मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरका दलित समुदायको समग्र पहुँच अभिबृद्धि गर्न कार्यविधि हस्तान्तरण

by By: रामधुनी खबर
असार ९, २०८१
311

रामधुनी खबर संवाददाता
झुम्का, असार ८ । रामधुनी नगरका दलित समुदायको समग्र क्षेत्रमा पहुँच अभिबृद्धि गर्न कार्यविधि हस्तान्तरण गर्दै अनुमोदनको माग गरेका छन् । सामाजिक विकास संजाल तथा नगरका दलित समुदायहरुको भेलाले सुक्रवार नगरस्तरिय दलित समन्वय समिति संचालन कार्यविधि २०८१ आउँदो नगर सभाबाट अनुमोदन गर्न माग गर्दै हस्तान्तरण गरेका हुन ।
रामधुनी नगरपालिकाको सहयोगमा कार्यविधि मस्यौदामा चार दिवसीय निर्माण तालिमबाट नगर उपप्रमुख तारा थापा तथा कार्यपालिका सदस्यहरुको उपस्थितीमा हस्तान्तरण गरेको उत्थान नेपालकी अध्यक्ष सृजना परियारले जानकारी दिनु भयो ।
नेपालको संविधान २०७२ को प्रस्तावना र मौलिक हकको मर्म र भावना बमोजिम दलित समुदायको हक, हित तथा अधिकार संरक्षण, सम्वद्र्धनगरी सुनिश्चितता हुने जनाएको छ । कार्य विधिले दलित समुदायको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक एवंम शैक्षिक लगायत समग्रक्षेत्रमा पहिचान प्रतिनिधित्व र पहुँचको अभिबृद्धि हुनेछन् ।


कार्यविधिले दलित समुदायमा एकताको बल पुग्ने र उत्थान हुने भएकोले नगर सभाबाट पास गरेर जाने नगर उपप्रमुख थापाले प्रतिबद्धता जनाउनु भयो । दलित विकास कार्यविधि नगरसभाबाट पासगरी जाने प्रतिबद्धता गदै कार्यपालिका सदस्य तथा सामाजिक विकास बिषयगत समिति संयोजक शुशिला ढुंगानाले अहिले आएको २२ लाखको बजेटको योजना कार्यक्रम ढिलो भएर आएको हुनाले समावेस गर्न समस्या हुने बताउनु भयो ।
उत्थान नेपालले कार्यक्रमबाट २२ लाखको विभिन्न योजनाहरु समावेस गरेका थिए । उत्थान नेपालकी अध्यक्ष सृजना परियारले सिप विकास लगायतका उद्यमसिल तालिम सहयोगका लागि योजना तथा कार्यक्रम माग गरेका थिए ।


दलित विकास कार्यक्रम अन्तर्गत कार्यविधि निर्माण तालिम सहितको समुदायको संगठन समितिलाई कृयाशिल बनाउन कार्यक्रम संचालन गरेको महिला बालबालिका शाखा प्रमुख मोनाश्री आचार्यले बताउनुभयो । यसैगरी कार्यपालिका सदस्य सोमकुमारी सुनुवारले दलित विकास कार्यविधिबाट संगठित र उत्थान गर्नका लागि सहयोग पुग्ने धारणा ब्यक्त गर्नु भयो ।
सामाजिक विकास संजाल इटहरीका अध्यक्ष कृष्ण रसाइलीको सभापतित्वमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य कमली मोची, पुनम विश्वकर्मा सहितको अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यविधिका लागि अधिवक्ता ममता चौधरी र अधिकार कर्मी अमर बराइलीले सहजिकरण गरेका थिए ।

अगाडिकाे पाेस्ट

दुव्र्यसन विरुद्ध आमाहरु अभियानमा केही खराब आमाहरुलाई सचेतना दिन आवश्यक रहेको सुझाव

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको नीति तथा बजेट पारित, झुम्का बजार प्रर्वद्धनका लागि नगर गौरबका योजना निरन्तरता

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft