मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

आदिवासी वाम्बुले राई समाजको २६ औँ स्थापना दिवसको अवसरमा भाषा प्रवद्र्धन कविता प्रतियोगिता

by By: रामधुनी खबर
मंसिर २०, २०८०
309

सुनिल चौधरी
धरान, मंसिर २० । भाषा पुस्तान्तरणका लागि आदिवासी वाम्बुले राई समाजको २६ औँ स्थापना दिवसको अवसरमा बुधवार कविता प्रतियोगिता आयोजना गरेको छ । वाम्बुले राई भाषा लोप हुने अवस्थामा रहदा संगठनको स्थापना दिवस सहित भाषा संरक्षण र प्रवद्र्धन गर्दै २४ औँ वाम्बुले राई भाषामा कविता प्रतियोगिता गरेको हो । वाम्बुले राई भाषा प्राचिन मानिएको छ ।
वाम्बुले राई समाज नेपाल (वाम्रास) केन्द्रिय समितिको आयोजनामा प्रतियोगिताको उद्धघाटन सत्रमा राजनीतिकबाट गलत व्यवहार र एकाधिकार सोचका कारण आदिवासी समुदायको भाषा, कला, संस्कृति बिभेदमा परेको कार्यक्रमको प्रमुख अतिथी तथा भाषा शास्त्री टंक प्रसाद न्यौपानेले बताउनु भयो । बिभेदमा पारिएकालाई माथी उठाउन राज्यको दायित्व रहेकोले यस प्रति ध्यान दिदै राज्यले विकासको सोच राख्नु पर्ने भाषा शास्त्री न्यौपानेले धारणा ब्यक्त गर्नुभयो ।
पुर्वमा प्रदेश नामाकरणमा पहिचानको मुद्धा उठिरहेको वेला पहिचान प्राप्तगर्न आदिवासी समुदायमा एकताको आवश्यक्ता रहेको उहाँले उठान गर्नु भयो । पहिचान पक्षधरहरुकै मत विभाजन भैरहेकोले मुद्धा सशक्त हुन नसकेको भाषा शास्त्री न्यौपानेले बताउनु भयोे । भाषा लोप हुनुुको प्रमुख कारण गैर भाषि संग विहेवारी, अन्य भाषाको बढी प्रभावले भाषा संकटमा रहेको उठान गर्नुभयो । तसर्थ भाषा पुस्तान्तरण हुनुपर्ने भाषा शास्त्री न्यौपानेले सुझाव दिनुभयो ।


वाम्बुले राई समाज नेपाल केन्द्रिय समितिको अध्यक्ष गजुरधन राईको सभापतित्वमा आयोजित कार्यक्रममा आदिवासीहरु आफनै कारण र राज्यको समेत कारणले गर्दा भाषा विकास हुन नसकेको बरिष्ठ पत्रकार हर्ष सुब्बाले बताउनु भयो । धारणा राख्ने क्रम्मा राज्यको दमनले हामीले आफनो मातृ भाषामा ध्यान दिएनौ, संस्कार, संस्कृतिमा महत्व दिन सकेनौ र आज यस अवस्थामा आउनु परेको भन्दै हामी अहिले पुनरजागरणमा रहेको उठानगर्नु भयो । साहित्य रचनाले पहिचानको मुद्धामा बल पुग्ने भएकोले वाम्बुले राई भाषा कविता प्रतियोगिता समसामयिक रहेको बरिष्ठ पत्रकार सुब्बाले धारणा ब्यक्त गर्नुभयो ।


कार्यक्रममा पहिचान अभियान्ता, तिलक राई, जितेन्द्र रुम्दाली, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई लगायतका बक्ताहरुले आदिवासी समुदायको पहिचानका आधारहरु प्रष्ट्याउनु भयो । पहिचानका आधारहरुलाई प्रष्ट्याउदै जग देखि बलियो बनाएर अग्रसरमा ल्याउन सके मात्र संरक्षण हुन सक्ने बक्ताहरुले बताएका हुन् ।
वाम्बुले राईहरुको मूल थातथला ओखलढुंगाको उँबु चौरासलाई मानिन्छ । हाल ओखलढुंगा, उदयपुर, सिन्धुली, खोटाङ मुल थातथलोको रुपमा रही देश विदेशका विभिन्न भागमा वाम्बुले राईहरु बसोबास गर्दै आएका छन् । कार्यक्रम धरानको किराँत राई यायोक्खा यलम्बर भवनको सभाहलमा गरिएको थियो । व्यवस्थापन वाम्बुले राई समाज नेपाल (वाम्रास) जिल्ला सुनसरीले गरेको आयोजक समितिले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

दिगो विकास लक्ष्य खोज्दै रामधुनीमा ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

अर्काे पाेस्ट

सुनसरी मोरङ्ग सिंचाई आयोजना जलउपभोक्ता समन्वय समिति झुम्काको १३ औँ बार्षिक साधारणसभा

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft