मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरका दलित समुदायको समग्र पहुँच अभिबृद्धि गर्न कार्यविधि हस्तान्तरण

by By: रामधुनी खबर
असार ९, २०८१
345

रामधुनी खबर संवाददाता
झुम्का, असार ८ । रामधुनी नगरका दलित समुदायको समग्र क्षेत्रमा पहुँच अभिबृद्धि गर्न कार्यविधि हस्तान्तरण गर्दै अनुमोदनको माग गरेका छन् । सामाजिक विकास संजाल तथा नगरका दलित समुदायहरुको भेलाले सुक्रवार नगरस्तरिय दलित समन्वय समिति संचालन कार्यविधि २०८१ आउँदो नगर सभाबाट अनुमोदन गर्न माग गर्दै हस्तान्तरण गरेका हुन ।
रामधुनी नगरपालिकाको सहयोगमा कार्यविधि मस्यौदामा चार दिवसीय निर्माण तालिमबाट नगर उपप्रमुख तारा थापा तथा कार्यपालिका सदस्यहरुको उपस्थितीमा हस्तान्तरण गरेको उत्थान नेपालकी अध्यक्ष सृजना परियारले जानकारी दिनु भयो ।
नेपालको संविधान २०७२ को प्रस्तावना र मौलिक हकको मर्म र भावना बमोजिम दलित समुदायको हक, हित तथा अधिकार संरक्षण, सम्वद्र्धनगरी सुनिश्चितता हुने जनाएको छ । कार्य विधिले दलित समुदायको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक एवंम शैक्षिक लगायत समग्रक्षेत्रमा पहिचान प्रतिनिधित्व र पहुँचको अभिबृद्धि हुनेछन् ।


कार्यविधिले दलित समुदायमा एकताको बल पुग्ने र उत्थान हुने भएकोले नगर सभाबाट पास गरेर जाने नगर उपप्रमुख थापाले प्रतिबद्धता जनाउनु भयो । दलित विकास कार्यविधि नगरसभाबाट पासगरी जाने प्रतिबद्धता गदै कार्यपालिका सदस्य तथा सामाजिक विकास बिषयगत समिति संयोजक शुशिला ढुंगानाले अहिले आएको २२ लाखको बजेटको योजना कार्यक्रम ढिलो भएर आएको हुनाले समावेस गर्न समस्या हुने बताउनु भयो ।
उत्थान नेपालले कार्यक्रमबाट २२ लाखको विभिन्न योजनाहरु समावेस गरेका थिए । उत्थान नेपालकी अध्यक्ष सृजना परियारले सिप विकास लगायतका उद्यमसिल तालिम सहयोगका लागि योजना तथा कार्यक्रम माग गरेका थिए ।


दलित विकास कार्यक्रम अन्तर्गत कार्यविधि निर्माण तालिम सहितको समुदायको संगठन समितिलाई कृयाशिल बनाउन कार्यक्रम संचालन गरेको महिला बालबालिका शाखा प्रमुख मोनाश्री आचार्यले बताउनुभयो । यसैगरी कार्यपालिका सदस्य सोमकुमारी सुनुवारले दलित विकास कार्यविधिबाट संगठित र उत्थान गर्नका लागि सहयोग पुग्ने धारणा ब्यक्त गर्नु भयो ।
सामाजिक विकास संजाल इटहरीका अध्यक्ष कृष्ण रसाइलीको सभापतित्वमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य कमली मोची, पुनम विश्वकर्मा सहितको अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यविधिका लागि अधिवक्ता ममता चौधरी र अधिकार कर्मी अमर बराइलीले सहजिकरण गरेका थिए ।

अगाडिकाे पाेस्ट

दुव्र्यसन विरुद्ध आमाहरु अभियानमा केही खराब आमाहरुलाई सचेतना दिन आवश्यक रहेको सुझाव

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको नीति तथा बजेट पारित, झुम्का बजार प्रर्वद्धनका लागि नगर गौरबका योजना निरन्तरता

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft