मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

था.क.स.सुनसरीको ९ औँ अधिवेशन सम्पन्न, पार्टीमा भएपनि थारुको साझा मुद्धामा एकता हुनपर्ने जोड

by By: रामधुनी खबर
पुष १, २०८०
341

रामधुनी खबर संवाददाता
झुम्का,पौष १ । थारु कल्याणकारिणी सभा (था.क.स.) जिल्ला कार्य समिति सुनसरीको शनिवार ९ औँ अधिवेशन सम्पन्न भएको छ । था.क.स.को केन्द्रिय महामन्त्रि प्रेमीलाल चौधरीको प्रमुख आतिथ्यतामा समपन्न भएको हो । अधिवेशनको बन्दसत्र भने आइतवार गढी वनको सभाहलमा हुने जनाएको छ ।
अधिवेशनमा थारुको मुद्धामा एकता हुन आवश्यकतामा जोड दिदै बक्ताहरुले धारणा ब्यक्त गरेका छन् । थारु युवाहरुमा राजनीतिक नेतृत्वको आवश्यक्ताको महसुश गर्दै जुनै पार्टीमा भएपनि थारुको साझा मुद्धामा एकता हुन आवश्यक रहेको बक्ताहरुले जोड दिएका हुन् ।
थारु जाती राज्यबाट थप विभेदमा परेको भन्दै केन्द्रिय महामन्त्री चौधरीले धारणा ब्यक्त गरेका छन् । थारु अधिकारका लागि आन्दोलित थारुहरुमा झुठा मुद्धा लगाई सम्पति समेत रोक्कागरी थप यातना र विभेद गरेको भन्दै जुनै पार्टीमा रहेका थारुहरु साझा मुद्धामा एक गोलबन्ध हुनै पर्ने अवस्था रहेको धारणा ब्यक्त गरेका हुन् ।


प्रदेश १ मा थारु कोटा आवश्यक्ता रहेको महामन्त्री चौधरीले उठान गरेका छन् । सबै प्रदेशमा थारु कोटाको निर्धारण भएपनि प्रदेश १ मा कोटा निर्धारण नभएकोले यसमा थारु सांसद लगायत हामि थारु कल्याणकारिणी सभा चुकेको बताए । थारु भाषाको लिपि वद्धताका लागि मानकिकरण गर्न जोड गरिरहेको जानकारी दिए । आन्दोलित थारु जाती राज्य संग माग गरिरहेको अधिकार, माग, मुद्धा संस्थागत रुपले सशक्त रुपमा आवाज उठाउन सक्ने नेतृत्व कर्ताको चयन हुन अवश्यक रहेको भन्दै महामन्त्री चौधरीले सर्वसहमतिले सुनसरी जिल्लाको नेतृत्व ल्याउन सुझाव समेत दिएका छन् ।
थारु समुदायका युवाहरुमा राजनीतिक चासो बढीरहेको बेला थारु संघ संगठनमा प्रभाव पर्नु स्वभाविक भएको प्रतिनिधि सभा सदस्य भगवती चौधरीले बताए । थारु समुदाय राजनीतिक रुपले प्रखर हुनुपनि पर्छ, तसर्थ थारु कल्याणकारिणी सभाको नेतृत्वमा जो कोही आएपनि राजनीतिक मान्यता नराखी साथ सहयोग गर्नु पर्ने उठान गर्दै थारु कल्याणकारिणी सभामा सबै भुगोलबाट लिएर सन्तुलन गर्नु पर्ने प्रतिनिधि सभा सदस्य चौधरीले सुझाव ब्यक्त गरे ।
राज्यले थारु समुदाय माथी धोखा गरेको प्रतिनिधि सभा सदस्य चौधरीले आरोप लगाएका छन् । जनगणना अनुसार जनसंख्या ६ दशमलव ५६ प्रतिशत भए पनि थारु भाषा बोलिने ५ प्रतिशत मात्र देखाएकोले यो धोखा भएको भन्दै प्रतिनिधि सभा सदस्य चौधरीले यसमा सबैको ध्यान जानुपर्ने आवश्क रहेको धारणा ब्यक्त गरेका छन् ।
थाकस सुनसरी सभापति शुरेन्द्र चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा थारु पौराणिक कला धुम्रानाच प्रस्तुत गरेका छन् । धुम्रा नाच थाकस रामधुनी नगर समिति र थाकस गढी गाउँ समितिले प्रस्तुत गरेको थियो । अधिवेशन कार्यक्रममा थाकस रामधुनी नगर समिति, थाकस इटहरी उपमहानगर समिति, थारु महिला सभा जिल्ला सुनसरी, थाकस बराहक्षेत्र नगर समिति, थाकस इनरुवा नगर समितिले साँस्कृतिक झाँकी सहित सहभागीताले रौनकतामा एकाताको शन्देस दिएको आयोजक संगठन सुनसरीले जानकारी दिए ।


गढी गाउँपालिकाको गढी वनमा आयोजित खुल्लासत्र कार्यक्रममा बक्ताहरु पूर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी, प्रदेश सभा सदस्य सुनिता गच्छदार, दुहवी नगर प्रमुख वेद गच्छदार, थाकस केन्द्रिय सदस्य पुणितलाल चौधरी, गढी गाउँपालिका अध्यक्ष आशनारायण चौधरी, इटहरी उपमहानगर उपप्रमुख संगिता चौधरी, थारु कानून व्यवसायि सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी, थारु महिला सभा जिल्ला सभापति सुशिला लेखी, थाकस गढी सभापति युवराज चौधरीले थारु एकता, अधिकारमा सशक्तता, लोकसेवा चासो, शिक्षामा जोड लगायत पौराणिक पहिचानका कलाहरु संरक्षण हुनुु पर्नेमा जोड दिएका थिए ।
अधिवेशनमा कार्यक्रमको औचित्य बारेमा जिल्ला उपाध्यक्ष जानकी चौधरीले प्रष्ट्याएका थिए भने उपस्थित सम्पूर्णमा शब्दरुपी फुल गुच्छाले स्वागत उपसभापति रामपरी चौधरीले गरेका थिए ।

अगाडिकाे पाेस्ट

लैङ्गिक हिंसा बिरुद्ध समस्या पहिचान र कानूनी परामर्श दिदै रामधुनीनगरमा १६ दिने अभियान समापन

अर्काे पाेस्ट

थारु अस्तित्व जोगाउन राजनीतिक र सामाजिक चेतनाले अगाडी बढ्नुपर्ने था.क.स.सुनसरीलाई मार्गदर्शन

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft