मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत दिक्षा कुमारीबाट प्रशासनिक कार्य संचालन

by By: रामधुनी खबर
असोज २७, २०७९
463

राख संवाददाता
झुम्का,असोज २७ । रामधुनी नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा बिहिवार रामधुनी वडा नं. ७ की दिक्षा कुमारी भगत पद बहाली हुनुभयो । मेयर शंकरलाल चौधरी र उपमेयर तारा थापाले स्वागत गरेपछि नयाँ पद बहाल भएको प्रमुख प्रशासकीय अधिकृतबाट नगरपालिकाको प्रशासनिक कार्यहरु संचालन भयो ।
नगरपालिकामा बिहिवारका दिन लेखा शाखाका लागि २ वटा र घरनक्साका लागि १ वटा आएको निवेदनमाथी हस्ताक्षर गर्नुभयो । दिक्षा कुमारीको हस्ताक्षर गरेको निवेदन सम्बन्धित शाखामा लगियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत दिक्षा कुमारीले हस्ताक्षर गरेको निवेदनको सिफारीस लेखा शाखा र घरनक्सामा पछि समेत मिलाउँनेगरी कार्यन्वयन भयो ।
किशोरी तथा महिलाहरुले नेतृत्वमा कुशल कार्य संचालन गर्न सक्छन् भन्ने उधेश्यले दिक्षा कुमारी भगतलाई एक दिनको प्रमुख प्रशासकीय अधिकृतको रुपमा लिएको थियो । प्रमुख प्रशासकीय अधिकृत कमल थापाले सहज रुपमा वर्तमान अधिकृत दिक्षा कुमारीलाई योजनाका बारेमा बुझाउँदै थापा निवर्तमान अधिकृत भएका थिए । किशोरी तथा महिला नेतृत्व अनुभव र प्रोत्साहनकालागि अधिकृत थापाकै रोहवरमा निवेदनहरु हस्ताक्षरगरी पठाएको थियो ।
अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा रामधुनी नगरपालिकामा बालिका नेतृत्व र यसैसन्दर्भका कार्यक्रमहरु गर्दै आएको छ । गतबर्ष एक जना बालिकालाई मेयर पद धारणगरी एक दिनकालागि नेतृत्व गराएका थिए । यस बर्ष प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रोत्साहन गरेको छ ।
मेयर चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत थापाले बालमैत्रि स्थानीय शासन घोषणा गरेको नगरमा बालबालिकालाई नेतृत्वमा प्रोत्साहनका लागि यस प्रकारका कार्यक्रमहरु आयोजना गर्न आवश्यक रहेको बताउँनु भयो । उहाँले प्रमुख प्रशासकिय अधिकृत निजामति सेवा हुन् । यसका लागि लोक सेवा मार्फत अधिकृत हुन सक्ने प्रकृयाको बारेमा जानकारी दिनु भएको थियो ।
किशोरी तथा महिला नेतृत्व विकासमा नगरपालिका प्रतिबद्ध रहेको उपमेयर तारा थापाले बताउँनु भयो । नगरपालिकाबाट महिला लक्षित कार्यक्रमहरु विनियोजित रहेकोले समाजमा महिलाहरुको दयनीय अवस्था सुधार हुने अपेक्षा गर्नु भयो ।
बालिका विरुद्दका बलात्कार र यौन हिंसा जस्ता अपराधहरुको उजुरी बढ्दो क्रममा छ । हाम्रा सामु बालिकाहरुको विभेद र असमानताका अन्य विविध आयामहरु विद्यमान रहेकाछन् । यसका लागि बालबालिका सम्बन्धि ऐन २०७५ को तत्काल कार्यान्वयन, बालिका लक्षित कार्यक्रमहरुको विस्तार, स्थानीय तहमा बाल अधिकार समितिको गठन तथा परिचालन अत्यन्त जरुरी रहेको भन्दै बालिकाहरुको अवसर प्रबर्द्धन गर्ने, उनीहरुको सशक्तिकरण गर्दै समतामुलक, न्यायपुर्ण समृद्द बनाउँन कोकन संस्थाबाट मेयर चौधरीलाई प्रतिवेदन समेत बुझाएको छ ।
हालमा पनि समाजमा बालिका तथा महिला कमजोर हुन्छन् भन्ने मानसिक्ताबाट हेरीरहेकाले सोच परिवर्तन गर्न किशोरी तथा महिलाहरुले नेतृत्व समहाल्न सक्छन् भन्ने प्रोत्साहनका लागि कार्यक्रममा एक दिनको प्रमुख प्रशासकीय अधिकृत बनाएको कोकन संस्थाकी निलम चौधरीले जानकारी दिनुभयो ।
प्लान इन्टरनेशनलको सहयोगमा साँझा सवालका लागि साँझा मञ्च (कोकन) संस्थाले १० औ अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा शिक्षा शाखा, लेखा शाखा, बालबालिका शाखा, स्वास्थ्य शाखा, बालहेल्प डेक्स शाखाका प्रमुखहरु, कोकनकी निलम चौधरी र बराहक्षेत्र कोकन संयोजक लक्ष्मि परियारको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

अस्तित्व संकटमा परेको धरोहर सशक्त संरक्षणको माग गर्दै ग्रामथान समितिको साधारण सभा सम्पन्न

अर्काे पाेस्ट

रामधुनी नगरमा “गल्स टेकओभर” : बक्लौरी स्वास्थ्य चौकीको प्रमुख बनिन् खड्का

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft