मिति : २०८३ भदौ ७ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु अस्तित्व जोगाउन राजनीतिक र सामाजिक चेतनाले अगाडी बढ्नुपर्ने था.क.स.सुनसरीलाई मार्गदर्शन

by By: रामधुनी खबर
पुष ८, २०८०
322

रामधुनी खबर संवाददाता
झुम्का,पौष ८ । थारु अस्तित्व जोगाउन राजनीतिक र सामाजिक चेतनाले अगाडी बढ्न थारु कल्याणकारिणी सभा (था.क.स.) सुनसरीलाई मार्गदर्शन गरेका छन् । राज्यको विभेद र शासकहरुको नस्ल व्यवहारले थारु अस्तित्व संकटमा रहेकोले नव निर्वाचित था.क.स.का पदाधिकारीहरु राजनीतिक र सामाजिक चेतनाले अगाडी बढ्नुपर्ने अवस्था रहेको थारु अग्रजहरुले सुझाव दिएका हुन्् ।
था.स.क.रामधुनी नगर समितिद्धारा आयोजित नव निर्वाचित था.स.क.सुनसरी समितिका पदाधिकारी र केन्द्रिय पार्षदहरुलाई बधाई तथा सम्मान कार्यक्रममा कार्यसफलताको शुभकामना दिदै थारु जाति राजनीतिक रुपले पछाडी परेकोले नीति निर्माणमा सहभागी हुन नसकेको र समग्र समुदाय हकअधिकारबाट बञ्चित हुनुपरेको नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शंकरलाल चौधरीले उठान गर्नुभयोे । ‘जातिलाई विभेदबाट मुक्त गर्न निर्णय गर्ने तहमा पुग्नै पर्ने हुन्छ’,‘तसर्थ थारु युवाहरु राजनीतिक चासो लिनुपर्ने बाध्यात्मक अवस्था आएको छ’ उहाँले बताउनु भयो । राजनीतिकले नै स्थानीय सरकारको प्रमुख पदमा रहेर थारुका लागि छुट्टै योजना र बजेट ल्याईरहेको भन्दै बाटो नै राजनीतिकले बन्ने भएकोले आगामी चुनावमा शसक्त संग भिड्न सुझाव दिनुभयो ।


थारुको अस्तित्व संकटमा रहेको था.क.स.केन्द्रिय पूर्व अध्यक्ष नरेन्द्र कुमार चौधरीले चिन्ता ब्यक्त गर्नुभयो । कार्यक्रममा धारणा ब्यक्त गर्दै थारुको अस्तित्व समाप्त पारेको प्रष्टपार्दै २०३७ साल देखि व्यवस्था भएको थारुको आरक्षणकोटा २०४७ सालमा काटियो, त्यसैगरी पश्चिमका थारुलाई भगौडा जातिको रुप दिइयो, सोझो थारुहरुले अधिकारका लागि लडेको आन्दोलनमा घुसपैठगरी षडयन्त्र पूर्वक हिंसात्मक बनाएर थारुलाई आरोप र हत्यारा बनाइयो, हालमा आएर थारु जातिको भूमिमा मधेश प्रदेश बनाइयो यसले थारुको पहिचान नामेट पार्ने खेल भै रहेकोले अस्तित्व संकटमा रहेको बताउनुभयो । तसर्थ पहिचान र अस्तित्वको लागि राजनीतिकबाटो खोज्नु पर्ने था.क.स.केन्द्रिय पूर्व अध्यक्ष चौधरीले नयाँ कार्य समितिलाई शुभकामना ब्यक्त गर्दै सुझाव ब्यक्त गर्नुभयो ।
था.स.क.रामधुनी नगर समितिका सभापति राजकुमार चौधरीको अध्यक्षतामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा जिल्ला समितिको कार्यअवधि सफलताको कामना र केन्द्रिय पार्षदको केन्द्रिय नेतृत्वका लागि शुभकामना दिदै अबिर, टिका, फुलमाला तथा खादा ओढाई सम्मान गरेको छ । कार्यक्रममा पालिका समितिका सभापतिहरुलाई समेत सम्मान गरेको आयोजक समितिले जानकारी दिए ।


बधाई तथा सम्मान कार्यक्रममा थारु आत्मनिर्भर योजना ल्याउने नव निर्वाचित सभापति सगेन चौधरीले प्रतिबद्धता गर्नुभयो । समुदाय आर्थिक विपन्नताले गुर्जिरहेकोले आत्मनिर्भर योजना आवश्यक रहेको भन्दै एक थारु एक रुपैया बचत योजना ल्याउने बताउनुभयो । शिक्षा, स्वास्थ्य, संस्कार, संस्कृतिलाई महत्वका साथ संरक्षण र सामाजिक विकृतिलाई न्युनिकरणमा जोड दिने भन्दै संस्थागत धाराणा लिएर अगाडी बढ्ने नव निर्वाचित अध्यक्ष चौधरीले बताउनुभयो ।
कार्यक्रममा रामधुनी नगर उपप्रमुख तारा थापा, था.क.स पूर्व केन्द्रिय सदस्य दिपनारायण चौधरी, पूर्व जिल्ला अध्यक्ष सुरेन्द्र चौधरी, केन्द्रिय पार्षद केशीलाल चौधरी, दयानन्द चौधरी, सुशिला चौधरी, गढी गाउँपालिका सभापति युवराज चौधरी, इनरुवा सभापति रोहित चौधरी, बराहक्षेत्र सभापति अधिकलाल चौधरी, थारु चलचित्र तथा साँस्कृतिक संघ केन्द्रिय अध्यक्ष प्रशुराम चौधरी, थारु महिला सभा सुनसरी अध्यक्ष सुशिला लेखी, ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष सावित्री चौधरीले थारु नेतृत्व कर्ताहरुकोे एकजुटता गरी हकअधिकार केन्द्रित हुनुपर्ने जोड दिनुभयो ।
कार्यक्र्रमा उपस्थित सम्पूर्णमा स्वागत मन्तब्यले स्वागत नगर समिति उपाध्यक्ष सिता थरुनीले गरिन् भने कार्यक्रम संचालन सचिव जनक चौधरीले गरेका थिए ।

अगाडिकाे पाेस्ट

था.क.स.सुनसरीको ९ औँ अधिवेशन सम्पन्न, पार्टीमा भएपनि थारुको साझा मुद्धामा एकता हुनपर्ने जोड

अर्काे पाेस्ट

आज मंसिर पूर्णिमा, धुनी जगाई नयाँ अन्नबाली भोग लगाएर “नेमान” पूजा गर्दै थारु समुदाय

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft