मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मानव अधिकार आयोगको अनुगमन,इनरुवा नगरपालिकाको डम्पिङ साइड कानुन विपरित रहेको निष्कर्ष

by By: रामधुनी खबर
भदौ १५, २०८०
466

सुनिल चौधरी
झुम्का, भदौ १५ । नेपालको संविधान धारा ३० ले ‘स्वच्छ वातावरणको हक’ सुरक्षित गरिएको छ । प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुने उल्लेख छ । तर इनरुवा ८ बंकुुल्वामा इनरुवा नगरपालिकाले त्याहाको वातावरण परिक्षण अध्ययननै नगरी डम्पिङ साइड बनाउनु कानुन विपरित रहेको राष्ट्रिय मानव अधिकार आयोग विराटनगर कोशी प्रदेशले जनाएको छ ।
नगरपालिकाले स्थानीयको गुनासो वेवास्ता र स्थानीय टोलमा सार्वजानिक सुनुुवाई समेत नगरी डम्पिङ साइड बनाउनुु कानुुन विपरित रहेको भन्दै मानव अधिकार आयोगले बिमति जनाएको छ । मंगलवार आयोगका प्रमुख पवन कुमार भट्टको नेतृत्वमा मानव अधिकार अधिकृत चिरन्जीवि कोइरालाले अनुुगमन गरिएको थियो ।
‘उराँव वस्ती भन्दा एक किलोमिटर दुरी हुनुपर्ने त्यो देखिएको छैन, दुुई सय मिटर समेत दुरी नराखी डम्पिङ साइड राख्नु नियम विपरित हो, खोला पनि नजिकै छ, खोलाको पानी दुषित हुने समेत देखिएको हुँदा नगरपालिकाले यसमा वेवास्ता नगर्दा राम्रो, स्थानीय सरकार पनि कानुनको सिमा भित्र रहनुपर्छ, सरकार भन्दा माथी कानुन पनि छन्’ आयोगका प्रमुख पवन कुमार भट्टले बताउँनु भयो ।


मानव अधिकार आयोगका प्रतिनिधिले इनरुवा नगरपालिकाको कानुन विपरित डम्पिङ साइड मापदण्ड पुु¥याएर मात्र निमार्ण कार्य गर्न सुुझाव दिएका छन् । आयोगका प्रमुख भट्ट सहितको टोली नगरपालिकामा नगर प्रमुख नभेटिएको, मोबाइल सम्पर्क गर्दा पनि सम्पर्क हुन नसक्दा अधिकृतलाई भेटघाटगरी वातावरण अध्ययन प्रतिवेदन, सार्वजानिक सुनुुवाई लगायत स्थानीयको अधिकार उलंघन नहुने कार्य गर्न सुुझाव र कार्यन्वयन गर्न आग्रह गरिएको बताउनुु भयो ।
उराँव समुदायको त्याहा धार्मिक, साँस्कृति कर्म गर्ने ऐतिहासिक भूमि, खेलमैदान, गौचरण रहेकोले त्यसप्रति नगरपालिकाले ध्यान नदिएकोमा मानव अधिकार बिराटनगरले आपति जनाएको छ । सुनसरी खोला भन्दा १० मिटरको दुरी पनि छैन्, फोहोर फाल्दा पानी दुषित हुने देखिएको छ, यसले त्याहाका स्थानीयहरुमा वातावरण अधिकार हनन् भएको महसुस गर्दै गरिएको बिरोध र उनीहरुको माग जायज रहेको मानवअधिकार आयोग बिराटनगरले जनाएको हो ।
यसभन्दा पहिले आदिवासी मानव अधिकास सम्बन्धि वकिलहरुको समुह (लाहुर्निप) समेतको सुनसरीका आदिवासी मानव अधिकार प्रतिरक्षकले अनगुमन गर्दा डम्पिङ साइड मापदण्ड विपरित रहेको आदिवासी मानव अधिकार प्रतिरक्षक क्षेत्रिय प्रमुख गोपाल देवानले बताए ।


इनरुवा नगरपालिका वडा नं. ८ बंकुल्वा टोल स्थित उराँव बस्ति नजिकै नगरपालिकाले मापदण्ड विपरित र अव्यवस्थित रुपले फोहोर फ्याल्दा त्याहाका उराँव वस्तिका समुदाय बिरोध जनाउँदै आएका छन् । डम्पिङ साइडले वस्तीमा महामारीकै असर देखिन थालेपछि स्थानीयले फोहोर फाल्न रोक्न खोज्दा नगरपालिकाले प्रहरी प्रशासन लगाएर कुटपिट समेत गरिएको थियो । कुटपिटका घटना श्रावण ९ गते भएको बताए । कुटपिटबाट सम्झना उराँव, सरिता उराँव घाइते भएका छन् । उनीहरुलाई धम्कि समेत आइरहेको रामकिशुन उराँवले बताए ।
डम्पिङ साइड कम्तिमा वस्ती भन्दा पाँच सय मिटरको दुरीमा हुनुुपर्नेमा दुुई सय मिटर दुरी समेत नराखी वस्तीमा प्रभावित हुनेगरी अव्यवस्थित फोहोर फाल्ने गरेको छ । फोहोरले १४५ घरधुरी उराँव समुदायमा महामारी हुने त्रास बढेको छ ।

अगाडिकाे पाेस्ट

इलाका प्रहरी पकली प्रमुखमा प्रहरी निरिक्षक केशव गौतमलाई स्वागत र गजेन्द्र राया लाई विदाई

अर्काे पाेस्ट

झुम्का बजारमा भगवान श्रीकृष्णको भक्तिभाव रथयात्रा तथा साँस्कृतिक भक्तिसंगीत कार्यक्रम

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft