मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मानव अधिकार आयोगको अनुगमन,इनरुवा नगरपालिकाको डम्पिङ साइड कानुन विपरित रहेको निष्कर्ष

by By: रामधुनी खबर
भदौ १५, २०८०
487

सुनिल चौधरी
झुम्का, भदौ १५ । नेपालको संविधान धारा ३० ले ‘स्वच्छ वातावरणको हक’ सुरक्षित गरिएको छ । प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुने उल्लेख छ । तर इनरुवा ८ बंकुुल्वामा इनरुवा नगरपालिकाले त्याहाको वातावरण परिक्षण अध्ययननै नगरी डम्पिङ साइड बनाउनु कानुन विपरित रहेको राष्ट्रिय मानव अधिकार आयोग विराटनगर कोशी प्रदेशले जनाएको छ ।
नगरपालिकाले स्थानीयको गुनासो वेवास्ता र स्थानीय टोलमा सार्वजानिक सुनुुवाई समेत नगरी डम्पिङ साइड बनाउनुु कानुुन विपरित रहेको भन्दै मानव अधिकार आयोगले बिमति जनाएको छ । मंगलवार आयोगका प्रमुख पवन कुमार भट्टको नेतृत्वमा मानव अधिकार अधिकृत चिरन्जीवि कोइरालाले अनुुगमन गरिएको थियो ।
‘उराँव वस्ती भन्दा एक किलोमिटर दुरी हुनुपर्ने त्यो देखिएको छैन, दुुई सय मिटर समेत दुरी नराखी डम्पिङ साइड राख्नु नियम विपरित हो, खोला पनि नजिकै छ, खोलाको पानी दुषित हुने समेत देखिएको हुँदा नगरपालिकाले यसमा वेवास्ता नगर्दा राम्रो, स्थानीय सरकार पनि कानुनको सिमा भित्र रहनुपर्छ, सरकार भन्दा माथी कानुन पनि छन्’ आयोगका प्रमुख पवन कुमार भट्टले बताउँनु भयो ।


मानव अधिकार आयोगका प्रतिनिधिले इनरुवा नगरपालिकाको कानुन विपरित डम्पिङ साइड मापदण्ड पुु¥याएर मात्र निमार्ण कार्य गर्न सुुझाव दिएका छन् । आयोगका प्रमुख भट्ट सहितको टोली नगरपालिकामा नगर प्रमुख नभेटिएको, मोबाइल सम्पर्क गर्दा पनि सम्पर्क हुन नसक्दा अधिकृतलाई भेटघाटगरी वातावरण अध्ययन प्रतिवेदन, सार्वजानिक सुनुुवाई लगायत स्थानीयको अधिकार उलंघन नहुने कार्य गर्न सुुझाव र कार्यन्वयन गर्न आग्रह गरिएको बताउनुु भयो ।
उराँव समुदायको त्याहा धार्मिक, साँस्कृति कर्म गर्ने ऐतिहासिक भूमि, खेलमैदान, गौचरण रहेकोले त्यसप्रति नगरपालिकाले ध्यान नदिएकोमा मानव अधिकार बिराटनगरले आपति जनाएको छ । सुनसरी खोला भन्दा १० मिटरको दुरी पनि छैन्, फोहोर फाल्दा पानी दुषित हुने देखिएको छ, यसले त्याहाका स्थानीयहरुमा वातावरण अधिकार हनन् भएको महसुस गर्दै गरिएको बिरोध र उनीहरुको माग जायज रहेको मानवअधिकार आयोग बिराटनगरले जनाएको हो ।
यसभन्दा पहिले आदिवासी मानव अधिकास सम्बन्धि वकिलहरुको समुह (लाहुर्निप) समेतको सुनसरीका आदिवासी मानव अधिकार प्रतिरक्षकले अनगुमन गर्दा डम्पिङ साइड मापदण्ड विपरित रहेको आदिवासी मानव अधिकार प्रतिरक्षक क्षेत्रिय प्रमुख गोपाल देवानले बताए ।


इनरुवा नगरपालिका वडा नं. ८ बंकुल्वा टोल स्थित उराँव बस्ति नजिकै नगरपालिकाले मापदण्ड विपरित र अव्यवस्थित रुपले फोहोर फ्याल्दा त्याहाका उराँव वस्तिका समुदाय बिरोध जनाउँदै आएका छन् । डम्पिङ साइडले वस्तीमा महामारीकै असर देखिन थालेपछि स्थानीयले फोहोर फाल्न रोक्न खोज्दा नगरपालिकाले प्रहरी प्रशासन लगाएर कुटपिट समेत गरिएको थियो । कुटपिटका घटना श्रावण ९ गते भएको बताए । कुटपिटबाट सम्झना उराँव, सरिता उराँव घाइते भएका छन् । उनीहरुलाई धम्कि समेत आइरहेको रामकिशुन उराँवले बताए ।
डम्पिङ साइड कम्तिमा वस्ती भन्दा पाँच सय मिटरको दुरीमा हुनुुपर्नेमा दुुई सय मिटर दुरी समेत नराखी वस्तीमा प्रभावित हुनेगरी अव्यवस्थित फोहोर फाल्ने गरेको छ । फोहोरले १४५ घरधुरी उराँव समुदायमा महामारी हुने त्रास बढेको छ ।

अगाडिकाे पाेस्ट

इलाका प्रहरी पकली प्रमुखमा प्रहरी निरिक्षक केशव गौतमलाई स्वागत र गजेन्द्र राया लाई विदाई

अर्काे पाेस्ट

झुम्का बजारमा भगवान श्रीकृष्णको भक्तिभाव रथयात्रा तथा साँस्कृतिक भक्तिसंगीत कार्यक्रम

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft