मिति : २०८३ भदौ ७ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

दिगो विकास लक्ष्य खोज्दै रामधुनीमा ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

by By: रामधुनी खबर
मंसिर १७, २०८०
315

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर १७ । ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आइतवार अपाङ्गता उत्थान केन्द्र नगर स्तरीय अपाङ्गता समिति रामधुनीले एक कार्यक्रमगरी मनाएको छ । दिगो विकास लक्ष्य खोज्दै अपनत्व र नेतृत्व सहितको एक्यबद्धताका लागि प्रदेश सभा सदस्य रेवतीरमण भणडारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।
“दिगो विकास लक्ष्य प्राप्तीको प्रतिबद्धताः अपाङ्गता भएका ब्यक्तिको अपनत्व र नेतृत्व सहितको एक्यबद्धता” भन्ने मुलनारा सहितको कार्यक्रम आयोजना गरेको आयोजक समिति नगर स्तरीय अपाङ्गता समिति रामधुनीले जनाएको छ । नगरपालिका परिसरमा प्रदेश सभा सदस्यबाट अपाङ्गता उत्थान केन्द्रको उद्धघाटन गरिएको छ । रामधुनी नगरका एक सय भन्दा बढी अपाङ्गता भएका ब्यक्तिमा सहयोगी सामाग्रीको अभाव रहेको आयोजक समितिले समस्या प्रस्तुत गरेका छन् । जसको लागत रु ३० लाख सम्म पर्ने बताएको छ । कार्यक्रमबाट अपाङ्गता भएका ब्यक्ति बिरुद्ध हुने भेदभाव अन्तयगरी नागरिक, राजनीतिक, आर्थिक, रोजगार, सामाजिक तथा साँस्कृतिक अधिकारको सम्मान, अपनत्व र नेतृत्व हुनेपर्ने आवश्यक्तामा जोड दिएका थिए ।


अपाङ्गता भएका ब्यक्तिको दिगो विकास गर्न अहिलेको सरकार असक्षम रहेको प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी भणरीले आरोप लगाउनु भयो । आर्थिक संकटले डुब्दै गएको अवस्थामा सरकारले हेर्ने काम मात्र गर्ने गरेकोले सबै नेपालीमा आर्थिक संकट थुपार्दै गएको बताउनु भयो । यस आर्थिक संकटले अपाङ्गता भएका ब्यक्तिलाई चिन्नै छोडेकोले दिगो विकासमा सम्भवनै नरहेको उठान गर्नुभयो । सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्यका लागि भनिएको छ । यसका लागि एक सय बिस खर्ब खर्चिनु पर्ने हुन्छ । तर यो रवैयाले गर्न नसक्ने भन्दै प्रदेश सभा सदस्य भण्डारीले सरकारले सबै नेपालीहरुमा अर्थिक संकट मात्र थोपार्न खोजेको अरोप लगाउनुभयो ।
कार्यक्रममा उपप्रमुख तारा थापाले नगरका अपाङ्गता भएका ब्यक्तिको लागि नीति, योजनाहरु बनाएको बताउनुभयो । नगरबाट स्वास्थ्य विमा, सहयोगी सामाग्री बितरण लगायतका नगरपालिकाबाट अपाङ्गता भएका ब्यक्तिको हरेक क्षेत्रका लागि सहयोग गर्न तयार रहेको धारणा ब्यक्त गर्नुभयो ।


नगर स्तरीय अपाङ्गता समितिको अध्यक्ष डिल्ली चौलागाईको सभापतित्वमा आयोजित कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिको कलाहरु समेत प्रस्तुत गरिएको छ । उनीहरुमा सार्वजानिक तथा सामाजिक रुपले गर्ने विभेदको बारेमा मार्मिक रुपले कविता, लेख, रचना प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथी तथा बक्ताहरुले अपाङ्गता भएका ब्यक्तिमा उद्यमशिल बनाई स्वरोजगार बनाउन अति आवश्यक रहेको जोड दिए । शिक्षा शाखा राजन गेलाल, कार्यपालिका सदस्य शुसिला ढुंगाना, वडा अध्यक्ष घनश्याम चौधरी, शुरेन्द्र सिंह, प्रदिप खनाल लगायतले आफनो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा महिला बालबालिका शाखाका प्रमुख मोनाश्री आचार्यले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम संचालन नगर सचिव गोविन्द विष्टले गरेका थिए भने सांकेतिक भाषाबाट बुझाउन कार्यक्रममा आशिष काफ्लेले सांकेतिक भाषा प्रयोग गरेका थिए ।

अगाडिकाे पाेस्ट

महिला जनप्रतिनिधिहरुले भोगेको समस्या र चुनौतीले राजनीतिक पार्टी र स्थानीयतहमानै लैङ्गिक विभेद

अर्काे पाेस्ट

आदिवासी वाम्बुले राई समाजको २६ औँ स्थापना दिवसको अवसरमा भाषा प्रवद्र्धन कविता प्रतियोगिता

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft