मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

दुव्र्यसन विरुद्ध आमाहरु अभियानमा केही खराब आमाहरुलाई सचेतना दिन आवश्यक रहेको सुझाव

by By: रामधुनी खबर
असार ६, २०८१
606

रामधुनी खबर संवाददाता
झुम्का, असार ४ । जिल्ला प्रहरी कार्यालय सुनसरीले ðयान कल्वको अगुवाईमा मंगलवार रामधुनी नगरमा दुव्र्यसन बिरुद्ध आमाहरु अभियान कार्यक्रम संचालन गरेको छ । लागु औषध दुव्र्यसन विरुद्धको अभियानले अपराधिक घटना न्युनिकरण गर्न रामधुनी नगरको ९ वटै वडामा कार्यक्रम संचालन गर्ने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको सभापतित्व र नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्धघाटनगरी सुरु गरेको हो । प्रहरीको सक्रृयतामा सुरु भएको अभियान दुव्र्यसन मुक्त समाजका लागि समाजले अपनत्व लिए मात्र न्युनिकरण हुने प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनु भयो । प्रहरी कर्मचारीहरु त्यस्ता गल्ती गरे वा भए जानकारी दिनु होला कार्वाहीको दायरामा ल्याउन म, आफै उभिने छु, भन्दै उहाँले प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रममा दुव्र्यसन विरुद्ध आमाहरु अभियान कार्यक्रम सफल पार्न लिएको रायमा खराब आमाहरुलाई नै सचेतना आवश्यक रहेको सहभागीहरुबाट सुझाव आएको छ । छोराछारीले गलत गरिहदा अभिभावकहरु नदेखे जस्तै गर्ने, त्यो कुरा औल्याई दिदा बिशेष आमाहरुलेनै उल्टै दोष लगाउने गरेकाले त्यस बिरुद्ध जानकारी दिन सम्म डर लाग्ने गरेको कार्यक्रममा उपस्थित शुशिला अधिकारीले बताउनुभयो । आमाहरुले नै लागु पदार्थ खाईरहेका हुन्छन् । आमाहरु सबै खराब हुँदैनन् तर ती केही खराब आमाको छोराछोरीले गर्दा दुव्र्यसनी बृद्धिको प्रशय पाउछन् भन्दै आमाहरुनै खराब छन्, खराब आमाहरुलाई सचेतना दिनु पर्ने अधिकारीले सुझाव ब्यक्त गर्नुभयो ।
कार्यक्रमहरु औपचारिक्तामा मात्र सिमिति रहेको पाइन्छ । कार्यक्रमको उपलब्धि भन्दा बजेट सकाउने प्रवृतीको कारणले कार्यक्रमहरु प्रभावकारी नभएको र औपचारिक्तामा मात्र सिमित नराख्न सहभागीहरुबाट सुझाव आएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले लागु औषध बिरुद्धको अभियान बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार ६० प्रतिशत साथीहरुबाटै सिक्ने गरेको बताउनु भयो । साथीहरुको लहै–लहैमा, ठुलाबडाको देखासिकी, रमाइलो गर्ने नाममा, दुःख, पिडा विर्सिने गलत सोचले दुव्र्यसनमा लाग्ने बृद्धि भएको नायब उपरिक्षक कार्कीले बताउनुभयो ।
बालबालिका संग आमाहरुले बढी समय दिनुका साथै उनिहरुको वानी व्यवहार जानकारी राख्ने भएको हुँदा आफनो छोराछोरी लागु औषधको कुलतमा फसे नफसेको तथा वानी व्यहोरामा आएको परिवर्तन सहजै महसुस गर्ने भएकोले आमाहरुलाई लक्षितगरी कार्यक्रमको थालनी गरेको नायब उपरिक्षक कार्कीले सहजिकरण गर्दै जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रमुख तारा थापा, थारु कल्याणकारिणी सभा जिल्ला सभापति सगेन चौधरी लगायतका सहभागी अतिथीहरुले दुव्र्यसन बिरुद्ध न्युनिकरणका लागि अभिभावकले स्वयम निगरानी गर्नुपर्ने धारणा ब्यक्त गर्नु भयो ।

अगाडिकाे पाेस्ट

ग्रामथान नीतिगत संरक्षणकालागि विस्तृत लगत, दस्तावेज, मस्यौदा ऐन २०८१ रामधुनी नगरपालिकालाई हस्तान्तरण

अर्काे पाेस्ट

रामधुनी नगरका दलित समुदायको समग्र पहुँच अभिबृद्धि गर्न कार्यविधि हस्तान्तरण

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft