मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रतिभा र हौसला प्रदान गर्दै रामधुनी नगर बालमैत्री दोस्रो बर्षको अवसरमा गायन प्रतियोगिता

by By: रामधुनी खबर
भदौ ३०, २०८०
398

राख संवाददाता
झुम्का, भदौ २९ । रामधुनी नगरपालिका दुुई बर्ष अगाडी संघर्ष पूर्ण रुपले बालमैत्री स्थानीय शासन नगर घोषणा भएको थियो । राष्ट्रिय बाल दिवसको अवसरमा २०७८ भदौ २९ गते बालमैत्री नगर सुनसरी जिल्लाको पहिलो, प्रदेशको दोस्रो र नेपालको १० औं बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा भएको हो ।
बालबालिकाहरुको हकहितका लागि रामधुनी नगर ऐतिहासिक बालमैत्री घोषणाको दोस्रो बर्षको अवसरमा र राष्ट्रिय बाल दिवस २०८० को अवसरमा ‘बालबालिकामा लगानि, सुनिश्चित भबिषयको थालनी’ मुलनारा सहित सुक्रवार नगर स्तरिय गायन प्रतियोगिता सम्पन्न गरेको छ । रामधुनी नगरपालिकाको नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा रामधुनी नगरपालिका र नमुुना नगर बाल संजालको संयुुक्त आयोजनामा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्दै नगर स्तरिय गायन प्रतियोगिता सम्पन्न गरेको आयोजक संस्थाले जानकारी दिए ।
गायन प्रतियोगितामा १६ जना बालबालिकाले सहभागी जनाएका थिए । उनीहरु सबै जना विभिन्न राष्ट्रिय भक्तिका गीतहरुमा गायन प्रस्तुती राखेका थिए । गायन प्रस्तुतीमा शब्द, लय र टाइमिङ्गमा अंकभार राख्दै निर्णायक मण्डलको मुल्याकंनले पाँच जना पुरस्कृत भए । प्रतियोगितामा प्रथम युुनिक एकेडेमी स्कुलका छात्र लेजेण्ड नेपाल, दोस्रोमा भासि माबिका प्रेमा सेन्चुरी, तृतिय जनता माबिका सन्झा गिरी, चौथो तेह्र बालबालिका स्मृति स्कुलका रिस्ता बस्नेत र सान्तवना अन्नपूर्ण एकेडेमीका सपना राई पुुरस्कृत भएका छन ।
नमुुना नगर बाल संजालको अध्यक्ष पुजन राउतको अध्यक्षतामा आयोजित प्रतियोगितामा उत्कृष्ट भएका बालबालिकाहरुलाई रामधुनी ६ नं. वडा अध्यक्ष शिवशंकर राजधामीले शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेको छ । प्रतियोगिताको निर्णायकमा सत्यनारायण चौधरी, लालबहादुर चौधरी र ज्योती सुनुवार रहेको आयोजक संस्थाले जानकारी दिए । यसैगरी कार्यक्रममा बालबालिकाहरु विभिन्न भाषाभाषिका गीतमा नृत्य प्रस्तुुती राखेका थिए ।
कार्यक्रममा बक्ताहरुले बालबालिकाहरुलाई कला प्रदर्श गर्न अवसर दिनुपर्ने बताएका छन । अवसरले उनीहरुमा हौसला र उत्साह प्रदान हुने भएकोले यस प्रकारका कार्यक्रम गर्नु आवश्यक रहेको बताएका हुन । कार्यक्रममा निवर्तमान नगर प्रमुख जयप्रकाश चौधरी, निवर्तमान उप प्रमुख सविना चौधरी, शिक्षा अधिकृत राजन गेलाल, महिला बालबालिका शाखा प्रमुख मोनाश्री आचार्य लगायतका अतिथीहरुले अभिभावकत्व दिदै बालअधिकारका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रम नमुना नगर बाल संजालका पदाधिकारीहरुले उद्घोषण मार्फत निर्धक्क कार्यक्रम संचालन गरेका थिए । बाल संजालका सल्लाहकार छविरमण दाहाल, सुनिल बस्नेत, आशिका खड्का र आकृति खड्काले उद्घोषण मार्फत कार्यक्रम पूर्णता दिदै कार्यक्रम सफल समपन्न गरेको नगर बाल सम्पर्क ब्यक्ति अमन ढुंगेलले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

भारतीय आर्मी भरत कनौजियाले ‘जय गोर्खा’ भन्दै झुम्का स्थित भू.पू.आर्मी जिवित प्रमाणपत्र शिविरमा सहभागी

अर्काे पाेस्ट

झुम्का जेसीजको सामूहिक तीज तथा जितिया बिशेष साँस्कृतिक कार्यक्रम २०८० सम्पन्न

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft