मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का बजारमा भगवान श्रीकृष्णको भक्तिभाव रथयात्रा तथा साँस्कृतिक भक्तिसंगीत कार्यक्रम

by By: रामधुनी खबर
भदौ २१, २०८०
344

चन्द्रकला चौधरी
झुुम्का,भदौ २१ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा बिहिवार रामधुनीको झुम्का बजारमा रथयात्रा गरिएको छ । झुुम्का उद्योग बाणिज्य संघ रामधुनीको आयोजनामा झुम्केश्वर मन्दिरबाट सुरुगरी बजार परिक्रमा गर्दै रथयात्रा सम्पन्न गरेको हो ।
रथयात्रामा नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री बिभुषित जगतगुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराज श्री को सहभागीता रहेको थियो । झुम्काको रथयात्रा १९ औँ रथयात्रा रहेको छ । भगवान श्री कृष्णको रथयात्राले झुम्का बजार धार्मिक साँस्कृतिक पहिचानमा प्रवद्र्धन भएको छ । रामधुनी नगर भगवान श्री रामको ऐतिहासिक पावन भूमिमा थप धार्मिक पर्यटनका लागि उठान समेत भएको छ ।
रथयात्रा झुम्केश्वर मन्दिरबाट सुरु गर्दै लगुनाचोक, कान्छीचोक, शिवचोक हुँदै पुनःझुम्केश्वर मन्दिरमा समापन गरेको छ । रथयात्रामा धार्मिक संघसंगठनहरुको बृहत सहभागीता रहको थियो । सनातन हिन्दुधर्मको झण्डा सहित भक्तजनहरुको सहभागाीताले रथयात्रामा रौनकता थपेको थियो । विभिन्न समुदायका साँस्कृतिक झाँकीले रथयात्राको भब्यता प्रदान गरेको थियो ।


यसैगरी झुम्काको जितमहान चोकमा साँस्कृतिक भक्तिसंगीत गर्दै कृष्ण जन्मअष्टमी मनाएको छ । भक्तिसंगीत संगै कृष्ण जन्मअष्टमी मेला यस बर्ष समेतको ३५ औँ पटक मनाएको शान्ति चौधरीले जानकारी दिइन् । बुुबा स्वर्गीय हरिनारायण चौधरी र आमा पवनी थरुनी उहाँहरु गाउँटोल सम्पूर्णमा कल्याणका लागि मनाउँदै आएको कृष्ण जन्मअष्टमी निरन्तरता दिदै यस पटक अष्टजाम सहितको भक्तिसंगीत कार्यक्रम गरेको महेश चौधरीले बताए ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा मनाइने वार्षिक पर्व हो । कृष्णा जन्माष्टमीमा भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।


ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।

अगाडिकाे पाेस्ट

मानव अधिकार आयोगको अनुगमन,इनरुवा नगरपालिकाको डम्पिङ साइड कानुन विपरित रहेको निष्कर्ष

अर्काे पाेस्ट

रामधुनी १ नं.वडा महिला समिति र थारु महिला उत्थानको दर खाने तथा तिज बिशेष कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft