मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

धार्मिक र साँस्कृतिक महत्व बोकेका धुम्रानाच पुस्ता हस्तान्तरणका लागि १५ दिने प्रशिक्षण कार्यक्रम

by By: रामधुनी खबर
जेठ २७, २०८१
1085

रामधुनी खबर संवाददाता
झुम्का,जेष्ठ २७ । धार्मिक, सामाजिक तथा पहिचानको महत्व बोकेका धुम्रानाच पुस्ता हस्तान्तरणका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । रामधुनी नगरपालिकाको सहयोगमा थारु कल्याणकारिणी सभा रामधुनी नगर समितिले शनिवार १५ दिने धुम्रानाच पुस्ता हस्तान्तरणको प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
मौलिक र परम्परागत धुम्रानाचगरी समाजमा रहेको सकारात्मक गतिविधि, धार्मिक चित्रण, समुदायको एकता, पारिवारिक एकता, परदेश गएका श्रीमानको बिछोडको बिरह लगायत प्रकृति संग गासिएको सम्बन्धको बारेमा अभिनयगरी कला प्रस्तुत गरिने धुम्रानाच नाच्ने (नृत्य) हो । धुम्रानाचमा अभिनय गर्ने पात्र नटुवा, बाद्यवादन मृदंग बजाउने मृदंगीया, झाइल बजाउने र गीत गाउँने गवैया रही धुम्रानाच गर्ने पौराणिक परम्परा रहेको छ । धार्मिक तथा सामाजिक कथा वस्तुमा अभिनय तथा नाचगरी धुम्रानाच गरिन्छ ।
थारु समुदाय प्राचिनकालमा सामुहिक मनोरन्जनका लागि धुम्रानाच नचाउने चलन रहेको मानिन्छ । गाउँटोलमा कुनै शुभ कार्य तथा अवसरको आयोजनामा धुम्रानाच आयोजना गरी सामुहिक मानोरन्जन गर्ने भएकोले सामाजिक एकताको शन्देस दिने वाहक पनि मानिन्छ । धुम्रानाच घर, परिवार, बालबच्चा, समाजको सुख, शान्ति, दिर्घयुको कामना गरी घरमा, गाउँटोलमा आयोजना गर्ने गरिन्छ । धुम्रानाच नाच्ने क्रममा विभिन्न देवि देवताको गीतगाएर आव्हवान गरिने भएकोले जहाँ आयोजना गरिन्छ त्यहा रहेको नाकारात्मक शक्ति क्षिण नास भएर साकारत्मक उर्जाको वास हुने धार्मिक महत्व रहेको मृदंग बजाउने ६९ बर्षिय प्रशिक्षक धनिराम चौधरीले जानकारी दिए ।


धुम्राचान प्रशिक्षण कार्यक्रम नगर प्रमुख शंकरलाल चौधरीले उद्धघाटन गर्नु भयो । थारु बहुल्य रहेको नगरमा थारु समुदायको संस्कृति संरक्षण गर्न नगरपालिकाबाट धुम्रानाच पुस्ता हस्तान्तरणको योजना र बजेट विनियोजन गरेको नगर प्रमुख चौधरीले बताउनु भयो । उहाँले ऐतिहासिक धरोहर ग्रामथान संरक्षणका लागि विनियोजित योजना तथा बजेट, पौराणिक हस्तकला धमा, मना प्रवद्र्धन गर्न सिप विकास तालिम योजना तथा बजेट प्रभावकारी रुपले सम्पन्न भएको भन्दै यसले साँस्कृति, धार्मिक, पहिचान संरक्षणमा शसक्तिकरण भएको धारणा ब्यक्त गर्नु भयो ।
साँस्कृतिक पक्षलाई ध्यान दिदै थारु समुदाय शिक्षा तर्फ पनि अब्बल हुनु पर्ने धारणा थारु कल्याणकारिणी सभा जिल्ला सभापति सगेन चौधरी बताउनु भयो । संस्कार, संस्कृति संरक्षणका लागि नगरमा थारु संग्राहलयको आवश्यक्ता रहेको उठान गर्नु भयो । यसैगरी नगरमा सार्वजानिक तथा साँस्कृति भूमि संरक्षणको नीति र योजना अगाडी बढाउनु पर्ने जिल्ला सभापति चौधरी बताउनु भयो ।


थारु कल्याणकारिणी सभा रामधुनी नगर सभापति राजकुमार चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा धुम्रानाचको संरक्षण, महत्व र समुदायको दायित्व बिषयमा बक्ताहरुले जोड दिदै गणेश गुरागाई, थारु महिला उत्थान समाजकी अध्यक्ष आशा चौधरी, पत्रकार सुनिल चौधरीले आफनो धारणा ब्यक्त गरेका थिए ।
प्रशिक्षणका लागि रामधुनी १ डुमैरीया टोलका धुम्रानाच समुहले सहजिकरण गरिरहेको छ । धुम्रानाचका लागि मृदंग प्रशिक्षक धनिराम चौधरी, नटुवा नाच प्रशिक्षक लुरकी चौधरी, गीतका लागि उमा थरुनीले सहजिकरणमा रहेको आयोजक संगठन थारु कल्याणकारिणी सभा रामधुनी नगर समितिले जानकारी दिए । उद्धघाटन कार्यक्रममा नगर सचिव जनक चौधरीले उद्धघोषण गरेका थिए ।

अगाडिकाे पाेस्ट

झुम्का बजार प्रवद्र्धन गर्न झुम्का–भादगाउँ–डुमैरिया नहर सडक कालोपत्रे निर्माण

अर्काे पाेस्ट

रामधुनी नगरप्रमुख चौधरी प्रति प्रतिपक्षी दलको अनावश्यक प्रचार र समाजमा भ्रम फैलाउने समाचार

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft