मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

धार्मिक र साँस्कृतिक महत्व बोकेका धुम्रानाच पुस्ता हस्तान्तरणका लागि १५ दिने प्रशिक्षण कार्यक्रम

by By: रामधुनी खबर
जेठ २७, २०८१
1120

रामधुनी खबर संवाददाता
झुम्का,जेष्ठ २७ । धार्मिक, सामाजिक तथा पहिचानको महत्व बोकेका धुम्रानाच पुस्ता हस्तान्तरणका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । रामधुनी नगरपालिकाको सहयोगमा थारु कल्याणकारिणी सभा रामधुनी नगर समितिले शनिवार १५ दिने धुम्रानाच पुस्ता हस्तान्तरणको प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
मौलिक र परम्परागत धुम्रानाचगरी समाजमा रहेको सकारात्मक गतिविधि, धार्मिक चित्रण, समुदायको एकता, पारिवारिक एकता, परदेश गएका श्रीमानको बिछोडको बिरह लगायत प्रकृति संग गासिएको सम्बन्धको बारेमा अभिनयगरी कला प्रस्तुत गरिने धुम्रानाच नाच्ने (नृत्य) हो । धुम्रानाचमा अभिनय गर्ने पात्र नटुवा, बाद्यवादन मृदंग बजाउने मृदंगीया, झाइल बजाउने र गीत गाउँने गवैया रही धुम्रानाच गर्ने पौराणिक परम्परा रहेको छ । धार्मिक तथा सामाजिक कथा वस्तुमा अभिनय तथा नाचगरी धुम्रानाच गरिन्छ ।
थारु समुदाय प्राचिनकालमा सामुहिक मनोरन्जनका लागि धुम्रानाच नचाउने चलन रहेको मानिन्छ । गाउँटोलमा कुनै शुभ कार्य तथा अवसरको आयोजनामा धुम्रानाच आयोजना गरी सामुहिक मानोरन्जन गर्ने भएकोले सामाजिक एकताको शन्देस दिने वाहक पनि मानिन्छ । धुम्रानाच घर, परिवार, बालबच्चा, समाजको सुख, शान्ति, दिर्घयुको कामना गरी घरमा, गाउँटोलमा आयोजना गर्ने गरिन्छ । धुम्रानाच नाच्ने क्रममा विभिन्न देवि देवताको गीतगाएर आव्हवान गरिने भएकोले जहाँ आयोजना गरिन्छ त्यहा रहेको नाकारात्मक शक्ति क्षिण नास भएर साकारत्मक उर्जाको वास हुने धार्मिक महत्व रहेको मृदंग बजाउने ६९ बर्षिय प्रशिक्षक धनिराम चौधरीले जानकारी दिए ।


धुम्राचान प्रशिक्षण कार्यक्रम नगर प्रमुख शंकरलाल चौधरीले उद्धघाटन गर्नु भयो । थारु बहुल्य रहेको नगरमा थारु समुदायको संस्कृति संरक्षण गर्न नगरपालिकाबाट धुम्रानाच पुस्ता हस्तान्तरणको योजना र बजेट विनियोजन गरेको नगर प्रमुख चौधरीले बताउनु भयो । उहाँले ऐतिहासिक धरोहर ग्रामथान संरक्षणका लागि विनियोजित योजना तथा बजेट, पौराणिक हस्तकला धमा, मना प्रवद्र्धन गर्न सिप विकास तालिम योजना तथा बजेट प्रभावकारी रुपले सम्पन्न भएको भन्दै यसले साँस्कृति, धार्मिक, पहिचान संरक्षणमा शसक्तिकरण भएको धारणा ब्यक्त गर्नु भयो ।
साँस्कृतिक पक्षलाई ध्यान दिदै थारु समुदाय शिक्षा तर्फ पनि अब्बल हुनु पर्ने धारणा थारु कल्याणकारिणी सभा जिल्ला सभापति सगेन चौधरी बताउनु भयो । संस्कार, संस्कृति संरक्षणका लागि नगरमा थारु संग्राहलयको आवश्यक्ता रहेको उठान गर्नु भयो । यसैगरी नगरमा सार्वजानिक तथा साँस्कृति भूमि संरक्षणको नीति र योजना अगाडी बढाउनु पर्ने जिल्ला सभापति चौधरी बताउनु भयो ।


थारु कल्याणकारिणी सभा रामधुनी नगर सभापति राजकुमार चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा धुम्रानाचको संरक्षण, महत्व र समुदायको दायित्व बिषयमा बक्ताहरुले जोड दिदै गणेश गुरागाई, थारु महिला उत्थान समाजकी अध्यक्ष आशा चौधरी, पत्रकार सुनिल चौधरीले आफनो धारणा ब्यक्त गरेका थिए ।
प्रशिक्षणका लागि रामधुनी १ डुमैरीया टोलका धुम्रानाच समुहले सहजिकरण गरिरहेको छ । धुम्रानाचका लागि मृदंग प्रशिक्षक धनिराम चौधरी, नटुवा नाच प्रशिक्षक लुरकी चौधरी, गीतका लागि उमा थरुनीले सहजिकरणमा रहेको आयोजक संगठन थारु कल्याणकारिणी सभा रामधुनी नगर समितिले जानकारी दिए । उद्धघाटन कार्यक्रममा नगर सचिव जनक चौधरीले उद्धघोषण गरेका थिए ।

अगाडिकाे पाेस्ट

झुम्का बजार प्रवद्र्धन गर्न झुम्का–भादगाउँ–डुमैरिया नहर सडक कालोपत्रे निर्माण

अर्काे पाेस्ट

रामधुनी नगरप्रमुख चौधरी प्रति प्रतिपक्षी दलको अनावश्यक प्रचार र समाजमा भ्रम फैलाउने समाचार

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft