलाई अटाउँने मन भएको समुदाय रहेकोले अबका दिनहरुमा यस समुदायले सबै जातजातिलाई डोर्याएर जानु पर्छ, शोषणमा परेका जातिलाई न्यायको पक्षमा उभिएर जानु पर्ने मेयर पौडेलले बताए ।
साधारण सभामा समितिका अध्यक्ष तेजनारायण चौधरीले ग्रामथानको अवस्था र सशक्त संरक्षणको माग उठान र संस्थाले गरेका प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । थारुका पुर्खाहरु हैजा, मलेरिया, बिफर जस्ता महामारी कारण वंश विनास भए पनि तराईमा वस्न योग्य बनाएको समुदायको धरोहर ग्रामथान संकटपूर्ण अवस्था रहेको अध्यक्षले प्रतिवेदन मार्फत प्रस्तुत गरेका छन् ।
सुनसरीमा ५ सय भन्दा बढीको हाराहारीमा ग्रामथान रहेको अनुमान छ । सो मध्ये अधिकांस ग्रामथानको संकटपूर्ण अवस्थाको बारेमा जानकारी दिदै अध्यक्ष चौधरीले संरक्षित र नियमित पूजा भइरहेको ग्रामथान तर स्थानिय निकायको पहुचमा नभएको बताए । अतिक्रमणको सिकार भएकोहुँदा अतिक्रमण बिरुध्द भौतिक तथा कानूनि लडाई लड्दै गरेको जानकारी दिए ।
अतिक्रमणले उजाडिएको र विस्थापित भएको ग्रामथान धरोहर अस्तित्व संकटमा रहेको र नयाँ संरचनाका ग्रामथानहरु परम्परा देखि चिनिने ग्रामथानको संरचना बदलेर मन्दिरको स्वरुपमा बनेको र पहिचान गुमाएको अवस्था लगायत साँस्कृतिक भूमि, पानी घट्ट, साँस्कृतिक वन, गौचरण, पोखरी, नदी, पैनी अतिक्रमणमापरी लोप भै सकेको प्रतिवेदन मार्फत उठान गरेका हुन् । ग्रामथान नीतिगत संरक्षणकालागि सल्लाहकार पदम अधिकारीले संस्थाको विनियम प्रस्तुत गरेका थिए भने सचिव साबित्री चौधरीले आयब्यय प्रस्तुत गरिएको थियो । साधारण सभा इटहरी ८ बिच्छु धामी ग्रामथानको प्राङ्गनमा गरिएको थियो । ग्रामथानको मौलिक पूजा विधि, परम्परा अनुसार उद्धघाटगरी धामी पत्यौरी गर्दै महिलाहरुले धुम्रानाच देखाएर पुस्तान्तरको प्रयास गरिएको थियो ।
साधारण सभामा इटहरी उपमहानगरपालिका उपमेयर संगीता कुमारी चौधरी, रामधुनी नगरपालिका मेयर शंकरलाल चौधरी, गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी, इटहरी १६ का वडाअध्यक्ष तेजनारायण चौधरी, थारु कानून व्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी, थारु कल्याणकारिणी सभा(थाकस)जिल्ला उपाध्यक्ष जानकी चौधरी, थाकस इटहरी नगर अध्यक्ष रामरोहन चौधरी, थारु महिला उत्थान समाजकी अध्यक्ष सिता थरुनी, थारु महिला सभा रामधुनी अध्यक्ष लिलि चौधरी, गहदार चतुरलाल चौधरीले शुभकाकामना मन्तब्य राखेका थिए । साधारण सभामा उपस्थित एकसय भन्दा बढी गहदार, जेबार, थानपति, धामी, पत्यौरी खेल्नेलाई सम्मान गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

झुम्का जेसीजको तीज र नजिकिदै गरेको जितिया पाबैन लक्षित साँस्कतिक कार्यक्रम सम्पन्न

अर्काे पाेस्ट

रामधुनी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत दिक्षा कुमारीबाट प्रशासनिक कार्य संचालन

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft