मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत दिक्षा कुमारीबाट प्रशासनिक कार्य संचालन

by By: रामधुनी खबर
असोज २७, २०७९
480

राख संवाददाता
झुम्का,असोज २७ । रामधुनी नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा बिहिवार रामधुनी वडा नं. ७ की दिक्षा कुमारी भगत पद बहाली हुनुभयो । मेयर शंकरलाल चौधरी र उपमेयर तारा थापाले स्वागत गरेपछि नयाँ पद बहाल भएको प्रमुख प्रशासकीय अधिकृतबाट नगरपालिकाको प्रशासनिक कार्यहरु संचालन भयो ।
नगरपालिकामा बिहिवारका दिन लेखा शाखाका लागि २ वटा र घरनक्साका लागि १ वटा आएको निवेदनमाथी हस्ताक्षर गर्नुभयो । दिक्षा कुमारीको हस्ताक्षर गरेको निवेदन सम्बन्धित शाखामा लगियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत दिक्षा कुमारीले हस्ताक्षर गरेको निवेदनको सिफारीस लेखा शाखा र घरनक्सामा पछि समेत मिलाउँनेगरी कार्यन्वयन भयो ।
किशोरी तथा महिलाहरुले नेतृत्वमा कुशल कार्य संचालन गर्न सक्छन् भन्ने उधेश्यले दिक्षा कुमारी भगतलाई एक दिनको प्रमुख प्रशासकीय अधिकृतको रुपमा लिएको थियो । प्रमुख प्रशासकीय अधिकृत कमल थापाले सहज रुपमा वर्तमान अधिकृत दिक्षा कुमारीलाई योजनाका बारेमा बुझाउँदै थापा निवर्तमान अधिकृत भएका थिए । किशोरी तथा महिला नेतृत्व अनुभव र प्रोत्साहनकालागि अधिकृत थापाकै रोहवरमा निवेदनहरु हस्ताक्षरगरी पठाएको थियो ।
अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा रामधुनी नगरपालिकामा बालिका नेतृत्व र यसैसन्दर्भका कार्यक्रमहरु गर्दै आएको छ । गतबर्ष एक जना बालिकालाई मेयर पद धारणगरी एक दिनकालागि नेतृत्व गराएका थिए । यस बर्ष प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रोत्साहन गरेको छ ।
मेयर चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत थापाले बालमैत्रि स्थानीय शासन घोषणा गरेको नगरमा बालबालिकालाई नेतृत्वमा प्रोत्साहनका लागि यस प्रकारका कार्यक्रमहरु आयोजना गर्न आवश्यक रहेको बताउँनु भयो । उहाँले प्रमुख प्रशासकिय अधिकृत निजामति सेवा हुन् । यसका लागि लोक सेवा मार्फत अधिकृत हुन सक्ने प्रकृयाको बारेमा जानकारी दिनु भएको थियो ।
किशोरी तथा महिला नेतृत्व विकासमा नगरपालिका प्रतिबद्ध रहेको उपमेयर तारा थापाले बताउँनु भयो । नगरपालिकाबाट महिला लक्षित कार्यक्रमहरु विनियोजित रहेकोले समाजमा महिलाहरुको दयनीय अवस्था सुधार हुने अपेक्षा गर्नु भयो ।
बालिका विरुद्दका बलात्कार र यौन हिंसा जस्ता अपराधहरुको उजुरी बढ्दो क्रममा छ । हाम्रा सामु बालिकाहरुको विभेद र असमानताका अन्य विविध आयामहरु विद्यमान रहेकाछन् । यसका लागि बालबालिका सम्बन्धि ऐन २०७५ को तत्काल कार्यान्वयन, बालिका लक्षित कार्यक्रमहरुको विस्तार, स्थानीय तहमा बाल अधिकार समितिको गठन तथा परिचालन अत्यन्त जरुरी रहेको भन्दै बालिकाहरुको अवसर प्रबर्द्धन गर्ने, उनीहरुको सशक्तिकरण गर्दै समतामुलक, न्यायपुर्ण समृद्द बनाउँन कोकन संस्थाबाट मेयर चौधरीलाई प्रतिवेदन समेत बुझाएको छ ।
हालमा पनि समाजमा बालिका तथा महिला कमजोर हुन्छन् भन्ने मानसिक्ताबाट हेरीरहेकाले सोच परिवर्तन गर्न किशोरी तथा महिलाहरुले नेतृत्व समहाल्न सक्छन् भन्ने प्रोत्साहनका लागि कार्यक्रममा एक दिनको प्रमुख प्रशासकीय अधिकृत बनाएको कोकन संस्थाकी निलम चौधरीले जानकारी दिनुभयो ।
प्लान इन्टरनेशनलको सहयोगमा साँझा सवालका लागि साँझा मञ्च (कोकन) संस्थाले १० औ अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा शिक्षा शाखा, लेखा शाखा, बालबालिका शाखा, स्वास्थ्य शाखा, बालहेल्प डेक्स शाखाका प्रमुखहरु, कोकनकी निलम चौधरी र बराहक्षेत्र कोकन संयोजक लक्ष्मि परियारको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

अस्तित्व संकटमा परेको धरोहर सशक्त संरक्षणको माग गर्दै ग्रामथान समितिको साधारण सभा सम्पन्न

अर्काे पाेस्ट

रामधुनी नगरमा “गल्स टेकओभर” : बक्लौरी स्वास्थ्य चौकीको प्रमुख बनिन् खड्का

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft