मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

‘राज्यको उदासीनताले नेपाली चलचित्र प्रवद्र्धन हुन सकेन’ ः अभिनेता भुवन केसी

by By: रामधुनी खबर
असार २२, २०८१
475

रामधुनी खबर संवाददाता
झुम्का, असार २१ । नेपाली चलचित्रका अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पुरानै ऐन नीतिको कारणले नेपाली चलचित्र संरक्षण र प्रवद्र्धन हुन नसकेको बताउनु भएको छ । २०२६ सालको ऐनले चलचित्र विकासका लागि चलेको नीति हाल सम्म संशोधन हुन नसक्दा नेपाली चलचित्र विकास हुन नसकेको बाताउनु भएको हो ।
आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिले इटहरीमा आयोजना गरेको आदिवासी जनजाति मातृभाषी चलचित्र निर्माण, प्रवद्र्धन, सहकार्य, बजारीकरण, सम्मान सहितको बिचार गोष्ठी कार्यक्रममा धारणा राख्नु हुँदै उहाँले चलचित्र ऐन संशोधनगरी नयाँ शिराबाट जानुपर्ने बताउनु भयो । नयाँ शिराले नेपाली चलचित्र अन्तराष्ट्रिय सम्म प्रवद्र्धन हुने, सबै जातजातिको चलचित्र मुलधारको बन्ने, सिनेमा हल सम्म पहुँच पुग्ने अभिनेता केसीले जानकारी दिनु भयो ।
‘संचार मन्त्रालयमा चलचित्र विकास सम्बन्धि ऐन संशोधनका लागि पेश गरेका छौँ, तर संचार मन्त्रीमा जुनै नेता आए पनि आश्वासन दिने तर संशोधन नगर्ने व्यवहारले ब्ल्याक एण्ड ह्वाइट जमानाको पुरानै ऐनले नेपाली चलचित्र प्रवद्र्धन हुन सकेन’, यो व्यवहार दुःखको कुरा हो, राज्यको उदासीन र नेताहरुको गैरजिम्मेवार हो’ भन्दै यसका लागि सबै चलचित्रकर्मीहरु एक ठाउँमा उभिन अभिनेता केसीले आग्रह गर्नुभयो ।


अभिनेता केसीले फिल्म क्षेत्रमा ४० बर्ष बिताएको भन्दै, ‘देश विदेशको फिल्ममा अभिनय गरेको छु, निर्दैशन गरेको छु, निर्माण गरेको छु, यसले चलचित्रको सबै पक्षको समस्या बुझेको छु, त्यसैले यो सबको लागि सहज होस भन्ने उधेश्य राखी विकास बोर्डमा आएको हुँ’, तर विकास बोर्डमा जति अधिकार हुनु पर्ने हो त्यो छैन्, गर्न चाहेको अधिकारहरु छैन्’ । ‘ऐन पास भएन भने चलचित्रकर्मीहरु आफनो अधिकारको लागि आवाज उठाउन आवश्यक रहेको छ, विकास बोर्डमा आफु रहेपनि नरहेपनि तपाईको साथमा सधै रहने छु, किनभने १० बर्ष उमेर देखि कलाकारिता गर्दै आएको हुँ, र नमरुन्जेल यै क्षेत्रमा केही गर्ने संकल्प बोकेको छु, तनमनले सधै नेपाली चलचित्रकर्मीहरुको साथमा रहने छु’, भन्दै कार्यक्रममा धारणा ब्यक्त गर्नु भयो ।
कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्रहरुको प्रवद्र्धनमा राज्यले विभेद गरेको आदिवासी चलचित्र अभियानकर्मीहरुले उठान गर्नु भयो । आदिवासी चलचित्र नेपाली चलचित्र नमान्ने, मुलधारको चलचित्रमा नराख्ने, सिनेमा हलमा वितरण सम्म नहुने गरेकोले प्रवद्र्धनबाट वञ्चित भैरहेको बताउनु भयो । यसैगरी आदिवासी जनजाति चलचित्र महासंघ कोशी प्रदेश लेखिएकोमा अभियान्ताहरुले बिरोध गरेका छन् । अधिकारका लागि आन्दोलनमै रहेकोले समितिलाई कोशी प्रदेश सच्याउन आग्रह गरेका छन् ।


कार्यक्रममा पूर्वाफित राई, यासिली याङ्गहाङ्ग, आदिवासी जनजाति चलचित्र महासंघ कोशी प्रदेश अध्यक्ष अरुण प्रधान, चिरा हाङ्ग राईले आदिवासीहरुको अवाज भित्तामा ठोकीएर आदिवासीहरु आफैले सुन्नु पर्ने अवस्था राज्यले बनाएको छ, सरकारले सुन्दैनन्, तसर्थ विकास बोर्डको अध्यक्षले आदिवासीहरुको माग अधिकार सरकारलाई सुनाई दिन अनुरोध गर्नु भयो ।
कार्यक्रमबाट चलचित्रमा योगदान गरेका नायक, गीतकार, निर्माता, निर्दैशकलाई सम्मान गरेको आयोजक समितिले जानकारी दिए । सम्मानित हुनेमा लिम्बु भाषिक साहित्य तथा कलाकार यासिली याङ्गहाङ्ग, थारु चलचित्रकर्मी जानकी चौधरी, नायिका मेरुना मगर लगायत ७ जना सम्मानित भएको हो ।
कलाकारहरुलाई प्रोत्साहन गर्नका लागि आयोजक समितिले कदर पत्रले सम्मान गरेको छ । कार्यक्रममा विभिन्न जातजातिहरुले परम्परागत नृत्य प्रस्तुत गरेको छ । थारु समुदायले धुम्रानाच, राजवंशी नाच, तामाङ्ग समुदायले डम्फु नाच, तामाङ्ग सेलो, कलाङ्ग समुहकबाट से से लुङ्ग च्याब्रुङ्ग नाच प्रस्तुत गरेको आयोजक प्रवद्र्धन समितिले जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

रामधुनीमा एकल महिला जनप्रतिनिधि फुयाल कार्यवाहक वडाअध्यक्ष र लेखा समिति संयोजकको नेतृत्वमा

अर्काे पाेस्ट

रामधुनीको १६ औँ नगर सभाबाट लगत विवरणमा आएका सम्पूर्ण ग्रामथान सूचीकृत गर्न नीति पारित

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft