मिति : २०८२ जेठ ४ गते (सनिबार)
मौसम : 26.2°C(overcast clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का बजारमा भगवान श्रीकृष्णको भक्तिभाव रथयात्रा तथा साँस्कृतिक भक्तिसंगीत कार्यक्रम

by By: रामधुनी खबर
भदौ २१, २०८०
321

चन्द्रकला चौधरी
झुुम्का,भदौ २१ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा बिहिवार रामधुनीको झुम्का बजारमा रथयात्रा गरिएको छ । झुुम्का उद्योग बाणिज्य संघ रामधुनीको आयोजनामा झुम्केश्वर मन्दिरबाट सुरुगरी बजार परिक्रमा गर्दै रथयात्रा सम्पन्न गरेको हो ।
रथयात्रामा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री बिभुषित जगतगुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराज श्री को सहभागीता रहेको थियो । झुम्काको रथयात्रा १९ औँ रथयात्रा रहेको छ । भगवान श्री कृष्णको रथयात्राले झुम्का बजार धार्मिक साँस्कृतिक पहिचानमा प्रवद्र्धन भएको छ । रामधुनी नगर भगवान श्री रामको ऐतिहासिक पावन भूमिमा थप धार्मिक पर्यटनका लागि उठान समेत भएको छ ।
रथयात्रा झुम्केश्वर मन्दिरबाट सुरु गर्दै लगुनाचोक, कान्छीचोक, शिवचोक हुँदै पुनःझुम्केश्वर मन्दिरमा समापन गरेको छ । रथयात्रामा धार्मिक संघसंगठनहरुको बृहत सहभागीता रहको थियो । सनातन हिन्दुधर्मको झण्डा सहित भक्तजनहरुको सहभागाीताले रथयात्रामा रौनकता थपेको थियो । विभिन्न समुदायका साँस्कृतिक झाँकीले रथयात्राको भब्यता प्रदान गरेको थियो ।


यसैगरी झुम्काको जितमहान चोकमा साँस्कृतिक भक्तिसंगीत गर्दै कृष्ण जन्मअष्टमी मनाएको छ । भक्तिसंगीत संगै कृष्ण जन्मअष्टमी मेला यस बर्ष समेतको ३५ औँ पटक मनाएको शान्ति चौधरीले जानकारी दिइन् । बुुबा स्वर्गीय हरिनारायण चौधरी र आमा पवनी थरुनी उहाँहरु गाउँटोल सम्पूर्णमा कल्याणका लागि मनाउँदै आएको कृष्ण जन्मअष्टमी निरन्तरता दिदै यस पटक अष्टजाम सहितको भक्तिसंगीत कार्यक्रम गरेको महेश चौधरीले बताए ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा मनाइने वार्षिक पर्व हो । कृष्णा जन्माष्टमीमा भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।


ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।

अगाडिकाे पाेस्ट

मानव अधिकार आयोगको अनुगमन,इनरुवा नगरपालिकाको डम्पिङ साइड कानुन विपरित रहेको निष्कर्ष

अर्काे पाेस्ट

रामधुनी १ नं.वडा महिला समिति र थारु महिला उत्थानको दर खाने तथा तिज बिशेष कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

समाचार

सेतो गुराँस आधारभूत विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम

पुष २४, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष १९ । श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय इटहरी–८ ले बिहिवार अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम सम्पन्न गरेकोे छ । विपन्न दलित...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft