मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

भारतीय आर्मी भरत कनौजियाले ‘जय गोर्खा’ भन्दै झुम्का स्थित भू.पू.आर्मी जिवित प्रमाणपत्र शिविरमा सहभागी

by By: रामधुनी खबर
भदौ २८, २०८०
384

राख संवाददाता
झुम्का,भदौ २८ । भारतीय भूत पूर्व सैनिक संस्था रामधुनी नगर समितिको आयोजनामा बिहिवार रामधुनीको झुम्कामा भू.पू.सैनिक (आर्मी) जिवित प्रमाण–पत्र शिविर संचालन गरेको छ । भारतीय आर्मीमा आबद्ध भएर भारत सरकारको सेवा गरेका पेन्शन प्राप्त कर्ताहरुलाई जिवितै छन् भन्ने हस्ताक्षरका लागि शिविर संचालन गरेको हो ।
शिविरमा भारतीय आर्मी तथा भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय धरानका प्रमुख भरत कनौजियाले जय गोरख (गोर्खा) भन्दै भू.पू.सैनिकहरुलाई सम्मान गरेका्े छ । जय गोरख शब्दले सुुरुवात गरेको मन्तब्य भारत सरकारले दिने भू.पू. सैनिकहरुको पेन्सनमा ४२ प्रतिशन बृद्धि गरेको जानकारी दिए ।
भारत सरकारले भारतमा सेवा गरे वापत तिन पुस्ते पेन्सन दिने गरेको छ । प्रत्यक्ष सेवा गरेकाले लिने ‘सर्भिस पेन्सन’ रहेको बताए । सेवा गरेका ब्यक्ति मृत्युपश्चात दिने उन्को श्रीमतीलाई ‘फेमेली पेन्सन’ दिने गरेको छ भने आमा बुवाको मृत्युपछि छोरा छोरीलाई दिने पेन्सन ‘मदरलेस अडिनरी फमेली पेन्सन’ (एम.ओ.एफ.पी.) पेन्सन रहेको बताए । तिन वटै प्रकारका पेन्सन बार्षिक रुपमा जिविति प्रमाण दिनु पर्ने भारतीय आर्मी तथा भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय धरानका प्रमुख कनौजियाले जानकारी दिए ।


जिवन (लाइफ) फारम भर्ने तथा हस्ताक्षर गरिसकेपछी उनीहरु पेन्सन पाउने हुन्छ । प्रत्यक्ष जागिर गरेकाले सर्भिस पेन्सनका लागि लाईफ सर्टीफिकेट मात्र दिए प्रमाणित हुन्छ । सेवा गरेका ब्यक्ति मृत्युपश्चात दिने उन्को श्रीमतीलाई फेमिली पेन्सनका लागि लाइफ सर्टीफिकेट र ५० बर्ष मुनिकाले अर्को संग विवाह नगरेको प्रमाण दिनुपर्ने हुन्छ । यसैगरी आमा बुवाको मृत्युपश्चात दिने छोरा छोरीलाई दिने (एम.ओ.एफ.पी.) पेन्सनको हकमा लाइफ सर्टीफिकेट, अविवाहित हुनुुपर्ने, जारि नभएको हुनुुपर्ने र १४ हजार ४०० भन्दा कम आय हुुुनुु पर्ने प्रमाण दिनुपर्ने हुुन्छ ।
शिविरमा आएका हर्क बहादुर राईले इन्डियन आर्मीमा भारत सरकारलाई सेवा गरेको ३० बर्ष बिताएको बताए । राईको अहिले ५७ बर्ष उमेर भएको छ । जिवित प्रमाणका लागि राइले फर्म भर्दै पेन्सनका लागि हस्ताक्षर गरेको बताए ।


भारतीय भूत पूर्व सैनिक संस्था रामधुनी नगर समितिको अध्यक्ष मिठुुराज अधिकारीको सभापतित्वमा भएको थियो । झुम्कामै शिविरले भू.पू. सैनिकहरुलाई फारम भर्न सहज भएको नगर समितिका सचिव नारायण श्रृष्ठले बताए । शिविरमा २ सय जना भन्दा बढीले दर्ता गराएका छन् ।

अगाडिकाे पाेस्ट

भबिषयका उत्तराधिकारीहरुमा हौसला प्रदान गर्नुहुँदै निवर्तमान रामधुनी नगर पिता जयप्रकाश चौधरी

अर्काे पाेस्ट

प्रतिभा र हौसला प्रदान गर्दै रामधुनी नगर बालमैत्री दोस्रो बर्षको अवसरमा गायन प्रतियोगिता

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft